• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

टिकाैलीमा रत्ननगर महाेत्सव सुरु, राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाद्वारा उद्घाटन


  •   बिहिबार, पुष २६, २०८० मा प्रकाशित
  • रत्ननगर/पूर्वी चितवनकाे रत्ननगर स्थित टिकाैलीचाैरमा रत्ननगर महाेत्सवकाे १२औं संस्करण विहीबारदेखि सुरु भएकाे छ । महाेत्सवकाे राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक भब्य समाराेहका बीच उद्घाटन गरेका छन् । साे अबसरमा उनले सरकार र नीजि क्षेत्रकाे सहकार्यमा आर्थिक संकट अन्त्यकाे लागि पहल सुरु गर्नु पर्ने बताए । भूकम्प र काेराेना महामारीपछि मुलुककाे आर्थिक प्रणालीमा असर परेका कारण आर्थिक संकट पैदा भएकाे भन्दै उनले यसकाे अन्त्यकाे लागि सबै क्षेत्र जिम्मेवार हुनुपर्ने बताए । मुलुकमा आर्थिक संकटकाे असर चाैतर्फी रुपमा रहेकाे छ उनले भने संकटकाे सामधानकाे लागि राज्य चनाखाे हुनुपर्छ । अध्यक्ष तिमिल्सिनाले निकुञ्जकाे संरक्षण र जिल्लाकाे पर्यटनलाईसंगसंगै अगाडि बढाउनु पर्ने बताए । मानव र वन्यजन्तु बीचकाे द्बन्द्ब न्यूनीकरण गर्दै स्थानीय समुदायकाे जीविकाेपार्जनलाई प्राथमिकता दिनुपर्ने उनकाे भनाई छ । संरक्षणलाई पर्यटनसंग जाेडेर आर्थिक विकासका गतिविधि बढाउन उनले सुझाब दिए । चितवनमा रेलमार्गकाे सम्भावना रहेकाे भन्दै उनले वन र वन्यजन्तुलाई असर नपर्ने गरि रेलमार्ग निर्माणकाे कामलाई अगाडि बढाउनु पर्ने उनले बताए । आर्थिक मन्दीका बेला रत्ननगरका व्यवसायीले महाेत्सव गर्ने आट गर्नु चानचुने कुरा नभएकाे भन्दै उनले रत्ननगर महाेत्सवले चितवनकाे आर्थिक क्षेत्र चलायमान गराउने विश्वास व्यक्त गरे । निकुञ्जलाई असर गर्छ भनेर रेलमार्ग निर्माणकाे काम राेकिनु हुँदैन उनले भने याे दुरगामी प्रभाव पर्ने काम हाे अगाडि बढाउनु पर्छ ।

