चितवन/कालिका नगरपालिका स्थित चतुरमुखि सामुदायिक जंगलमा घाँस काट्ने क्रममा भेलदरको रुखबाट लडेर एक पुरुषको मृत्यु भएको छ । प्रहरीका अनुसार सोहि नगरपालिका–१ संगल टोल बस्ने ५४ वर्षिय दिर्घ बहादुर केसी विहिबार दिउँसो करिब १ बजेको समयमा रुखबाट खसेर घाइते भएका थिए ।घाइते अवस्थामा उपचारका लागि भरतपुर अस्पतालमा ल्याइएको थियो । विहिबार दिउँसो तीन बजेर २५ मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
Advertisement




