• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ७. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ८. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

संघर्ष र धैर्यताले मानिसलाई सफलताको सिढी चढाउँछ : राधा


  •   बिहिबार, पुष १९, २०८० मा प्रकाशित
  • चितवन/भनिन्छ संघर्ष सफलताको शुत्र हो । संघर्ष र धैर्यताले मानिसलाई सफलताको सिढी चढाउँछ । यसैको उदाहरण हुन् भरतपुर महानगरपालिका ७ कृष्णपुरकी राधा शर्मा । २१ औँ शताब्दीमा पनि नेपाली समाजमा अझै बुहारी घर बाहिर निस्कन र सजिलै आत्मनिर्भर बन्ने बाटो रोज्न नसक्ने अवस्था छ । यस्तो सोचलाई चिर्दै राधाले समुदायका लागि एक उदाहरणीय पात्र समेत बनेकी छिन् । उनी सिप, जाँगर र ईखले महिलालाई आत्मनिर्भर बनाउँछ भन्ने एउटा उदाहरण पनि हुन । नारी पृथ्वीको अर्को रुप हो । यो भनाई साँच्चिनै राधासँग मेल खाएको छ । जीवनमा कहिल्यै अप्ठ्यारा परिस्थिति झेल्न नपरेको राधाले विवाहपश्चात जिन्दगीका आँधी बेरी र हुण्डरीसँग लडाई गर्नु पर्‍यो ।

    Advertisement

    नेपाली समाजका महिलाहरूले अझै पनि अनेक उत्पीडन झेल्दै पारिवारिक समस्याहरूमा आफूलाई अल्झाउन बाध्य छन् । तर, राधा भने सामाजिक/पारिवारिक समस्या छिचोल्दै सफलताको शिखर चुम्न सक्षम ठहरिएकी छन् । उत्पीडनमा परेका महिलाहरूका निम्ती राधा प्रेरणा बनेकी छन् ।

    सानै उमेरमा विवाह गरेकी राधालाई परिवारको जिम्मेवारी वहन गर्न सक्ने क्षमता पनि थिएन । खाने, खेल्ने, घुम्ने र पढ्ने उमेरमा आफुलाई पराइको हातमा थम्याइदिएपछि राधाको जिन्दगीको पाटो बद्लियो । उनी भन्छिन्, “१७ वर्षको कलिलो उमेर, कक्षा १० मा पढ्दै गर्दा विवाह भयो । नर्स बन्ने सपनामा पूर्णविराम लागे । परिवारकी एक्ली बुहारी, १९ वर्षमा दुई सन्तानकी आमा, सानै उमेरमा व्यवहारले थिच्यो, परिस्थितिले किच्यो ।’’ उनको जीवनमा विवाहपछि संघर्षका दिन सुरु भए ।

    दुई सन्तानकी आमा उनी बच्चाको रेखदेख, पालन पोषण, शिक्षासँगै पाइला पाइलामा संघर्ष गर्दै अघि बढिन् । घरपरिवारको साथ बिना पनि आफ्नै मिहेनत र परिश्रमले समाजमा उदाहरणीय बनेका महिला पनि छन् । राधा त्यही बाटोलाई पछ्याउदै अघि बढिन् । लामो संघर्षपछि राधा अहिले एक सफल व्यवसायी, सफल उद्यमीको रुपमा परिचित छन् । २०५६ सालमा सिलाईकटाइ तालिम लिएकी उनी अहिले सफल बुटिक सञ्चालकको रुपमा स्थापित भएकी छिन् । उनले तीन महिनाको तालिम पूरा गरिसकेपछि बिना पारिश्रमीक एक वर्ष सिलाइकटाइकै काम गरिन् ।

