• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

विष्णु भट्ट यसरी पुगे जापानस्थित नेपाली स्कुल ‘एभरेस्ट इन्टरनेसनल’को नेतृत्वमा


  •   शुक्रबार, माघ १२, २०८० मा प्रकाशित
  • सुदूरपश्चिम प्रदेशको दार्चुलाको एक गाउँमा चार दशकअघि जन्मिएका विष्णु भट्ट कालो पाटीमा कमेरोलाई कलम बनाएर लेख्दै हुर्के । सानैदेखि पढाइमा उनको औधी रुचि थियो । विष्णुले कक्षा १० सम्मको अध्ययन स्थानीय स्कुलबाटै पूरा गरे, १२ सम्मको अध्ययन भारतको पिथौरागढ जिल्लाको झुलाघाटबाट गरे । त्यसपछि कञ्चनपुरमा रहेको त्रिभुवन विश्वविद्यालयअन्तर्गतकै सिद्धनाथ विज्ञान क्याम्पसबाट बीएस्सी पूरा गरे र केही समय स्थानीय एक विद्यालयमा शिक्षण गरे । अध्ययन गर्ने उनको चाहना सकिएकै थिएन ।

    Advertisement

    केही समयपछि थप अध्ययनका निम्ति काठमाडौं प्रवेश गरे । २०५९ सालमा त्रिभुवन विश्वविद्यालयबाट रसायनशास्त्रमा स्नातकोत्तर पूरा गरे ।

    अनि लिटिल एन्जल्स, त्रिचन्द्र क्याम्पसलगायतमा केही समय रसायनशास्त्र शिक्षकका रूपमा काम गरे । त्यतिबेला देशमा माओवादीको नेतृत्वमा १० वर्षे सशस्त्र युद्ध चलिरहेको थियो । देशको अप्ठ्यारो राजनीतिक अवस्था देखेर उनलाई अन्तर्राष्ट्रिय राजनीतिक विषयमा अध्ययन गर्ने सोच आयो ।

    इन्टरनेसनल युनिभर्सिटी अफ जापानमा अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा स्नातकोत्तर अध्ययनका लागि छात्रवृत्तिको अवसर पाएसँगै विष्णु जापान पुगे । उनी त्यहाँको प्रविधि तथा विकास देखेर छक्क परे । त्यहाँको प्रणालीमा अभ्यस्त हुन नै एक वर्षभन्दा बढी समय लागेको उनी सुनाउँछन् ।

    अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तरको अध्ययन पूरा भएपछि नेपाल नै फर्केका उनले केही समय शिक्षणलगायत अन्य काम गरे । पूर्ण छात्रवृत्तिमै पब्लिक पोलिसी विषयको अध्ययनका लागि उनी फेरि जापानकै टोकियो युनिभर्सिटीमा पुगे । करिब ७ वर्षअघि उनी अध्ययनरत विश्वविद्यालयकै एक कार्यक्रममा विश्वभरका पोलिसी मेकरहरूको सम्मेलन भयो । कार्यक्रममा विश्वस्तरका पोलिसी मेकरहरूको कुरा सुनेपछि चाहे देशमा रहेर होस् वा बाहिर, देशका निम्ति केही त गर्नैपर्छ भन्ने सोच विष्णुमा आयो ।

    त्यही बेला जापानमा रहेका केही अग्रज नेपालीहरूले प्रवासमा रहेका आफ्ना बालबालिकालाई नेपाली भाषा, संस्कृति, वेशभूषा कसरी सिकाउने भन्ने विषयमा लामो छलफल चलाएका थिए । छलफलपछि जापानमा नेपाली विद्यालय खोल्ने निचोड निकाले ।

    सोही समूह र ‘जापानस्थित नेपाली दूतावासको पहलमा ‘एभरेस्ट इन्टरनेसनल स्कुल’को स्थापना भयो । तर, विद्यालयले राम्रो गति लिन सकेन । सन् २०१६ मा विष्णु पनि एभरेस्ट इन्टरनेसनल स्कुलसँग जोडिन पुगे । त्यसको तीन वर्षपछि उनले एभरेस्ट इन्टरनेसनल स्कुलको सहप्राध्यापकको जिम्मेवारी पाए । त्यसको करिब आठ महिनापश्चात् नै उनले प्राध्यापकको जिम्मेवारी पाएर काम गर्न थाले ।

