कुरिनटार,१९मंसिर ।चितवनको इच्छाकामना गाउँपालिकामा कार्यरत महिला स्वास्थ्य स्वंयसेविकाहरु सम्मानित भएका छन् ।२० औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा स्वयंसेविकाहरु सम्मानित भएका हुन् ।
जनही रु.५ हजार नगदसहित प्रमाण पत्र र फुलको मालाले सम्मान गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख (जनस्वास्थ्य निरीक्षक)हरि देवकोटाले बताउनुभयो । मातृ,नवजात शिशु तथा बाल स्वास्थ्यको लागि महत्वपूर्ण योगदान पु¥याउने गाउँपालिकाका ३६ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरिएको उहाँले बताउनुभयो ।

स्वास्थ्य कार्यालय चितवन र इच्छाकामना गाउँपालिकाको संयुक्त आयोजनामा सम्मान कार्यक्रम सम्पन्न भएको हो । गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको अध्यक्षमा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष माया सिलवाल, प्रमुख प्रशासकिय अधिकृत जगतप्रसाद भुषाल। स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य निरीक्षक चन्द्र बहादुर हमाल,जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकाल,गाउँपालिकाका स्वास्थ्यकर्मी महिला स्वास्थ्य स्वयंसेविका लागयतको उपस्थिति रहेको थियो ।