    आफुलाई व्यसायीक रुपमा स्थापित गर्न उनले सिलाइकटाइकै पसल सञ्चालन गर्ने इच्छा भयो । घर परिवारबाट सहयोग नपाएपछि राधाले वित्तिय क्षेत्रबाट कर्जा लिएर २०६५ सालमा भरतपुरमा ३० हजार रुपैयाँको लगानीमा आफ्नै व्यवसाय सुरु गरिन् । सामाजिक र पारिवारिक उल्झनहरू पन्छाउँदै आफ्नो क्षेत्रमा सफल बन्दै गएपछि राधाले व्यवसायलाई थप व्यवस्थित बनाउँदै गएकी छन् । उनले चार वर्षदेखि नारायणगढको सहिदचोकमा युनिक्लो बुटिक पनि सञ्चालन गर्दे आएकी छन् ।

    संघर्ष गरेअनुसार दिन प्रतिदिन व्यवसायमा सफलता मिल्दै गयो । आम्दानीको आकार बढ्दै गएपछि उनले व्यवसायलाई बढाउँदै गइन् । काठमाडौंबाट र भारतका मुम्बई, नयाँ दिल्ली जस्ता शहरहरुबाट कपडाहरू ल्याई उनले ग्राहकको माग पुरा गर्दै आएकी छन् ।

    बुटिकबाट उनी अहिले मासिक २ लाख रुपैयाँ आम्दानी गर्छिन् । उनको व्यवसाय अहिले फस्टाउदै गएको छ । हिजोको दिनमा ५ हजार रुपैयाँ तालिम शुल्क तिर्न नसक्दा समस्यामा परेकी राधाले अहिले तीन जनालाई रोजगारी दिएकी छन् । उनले हालसम्म ६० जना फेशन डिजाइनर पनि उत्पादन गरिसकेकी छन् ।

    सुरुवाती दिनमा ग्राहक बटुल्न कठिन थियो । पहिले नै सिलाइकटाई गर्ने भएकोले उनका स्थानीय ग्राहकहरू त पहिल्यैदेखि नै छँदै थिए । विस्तारै उनले आफ्नै चिनजानबाट पनि ग्राहकहरू थपिन् । नयाँ डिजाइनका तयारी पोशाक उनले आफ्नो बुटिकमा बनाउन थालिन् । शर्माले बुटिकलाई थप गुणस्तरीय बनाउदै लैजाने योजनामा छिन् । उनि भन्छिन् “अहिले बजारमा बुटिकको अस्वस्थ प्रतिस्पर्धा छ तर पढेर, बुझेर सुरु गर्ने हो भने बुटिक क्षेत्र निकै राम्रो पनि छ ।”

    राधा महिलाहरुलाई आत्मनिर्भर बन्न प्रेरित गर्छिन् । “महिलाहरु कमजोर नबनौँ । आफुमा आत्मनिर्भर बन्न सिक्नुपर्छ, उनि भन्छिन्, जब हामी परनिर्भर हुन्छौं, कसैको साहारामा बाँच्ने बानी बसाल्छौं । त्यो नै हाम्रो कमजोरी हुन्छ ।’’

    उनको बुझाईमा परनिर्भर भएर बस्नु घातक हो । “कसैले आज हाम्रो आवश्यकता पूरा गरिदियो तर, भोलि उसले कतिबेला मुठ्ठी बन्द गरिदिन्छ त्यो थाहा हुँदैन, उनी भन्छिन्, मुठ्ठी बन्द भएपछि के गर्ने भन्ने हामीसँग कुनै विकल्प पनि हुँदैन । किनकी हामीमा परनिर्भरतामा बाँच्ने बानी बसिसकेको हुन्छ ।’’ जिन्दगीमा ठूलो निर्णय लिएर अघि बढेकी राधा सानै भएपनि पेशा व्यवसाय तथा उद्यममा लाग्न अन्य महिलाहरुलाई सुझाव दिन्छिन् ।

    बिहिबार, पुष १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ

    भर्खरै

    • १.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ४.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ५.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ७.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ८.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.