भरतपुर/चितवन उद्योग संघको वस्तुगत सदस्य नेपाल कुखुरा व्यवसायी मञ्चका नवनिर्वाचित पदाधिकारी एवम् सदस्यहरु र चितवन उद्योग संघका पदाधिकारी एवम् सदस्यहरुबीच परिचयात्मक एवम् औद्योगिक प्रबद्र्धनका विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
चितवन उद्योग संघका अध्यक्ष सूर्य प्रसाद न्यौपानेको अध्यक्षता सम्पन्न कार्यक्रममा नवनिर्वाचित समितिका अध्यक्ष, पदाधिकारी एवम् सदस्यहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको लागि शुभकामना व्यक्त गरियो ।
चितवन उद्योग संघका अध्यक्ष सूर्य प्रसाद न्यौपानेले स्वागत मन्तव्य सहित कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको कार्यक्रममा नेपाल कुखुरा व्यवसायी मन्चका अध्यक्ष रघुनाथ भट्टले चितवन उद्योग संघ र नेपाल कुखुरा व्यवसायी मञ्चबीच विगतदेखि नै प्रगाढ सम्बन्ध रहेको र यस सम्बन्धलाई अझ मजबुत बनाउँदै लैजाने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
नेपाल कुखुरा व्यवसायी मञ्चका पदाधिकारी एवम् सदस्यहरुसँग परिचयात्मक एवम् औद्योगिक प्रबद्र्धनका विषयमा छलफल कार्यक्रम सम्पन्न
नेपाल कुखुरा व्यवसायी मञ्चका पदाधिकारी एवम् सदस्यहरुसँग परिचयात्मक एवम् औद्योगिक प्रबद्र्धनका विषयमा छलफल कार्यक्रम सम्पन्न
Advertisement
तपाईको प्रतिक्रिया