    Advertisement

    कार्यक्रममा प्रतिनिधि सभाका सांसद हरि ढकालले पूर्वी चितवन विकासकाे श्राेत वाडफाडका हिसाबले विभेदमा परेकाे बताए । भरतपुरलाई मात्र चितवन मान्ने राज्य सञ्चालकहरुकाे साेचका कारण पूर्वी चितवन पछाडि परेकाे बताए । विकासका मुद्धाहरुमा अबकाे बहस केन्द्रीत हुनुपर्ने भन्दै उनले साैराहाका पर्यटन, रत्ननगर अस्पताल तथा खेल पर्यटनकाे विकासका लागि बहस चलाउन आवश्यक रहेकाे बताए । रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकाेटाले रत्ननगर महाेत्सवमा कृषि र पर्यटनलाई महत्व दिँदै उद्यमशिलता विकासलाई जाेड दिएका कारण स्थानीय सरकारले सहयाेग र साथ दिएकाे बताए । उद्घाटन कार्यक्रममा संघका अध्यक्ष शंकर गिरीले जिल्लाकाे आर्थिक सम्भावनाकाे उजागर गर्ने उद्देश्यले महाेत्सव आयाेजना गरिएकाे बताए । उनले देशकाे आर्थिक प्रणालीमा आएकाे संकट सामधानकाे लागि सरकारले नीतिगत सुधार गर्नु पर्ने भन्दै उनले महाेत्सवले आर्थिक क्षेत्रलाई चलायमान गराउने बताए । उनले साैराहाकाे पर्यटनलाई उकास्न पर्यटन गुरुयाेजना, शक्तिखाेरमा उद्योगिक क्षेत्र निर्माण र रत्ननगर अस्पतालकाे सेवा सुधार र विस्तार, पूर्वी चितवनकाे राजमार्गकाे स्तर उन्नती तथा कृषि र पशुपालन मार्फत राेजगारी सृजना गर्न सरकारसंग माग गरे । कार्यक्रममा संघले प्रकाशन गरेकाे स्मारिका विमाेचन गरिएकाे प्रकाशन समितिका संयाेजक सुर्यप्रकास रेग्मीले जानकारी दिए । कार्यक्रममा प्रदेश सांसद कृष्णप्रसाद खनाल, जिल्ला समन्वय समितिका अध्यक्ष नारायण प्रसाद अधिकारी, कालिकाका मेयर विनाेद रेग्मी, रत्ननगरका संस्थापक मेयर नारायण वन, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठ, महासंघ बागमती प्रदेश समितिका उपाध्यक्ष गुणराज श्रेष्ठ, चितवन उद्योग बाणिज्य संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले मन्तब्य राखेका थिए । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति राजेश्वर खनाल, नेकपा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्याैपाने, रास्वपाका जिल्ला अध्यक्ष कृष्णप्रसाद भूषाल, राप्रपाका केन्द्रीय सदस्य रामहरि कंडेल, समाजबादीका जिल्ला कार्यबहाक अध्यक्ष कृष्णराज न्याैपाने, राष्ट्रिय जनमाेर्चाका जिल्ला अध्यक्ष अमर क्षेत्री, जनता समाजबादीका अध्यक्ष मुस्तफा अली, नेकपा मालेमा जिल्ला अध्यक्ष तबहादुर विक लगायतले मन्तव्य राखेका थिए । महाेत्सव सुरु हुनुपूर्व नेपाल माविबाट शाेभायात्रा निकालिएकाे र शाेभायात्रामा २०० बढी संघसंस्थाकाे उपस्थिति रहेकाे संघका उपाध्यक्ष तथा शाभायात्रा व्यवस्थापन समितिका संयाेजक रामशरण नेपालले जानकारी दिए । संघका महासचिव उपेन्द्र शर्मा आचार्यले सञ्चालन गरेकाे उद्घाटन कार्यक्रममा बरिष्ट उपाध्यक्ष निराजन खनालले महाेत्सवकाे उद्देश्यका बारेमा प्रकाश पारेका थिए । मकै एक परिकार र प्रयाेग अनेक भन्ने मान्यतालाई स्थापित गर्न परिकारकाे उपयाेग र मकैकाे बाेट देखि अन्य सामाग्रीकाे प्रयाेगलाई आत्मसाथ गर्ने गरि प्रबर्द्धन गरिएकाे संघका उपाध्यक्ष तथा कृषि प्रवर्द्धन समितिका संयाेजक हरि अधिकारीले जानकारी दिन । मकै बालीकाे संरक्षण र प्रवर्द्धनकाे लागि महाेत्सव स्थलमा मकै वाली स्थापना तथा मकैकाे स्टाचु निर्माण गरिएकाे छ। महाेत्सव स्थलमा मकै वाली, केरा बगान, च्याउकाे टनेल र माछा पाेखरी निर्माण गरिने कृषि संयाेजक अधिकारीले जानकारी दिए । विगत दुई दशकदेखि प्रत्येक दुई दुई वर्षमा आयोजना हुने यस महोत्सवले समग्र जिल्ला तथा विशेष गरी पूर्वी चितवन र रत्ननगरको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, विज्ञान, प्रविधि, कला, संस्कृति, व्यापार, व्यवसाय र अन्य आर्थिक महत्वका क्षेत्रहरुको आधुनिकीकरण र वैज्ञानिक उत्पादनलाई जोड दिइएकाे छ । महोत्सवमा उद्योग, व्यापार, कृषि, पर्यटन, स्थानीय कला र संस्कृति सहित राष्ट्रिय, अन्तराष्ट्रिय तथा बहुराष्ट्रिय गरि करिब ४५० स्टलहरु रहने छन् । यस पटकको महोत्सवमा तीन लाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र करीब २५ करोडभन्दा बढिको कारोबार हुने अपेक्षा र अनुमान गरिएको छ । विगतमा जस्तै महोत्सव अन्तर्गत पौष २९ देखि ४ गते सम्म ५ दिन रत्ननगरको सौराहाचोक वसपार्कमा विभिन्न जनजातीहरुको विशेष खाना, उपभोक्ताहरुलाई गुणस्तरीय उत्पादन उपभोगका लागि विशेष परिकार सहित पाँचौं रत्ननगर सांस्कृतिक खाना महोत्सव आयोजना गरिएको छ ।

    बिहिबार, पुष २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.