संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गौतम बुद्धको अस्तु रहेको विश्वास गरिएको नवलपरासीको रामग्रामलाई ब्रान्डिङ गर्न सकिए धार्मिक, सांस्कृतिक गन्तव्य बनाउन सकिने विश्वास व्यक्त गरेका छन् ।मंगलबार नवलपरासीको रामग्राममा आयोजित विश्व शान्तिको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किरातीले यसको बुद्ध सर्किटलाई केन्द्रमा राखेर सरकारले भव्य लगानी गरेर यहाँ एयरपोर्ट बनाएको बताए । तर एयरर्पोट राम्रोसँग सञ्चालन गर्न नसकेको उनले स्वीकारेका छन् ।
‘नयाँ तरिकाले ब्राण्डिङ गर्न सके पर्यटकहरूलाई दुई तीन हजार वर्षअघिको समय अनुभूत गराउन सकिनेछ । रामग्रामलाई ब्राण्डिङ गर्न सके धार्मिक सांस्कृतिक पर्यटनको गन्तव्य बनाउन सकिन्छ । बुद्ध सर्किटलाई केन्द्रमा राखेर सरकारले भव्य लगानी गरेर यहाँ एयरपोर्ट बनाएको बताए । तर एयरपोर्ट राम्रोसँग सञ्चालन गर्न नसकेको उनले स्वीकारेका छन् । मुख्य जिम्मेवारीको रूपमा यो एयरपोर्ट सञ्चालन गर्न नेपाल वायुसेवा निगमको जहाज आवश्यक छ’, मन्त्री किरातीले भने । उनले प्रधानमन्त्रीको नेतृत्वमा अब आर्थिक समृद्धि पुरा हुने उनले दाबी गरे ।