    विष्णुको अथक प्रयासका कारण दुई वर्षअघि एभरेस्ट इन्टरनेसनल स्कुलले जापान सरकारको शिक्षा मन्त्रालयबाट जापनिज हाइस्कुलसरहको अन्तर्राष्ट्रिय स्कुलको मान्यता प्राप्त गरेको छ ।

    नर्सरीदेखि कक्षा १२ सम्मका कक्षाहरू सञ्चालन गरिरहेको एभरेस्ट इन्टरनेसनल स्कुलले नेपालको पाठ्यक्रम विकास केन्द्रले तोकेको पाठ्यक्रममा आधारित भएर अध्यापन गराउने गरेको छ । यस स्कुलले जापानमा छोटो समयमै जापानीलगायत अन्य विदेशी समुदायको समेत ध्यानाकर्षण गराउन सफल भएको छ ।

    अन्तर्राष्ट्रिय समुदायको अपेक्षा पूरा गर्न विद्यालयले पूर्वाधार, प्रयोगशाला, पुस्तकालय, सवारीसाधन र अन्य धेरैको स्तरोन्नतिमा विशेष जोड दिएको विष्णु बताउँछन् । अपाङ्गता भएकाहरू, विशेष शैक्षिक आवश्यकताहरू र उनीहरूको सिकाइमा संलग्न भई सहयोग गर्न शिक्षण विधिहरूको उचित प्रयोग गर्न विशेष शिक्षकहरू पनि नियुक्त गरिएका छन् ।

    उनका अनुसार विद्यालयले नेपालसँगै क्याम्ब्रिजबाट पनि सम्बन्धन लिएको छ । जापानबाट नै विद्यार्थीहरू माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुने गरेका छन् । ‘अघिल्लो वर्ष एभरेस्ट इन्टरनेसनल स्कुलबाट एसईईमा सहभागी विद्यार्थी यतिखेर जापानका विभिन्न प्रतिष्ठित विश्वविद्यालयमा अध्ययनरत छन्,’ प्रधानाध्यापक भट्ट भन्छन् ।

    अध्यक्ष भवन भट्ट तथा सञ्चालक समितिकाे याेगदानका कारण छाेटाे समयमै विद्यालयले याे सफलता हासिल गरेकाे प्रधानाध्यापक भट्टकाे भनाइ छ । सञ्चालक समिति, नेपाली दूतावास र नेपाल सरकारकाे पनि ठूलाे याेगदान रहेकाे उनले बताए ।

    भट्टका अनुसार नेपाल राष्ट्रिय परीक्षा बोर्डले एसईईका लागि दूतावासमार्फत एभरेस्ट इन्टरनेसनल स्कुलका लागि उत्तरपुस्तिका पठाउँछ । प्रश्नपत्र भने मेलबाट । उत्तरपुस्तिका परीक्षणका लागि दूतावासबाट नेपाल नै ल्याइन्छ । नतिजा नेपाल राष्ट्रिय परीक्षा बोर्डले नै सार्वजनिक गर्छ । अध्यापनका लागि विषय शिक्षकहरू नेपाल, भारत, अमेरिका, फिलिपिन्सलगायत मुलुकका छन् ।

    हाल एभरेस्ट इन्टरनेसनल स्कुलमा ४५० जना विद्यार्थी अध्ययनरत छन् । अंग्रेजी माध्यममा पढाइ हुने यस विद्यालयमा नेपाली र जापनिज विषय पनि पढाइ हुने गरेको छ । स्कुलले जापानमा आफ्ना दुईवटा शाखा विस्तार गरेको छ ।  जापानमा आफ्नै पहिचान बनाएको एभरेस्ट इन्टरनेसनल स्कुललाई आगामी दिनमा अझ विकसित गर्ने र विश्वका अन्य देशका अझ धेरै विद्यार्थीहरूलाई आकर्षित गर्न क्याम्ब्रिज विश्वविद्यालय र नेपाली पाठ्यक्रमलाई समायोजन गरेर अगाडि बढ्ने सोच रहेको विष्णु बताउँछन् ।(इश्वरी लुईटेलले तयार पारेको सामग्री)

    शुक्रबार, माघ १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.