• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

प्रथम गैँडाकोट हाफ म्याराथनको उपाधी आर्मीका राजन रोकायालाई


  •   सोमबार, पुष १६, २०८० मा प्रकाशित
  • गैँडाकोट/प्रथम गैँडाकोट हाफ म्याराथन २०८० को उपाधि त्रिभुवन आर्मी कल्बका राजन रोकायाले हात पार्नुभएको छ । उहाँले निर्धारित २१ किलोमिटरको दुरी १ घण्टा ३ मिनेट ५ सेकेण्डमा पुरा गर्नुभएको थियो । विजयी भएसँगै उहाँले १ लाख पुरस्कार हात पार्नुभयो । त्यस्तै दोस्रो स्थान पनि त्रिभुवन आर्मी कल्बकै नरेन्द्र सिंह राउतले हात पार्नुभयो । उहाँले निर्धारित दुरी १ घण्टा ३ मिनेट ३० सेकेण्डमा पुरा गरी ५० हजार पुरस्कार हात पार्नुभयो । त्यस्तै तेस्रो स्थान धापाखेल काठमाडौँका अजित कुमार यादवले हात पार्नुभयो । उहाँले निर्धारित दुरी १ घण्टा ५ मिनेट ५२ सेकेण्डमा पुरा गर्नुभयो । विजयी भएसँगै उहाँले २५ हजार पुरस्कार हात पार्नुभयो ।

    Advertisement


    महिलातर्फ एपिएफका सिमा चौधरी प्रथम हुनुभयो । उहाँले सोही दुरी १ घण्टा २७ मिनेट १४ सेकेण्डमा पार गर्नुभएको थियो । उहाँलाई २५ हजार पुरस्कार प्रदान गरिएको थियो । क्रमशः टप टेन भित्र पर्ने धावकलाई प्रोत्साहन स्वरुप जनही ५ हजार, टप ५० जनालाई मेडल प्रदान गरिएको थियो ।
    त्यस्तै ५ किलोमिटर विद्यार्थी मैत्री दौड प्रतियोगितामा पश्चिम नवलपरासीका प्रेमलाल कोहार प्रथम हुनुभयो । उहाँले निर्धारित दुरी १५ मिनेट १९ सेकेण्डमा पुरा गर्नुभयो । विजयी भएसँगै उहाँले १० हजार पुरस्कार हात पार्नुभयो ।
    तनहुँ रिसिङका अमृत विकले १५ मिनेट ३६ सेकेण्डमा पुरा गरी दोस्रो हुनुभयो । उहाँले ५ हजार पुरस्कार पाउनुभयो । काठमाडौँ चन्द्रागिरीका अनुज महत तेस्रो हुनुभयो । १५ मिनेट ५५ सेकेण्डमा दुरी पार गरी उहाँले ३ हजार पुरस्कार पाउनुभयो । यस प्रतियोगितामा ८ कक्षादेखि १० कक्षासम्मका विद्यार्थीले सहभागिता जनाएका थिए ।


    विजय फाउण्डेसन नेपालको आयोजनामा भएको प्रथम गैँडाकोट हाफ म्याराथन २०८० मा २१ किलोमिटरका लागि २८ महिला सहित २५० जनाले नाम टिपाएका थिए भने ५ किलोमिटरको विद्यार्थीतर्फ १८० जनाले नाम टिपाएको संयोजक आदर्श सिग्देलले जानकारी दिनुभयो ।
    विजय फाउण्डेसनका अध्यक्ष त्रिलोचन सापकोटाले ‘नेपाली पन, नेपाली मन र नेपाली धन’ सहित भन्ने नारा सहित स्थापित फाउण्डेशनले गैँडाकोटको नाम अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउन प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । स्वास्थ्य र खेलकुदमा अब गैँडाकोट अघि बढेको बताउँदै हरेक वर्ष पौष १५ गतेका दिन प्रतियोगिता गरिने बताउनुभयो ।
    गैँडाकोट नगरपालिका नगर प्रमुख मदनभक्त अधिकारीले खेलकुद स्वास्थ्यका लागि महत्त्वपूर्ण रहेको बताउँदै विजय परिवारको कामको प्रशंसा गर्नुभएको थियो ।
    विशिष्ट अतिथि अन्तर्राष्ट्रिय म्याराथुन धावक वैकुण्ठ मानन्धरले मोफसलमा यस खालका कार्यक्रमको लागि विजय फाउण्डेशनसँगै विजय परिवारको कामले प्रभावित भएको बताउनुभयो ।
    विजय विकास स्रोत केन्द्रका अध्यक्ष कृष्णप्रसाद सापकोटाले सामाजिक कार्यमा विजय परिवार निरन्तर लागिरहेको बताउँदै आगामी दिनमा समेत यस खालका कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो ।
    भेट्रान धावक बुद्धविर लामाले आर्थिक रुपमा ठूला भार पर्ने भएपनि आयोजकको यसखालको प्रयासले धावकहरुमा उत्साह थपिने बताउनुभयो ।
    गैँडाकोटका चोक–चोकमा गैँडाकोटबासीले घडा स्थापना गरी स्वागत गर्नुका साथै धावकलाई हौसला प्रदान गरेका थिए । ५० बढी चोकमा प्रहरी, ट्राफिक प्रहरी, स्वयम्सेवक खटाइएको थियो ।
    गैँडाकोट ५ विजय सामुदायिक शिक्षा सदनबाट सुरु भएको दौड गैँडाकोट ८ विजय विकास स्रोत केन्द्रलाई देब्रे पार्दै नन्दन वन, भानु चोक, गैँडाकोट ७ गैरी, जयश्री पुल, गैँडाकोट ९ थुम्सीबाट जयश्री फुड्सबाट गैँडाकोट ७ टेम्पो पार्कहुँदै पिसपार्क, गैँडाकोट ६ गैँडाचोक, गैँडाकोट ५ नारायणी नदी किनार, गैँडाकोट २ इलाका प्रहरी कार्यालयदेखी शिलान्यास चोक, गैँडाकोट १ विकास चोक, बैंकटेश मन्दिर, मौलाकाली फेदीबाट मिलनचोक हुँदै गैँडाकोट ४ कालिगण्डकी करिडोर, गैँडाकोट पम्पिङ, लखनचोक, गैँडाकोट ५ काँग्रेसचोक, गणेश मन्दिर, कालिकाचोक, जनक स्कूल हुँदै विजय सामुदायिक शिक्षा सदन पुगेको थियो ।

    सोमबार, पुष १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • २.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ३.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ४.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ५.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ६.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ७.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.