भरतपुर/भरतपुर महानगरपालिका १२ नौरङ्गे स्थित ज्योति पुस्तकालय परिसरमा भएको निशुल्क दन्त शिविरमा १ सय २० जनाले दाँतको परिक्षण गराएका छन् । ज्योति पुस्तकालय, धनगढा एकिकृत विकास समिति, नौरङ्गे टोल विकास संस्था, धनेश्वर शिवालय मन्दिर समिति र नौरङ्गे आमा समुहको संयुक्त आयोजनामा दाँत, मुख, अनुहारसम्बन्धि समस्याको निशुल्क उपचार गरिएको हो ।
भरतपुर सामुदायिक अस्पताल एवं मेट्रो इमरजिङ्ग सेन्टर प्रा लिको सौजन्यमा भएको शिविरमा डा कृष्ण रेग्मी, डा अर्चना प्रसाई, डा रश्मि अधिकारी, डेन्टल हाइजेन्ट्रि चाँदनी कुमारी शाह , नर्सहरु सस्मिता बोगटि र अमृता महतोको टोलिले स्वास्थ्य परिक्षण गर्नुभएको थियो ।
ज्योति पुस्तकालयका अध्यक्ष कृष्णराज मरहठ्ठाको सभापतित्वमा भएको कार्यक्रममा भरतपुर १२ का वडा अध्यक्ष लेखराज पन्त ( हरि) को प्रमुख आतिथ्यता रहेको थियो । सो शिविरमा निशुल्क परिक्षणका साथै औषधि वितरण र दाँतको सफाइ समेत गरिएको थियो । कार्यक्रमको उद्घाटन सत्रमा उपस्थित अतिथिहरुलाइ स्वागत गर्दै नौरङ्गे टोल विकास संस्थाका अध्यक्ष सन्तोष पन्तले दाँत बलियो भए आँत बलियो हुन्छ भन्ने नाराका साथ नौरङ्गे टोल बासीको दाँत बलियो बनाउने उद्देश्यले दन्त शिविरको आयोजना गरिएको बताउनुभयो ।
उक्त कार्यक्रममा वडा अध्यक्ष लेखराज पन्तको दाँत परिक्षणगरी शिविर सन्चालन गरिएको थियो । भने धनगढा एकिकृत विकास समितिका सचिव विनोद खतिवडाले कार्यक्रम सन्चालन गर्नुभएको थियो ।




