कसरा/चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा घडियाल गोहीको अनुगमन कार्य सम्पन्न गरियो । अनुगमनका क्रममा नारायणी नदीमा ३ वटा भाले सहित ११३ घडियाल र राप्ती नदीमा ३ वटा भाले सहित १५२ घडियाल गोही भेटिएको चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । अनुगमनमा चितवन राष्ट्रिय निकुन्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक बिबिधता संरक्षण केन्द्र, सौराहाको गरी जम्मा १० जना कर्मचारीहरुको सहभागीता रहेको थियो । घडियाल अनुगमन कार्यमा काठको डुंगा, रवर वोट, जी।पी।एस।, क्यामेरा, बाईनाकुलर लगायतका सामग्री प्रयोग भएको थियो । साथै उक्त अनुगमनको क्रममा ३ वटा डल्फिन समेत रेकर्ड गरिएको थियो ।
Advertisement




