• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • १०. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

रत्ननगरको बजेट १ अर्ब १४ करोड, कृषि र स्वास्थ्यलाई प्राथमिकता


  •   बिहिबार, असार ११, २०७७ मा प्रकाशित
  • रत्ननगर/रत्ननगर नगरपालिकाले आर्थिक बर्ष २०७७/७८ का लागि एक अर्ब साढे १४ करोड बराबरको बजेट सार्वजनिक गरेको छ । कृषि र स्वास्थ्यलाई प्राथमिकता दिएर सो नगरपालिकाले सो आर्थिक बर्षका लागि एक अर्ब १४ करोड ६१ लाख ६५ हजार रुपैया बराबरको बजेट ल्याएको हो । कोरोना भाइरसले मुलुकका प्रभाब पारिरहेका बेला सो नगरपालिकाले कोरोना नियन्त्रण र विदेशबाट फर्केर आउने युवाहलाई कृषिमा रोजगारी प्रदान गर्ने गरी बजेट ल्याएको हो । कुल बजेट मध्य सो नगरपालिकाले आन्तरिक आम्दानीबाट १० करोड,राजश्व बाँडफाडबाट १३ करोड ७९ लाख ५५ हजार,अन्य आय २ करोड ६० लाख,वित्तीय हस्तान्तरण तर्फ केन्द्र सरकारबाट प्राप्त ७४ करोड ९ लाख २० हजार,प्रदेश सरकारबाट ११ करोड ६२ हजार,अन्तर स्थानीय तहबाट १ करोड ५० लाख र जनसहभागिताबाट १ करोड रुपैया आम्दानी गर्ने लक्ष्य रहेको छ । सो नगरपालिकाले आर्थिक बर्ष २०७७/७८ मा चालु खर्च तर्फ ६६ करोड ८८ लाख, ६५ हजार र पुँजीगथ खर्च तर्फ ४७ करोड रुपैया खर्च हुने अनुमान गरेको छ ।

    Advertisement

    सातौ नगर सभामा मेयर नारायण वनले नीति तथा कार्यक्रम र उपमयर विमला दुवाडीले बजेट प्रस्तुत गरेकी थिइन । पूर्वाधार विकासमा ३ करोड २४ लाख ५० हजार,कृषि क्षेत्रमा ७८ लाख ८१ हजार,पशुपंछी विकासमा ७८ लाख १३ हजार,सहकारी,उद्योग,बाणिज्य,पर्यटन १ करोड ५८ लाख,शिक्षामा ८४ लाख ५८ हजार,स्वास्थ्यमा ८५ लाख,प्रशासनिक खर्चमा १९ करोड रुपैया विनियोजन गरिएको छ । नीति तथा कार्यक्रम अन्तर्गत स्वास्थ्य क्षेत्रमा कोरोना नियन्त्रणलाई प्राथमिकता दिइएको छ ।

    कोरोना नियन्त्रणको लागि अस्पतालमा आइसोलेशन वेड,व्यवस्थित क्वारेन्टाइन निर्माण,स्वास्थ्यकर्मीलाई सुरक्षा सामाग्री सहित प्रोत्सहान भत्ता लगायतका कार्यक्रम सार्वजनिक गरिएको छ । स्वास्थ्य तर्फ नै सुत्केरी आमा र शिशुको सुरक्षाका लागि उपमेयर संग महिला स्वास्थ्य कार्यक्रम ल्याइएको छ भने बृद्धबृद्धालाई घरघरमै उपचार कार्यक्रमलाई निरन्तरता दिइएको छ । कृषि तर्फ सो नगरपालिकाले नगर क्षेत्रमा रहेको बाँझो जमिनमा सामुहिक खेती गर्न अनुदान दिने,बधशाला देखि भन्सा सम्म स्वच्छ मासु अभियान अन्तर्गत सुविधा सम्पन्न बधशाला सञ्चालन गर्ने,कृषि उत्पादनलाई संरक्षण गर्न नेपालमै पहिलो कृषि अस्पताल सञ्चालन गर्ने नीति तथा कार्यक्रममा जनाइएको छ ।

    सामुहिक तथा सहकारी चक्लाबन्दी खेतीलाई विशेष प्राथमिकता दिइने मेयर वनले बताए । शिक्षा तर्फ सो नगरपालिकाले कोरोना भाइरसको महामारीले प्रभावित शिक्षालाई माथी उकास्ने गरी शिक्षण शिकाईलाई प्रभावकारी बनाउन लगानी गर्ने,शिक्षालाई जीवन उपयोगी बनाउन सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनलाई निरन्तता दिने, विद्यालयमा विद्यार्थी टिकाउन दिवा खाजा सञ्चालन गर्ने योजना बनाएको छ । वालवालिकालाई विद्यालयमा ल्याऔं,टिकाउ र सिकाउ अभियान सञ्चालन गर्ने र अभियान अन्तर्गत असहाय तथा टुहुरा वालवालिकालाई नगरपालिकाले अभिभाबकत्व प्रदान गरेर शिक्षा प्रदान गरिने मेय वनले बताए ।

    पर्यटन विकास तर्फ सो नगरपालिकाले नगर क्षेत्रमा आधुनिक पर्यटन बसपार्क,सुचना केन्द्र निर्माण गरिने छ । पर्यटन विकासकै लागि रत्ननगर ५ झुवानीमा नेपाल सरकारको सहयोगमा निर्माणाधिन बहुसांस्कृतिक पार्क निर्माण सम्पन्न गर्ने,सौराहामा पूर्वी चितवन स्तरको सौराहा इकापार्क तथा बहुसांस्कृतिक ग्राम,मनीखोला पार्क निर्माण गरिने छ । ग्रामिण पर्यटनको रुपमा चिनिदै आएको होम स्टेलाई नमुनाको रुपमा सञ्चालन गर्ने लक्ष्य रहेको छ । नेपाल सरकारको लगानीमा सौराहामा निर्माणाधिन सिटीहल र टाँडी चोकमा निर्माणाधिन आकासेपुलको निर्माणकार्य यसै बर्ष सम्पन्न गरिने मेयर वनले बताए ।

    नगर सभामा राजश्व परामर्श समितिका संयोजक तिलकराज शर्मा,विपद् व्यवस्थापन समितिका संयोजक बलराम दाहाल,आर्थिक विकास समितिका संयोजक गोविन्द भट्टराई,वडाध्यक्ष राजन भट्टले कार्यप्रगति प्रतिवेदन प्रस्तुत गरेको नगर प्रबक्ता राजेन्द्र हमालले जानकारी दिए । मेयर वनको अध्यक्षतामा भएको नगर सभामा प्रमुख प्रशासकीय अधिकृत टुवराज पोखरेलले सहजीकरण गरेका थिए ।

    बिहिबार, असार ११, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • २.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ३.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ४.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ७.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ८.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.