• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • १०. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

अभिभाबक र विद्यार्थीको मन जित्न सफल भएका छौ : प्राचार्य हिरालाल अर्याल गैँडाकोट ईङ्गलिस स्कुल


  •   शनिबार, असार ०६, २०७७ मा प्रकाशित
  • ६ असार, गैँडाकोट
    पुर्वि नवलपरासीको गैँडकोट नगरपालिका वडा नम्बर एकमा अवस्थित गैँडाकोट ईङ्गलिस स्कुलले गैँडाकोटमा मात्रै हैन गण्डकी प्रदेशमै चर्चा कमाउदै आफ्नो उचाईलाई विगत केहिबर्षदेखि कायम राख्न सफल भएको छ ।
    गैँडाकोटमा अन्य विद्यालयहरु भन्दा अलग पहिचान बनाउन सफल गैँडाकोट ईङ्गलिस स्कुल विद्यार्थी र अविभावकहरुको समेत रोजाई बन्न पुगेको छ । वि.स. २०६२ सालमा स्थापना भएको गैँडाकोट ईङ्गलिस स्कुलमा हाल एक हजारको हाराहारीमा विद्यार्थीहरु अध्ययनरत छन । स्कुलले पछिल्लो केहि बर्ष यता अध्यापनको शैलि र विधिमा समेत केहि परिवर्तन गर्दै व्यवहारिक शिक्षा प्रदान गर्दै आएको छ । शान्त बाताबरण आफ्नै भवन ,प्रविधियुक्त अध्यापन लगायत सक्षम बिद्यार्थीहरू उत्पादन गर्दै आएको सो विद्यालयमा गुणस्तरीय शिक्षा सँगै जिल्ला बाहिर हुदै आएका बिभिन्न प्रतिष्पर्धामा समेत उत्कृष्ट नतिजा ल्याउदै बेग्लै पहिचान बनाउन सफल भएको छ । शिक्षाामा कुनै सम्झौता नगरी बिद्यार्थीहरूलाई अनुशासनको दायरा भित्र राखेर सबैको मन जितेको गँैडाकोट ईङ्गलिस स्कुलले कोरोना भाइरसका कारण शैक्षिक गतिविधि ठप्प हुँदा समेत विद्यार्थीहरुलाई घरमै बसेर गुणस्तरीय शिक्षा प्रदान गरेको बताएको छ । लकडाउनका कारण मुलुकको शैक्षिक क्षेत्रमा परेको असर र विद्याालयको आगामी कार्ययोजनाका विषयमा विद्यालयका प्राचार्य हिरालाल अर्याल सँग उज्यालो सहकर्मी गोविन्द घिमिरेले गर्नुभएको ६ प्रश्न ।

    प्रश्न : लकडाउनका कारण लामो समयदेखि शैक्षिक क्षेत्र ठप्प छ तपाईहरु के गर्दै हुनुहुन्छ ?

    Advertisement

    उत्तर : धन्यवाद गोविन्द जी । हामि अहिले लकडाउनकै कारण लामो समयदेखि विद्यालयमा विद्यार्थी भाईवहिनिहरुसँग प्रतक्ष्यरुपमा छैनौ यो कुरा सबैलाई अवगत नै छ । तथापी लकडाउनको समय लम्विदै गइरहेको परिवेशमा सम्पूर्ण कक्षाहरुको अनलाइन भर्चुवल कक्षा साथै वर्कशिट छपाई गरी वितरण गर्ने योजना हामीले बनाएका छौ । त्यैगरी यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले लकडाउनको समयमा घरमा बसि अध्ययन गरेको पुस्तक समिक्षा (बुक रिभिउ)गरी स्कूलको फेसबुक पेजमा अपलोड गरी हौसला प्रदान पनि गरिएको छ । त्यतिमात्रै होईन विद्यार्थीहरुलाई लकडाउनको समयमा जिवनोपयोगी सिप घरमै अभिभावकहरुसंग सिकुन भन्ने अभिप्रायले प्रतीयोगीताको रुपमा फोटो कण्टेष्ट र भिडियो कण्टेष्ट प्रतियोगीता सम्पन्न गरेका छौ भने विद्यार्थीहरुलाई ब्यस्त राख्ने उद्देश्यले गत वर्षमा पढेको पाठहरु लाई पुनर्ताजकी गर्नको लागि वर्क सिट उपलब्ध गराइएको छ । त्यसैगरी अर्को महत्वपुर्ण कुरा वंगालादेशको नोटे«डम कलेज ढाका द्धारा विश्व वातावरण दिवशको अवसरमा आयोजित अन्तर्राष्ट्रिय स्तरको भर्चुवल ग्रिन फेस्टिवल अन्तर्गत ग्रीन आइडिया च्यालेन्जमा हाम्रो विद्यालयबाट कृसुना कायस्थ (कक्षा ९) र आयुसा पाठक (कक्षा ९) ले ग्रीन आइडिया च्यालेन्ज कार्यक्रममा भाग लिई अनेवल भन्निने अवार्ड प्रात्त गरेका थिए ।

    गैँडाकोट ईङ्गलिस स्कुलनै किन ?

