काठमाडौं/दार्चुलामा दुई जना प्रहरीमाथि आक्रमण भएको छ। महाकाली नगरपालिका-१ दहका २५ वर्षका उमेश कुँवरले प्रहरी हवल्दार जयबहादुर खड्का र जवान डम्मरबहादुर ठगुन्नामाथि चक्कु प्रहार गरेका हुन् । श्रीमतीलाई कुटपिट गरेको उजुरीपछि सामुदायिक प्रहरी बांगाबगरमा कार्यरत प्रहरीहरू कुँवरलाई पक्राउ गर्न गएका थिए । सोहीक्रममा आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
Advertisement
कुँवरले प्रहार गरेको चक्कुले लागेर प्रहरी जवान ठगुन्नाको आँखाको तल्लो भागमा चोट लागेको छ । उनको दार्चुलामै उपचार भइरहेको छ। हवल्दार खड्का भने सामान्य घाइते छन् । उमेशले श्रीमती धनिशालाई कुटपिट गर्ने गरेको भन्दै धनिशाकी दिदीले प्रहरीमा उजुरी निवेदन दिएकी थिइन् । चक्कु प्रहारपछि कुँवर फरार रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए ।