    उत्तर : प्रश्नका लागि धन्यवाद यहालाई शिक्षण सिकाई क्रियाकलाप चै नयाविधि र प्रबिधियुक्त र प्राविधि मिश्रित छ। राष्ट्रिय तथा अन्तरास्ट्रिय बिद्यालय समुदाय सग अप्डेट छौ । बिदेशी बिद्यालय सगै विभिन्न गतिविधि शेयर गर्ने तथा शिक्षण सिकाई क्रियाकलाप हरु आदानप्रदान गर्दछौ । विद्यार्थीहरुलाई शिक्षा प्रदान गर्ने क्रममा नो पनिसमेन्टको अवधारणा अगाडी सारेका छौ। यतिमात्रै हाईन विद्यालयको भौतिक संरचना उत्कृष्ट छ।

    प्रश्न : विद्यालयको अतिरिक्त क्रियाकलापहरुमा सहभागीता र उपलव्धी केहि छ कि ?

    उत्तर : गैँडाकोट ईङ्गलिस स्कुलले अन्तर्राष्ट्रिय स्कुल अवार्ड प्राप्त गरेको छ । ब्रिटिस काउन्सिलले शुरु गरेको अन्तर्राष्ट्रिय स्कुल अवार्ड परियोजनामा गैँडाकोट इङ्ग्लिस स्कुल देशैभरका २६ विद्यालयमध्ये उत्कृष्ट बन्न सफल भएको हो । देशैभरका २६ विद्यालयले अन्तर्राष्ट्रियस्तरको शैक्षिक पद्धति र शिक्षण क्रियाकलाप सञ्चालन गरेका थिए ,त्यसमा हामी अव्वल सावित भएका थियो । त्यति मात्रै होईन हामि यस नगरकै पहिलो बालमैत्री र बाताबरण मैत्री नगरले प्रमाणपत्र प्रदान कक्षा सञ्चालन गरेको विद्यालयमा परेका छौ ।यी बाहेक जिल्ला र प्रदेश स्तरीय शैक्षिक प्रतियागितामा सहभागीता जनाएर विद्यार्थीहरुले पुरस्कार प्राप्त गरेका छन ।पोखरामा सम्पन्न नमुना संयुक्त राष्टसंघमा सहभागीता जनाएर यस स्कुलका विद्यार्थीहरुले पुरस्कार प्राप्त गरेको कुरा हामि माझ ताजै छ ।

    प्रश्न : विद्यालयमा पारिवारिक वातावरण भन्नु हुन्छ त्यो भन्या कस्तो ?

    उत्तर : विद्यालयमा आएपछि विद्यार्थीहरुका गुनासा सुन्नको लागी हामिले चाईल्ड सेफ गार्डिङ फोकल पसर्न भनेर अलग कक्षको प्रवन्ध गरेका छौ । बिद्यार्थीको समस्या बुझेर परामर्श गरेर उनीहरुको क्षमता अनुसारको क्रियाकलापमा उत्प्रेरणा प्रदान गर्ने तथा अन्तरनिहित क्षमतालाई प्रस्फुटन गर्ने वातावरण हाम्रो विद्यालयमा छ । सुन्दर स्वच्छ शान्त ठाउँमा अवस्थित बिद्यार्थी र शिक्षक बिचको मिलनसार सहयोगी भावनात्मक सम्बन्ध रहेको छ ।

    प्रश्न : कमजोर विद्यार्थीहरुका लागि के कसरी अध्यापन गराउनुहुन्छ ?

    उत्तर : कमजोर विद्यार्थीहरुका लागि हामीले विशेष व्यवस्था गरेका छौ । ठुलो संख्यामा विद्यार्थीहरुलाई कोठामा राखेर अध्यापन गराँउदा कमजोर विद्यार्थीहरुले सजिलै बुझ्न नसक्ने भएकोले बढिमा १५ जना विद्यार्थीहरु राखेर हामिले हरेक विद्यार्थीहरुलाई अपडेट गराउने गरेका छौ । सानो समुहमा राखेर अध्यापन गराउँदा विद्यार्थीहरुको शैक्षिक अवस्थामा सुधार आएको विद्यालयले महशुस गरेको छ । कमजोर विद्यार्थीहरुका लागी हरेक विषयगत शिक्षकले विशेष समय दिएर अध्यापन गराउने भन्ने विद्यालयको निति छ ।

    प्रश्न : निजि स्कुलहरुमा शिक्षकहरुमाथी आर्थिक रुपमा चरम शोषण हुने र विभिन्न सेवाबाट वञ्चित गराइने खालका गुनासा पनि आउछन नि ?

    उत्तर : हो निजि स्कुलका यस्ता गुनासाहरु हामिले सुनेका छौ बेलाबखत यो दुखको कुरा हो । हाम्रो विद्यालयले शिक्षकसाथीहरुको विद्यालय अध्यापनलाई दिर्घकालीन बनाउनको लागी विशेष प्रवन्ध गरेका छौ ,हरेक महिना समयमै तलवको प्रवन्ध गरेका छौ , विद्यालयमा एकवर्ष अध्यापन गराएका शिक्षक साथीहरुलाई संचयकोषको ब्यवस्था गरिएको छ भने विद्यालयमा शिक्षक कर्मचारी राहातकोष खडा गरिएको छ ।यतिमात्रै होईन बेलाबखत विषयगत शिक्षकहरुलाई तालिमको प्रवन्ध गरिएको छ ।त्यो कारणले गर्दा सबै शिक्षकसाथीहरु विद्यालयदेखी खुसी हुनुहुन्छ ।

    शनिबार, असार ०६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • २.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ३.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ४.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ७.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ८.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.