• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

विजय एफएमको अध्यक्षमा त्रिलोचन सापकोटा चयन


  •   आइतबार, मङि्सर १७, २०८० मा प्रकाशित
  • गैंडाकोट/विजय एफएम १०१.६ र विजय खबर पत्रिकाको सञ्चालक संस्था विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडको अध्यक्षमा त्रिलोचन सापकोटा चयन हुनुभएको छ । विजय विकास स्रोत केन्द्रको सभाहलमा भएको २३औँ वार्षिक साधारण सभा तथा आठौँ अधिवेशनले त्रिलोचन सापकोटाको अध्यक्षतामा सर्वसम्मत ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा गिरिराज लम्साल, सचिवमा भानुभक्त रिमाल, कोषाध्यक्षमा विष्णुमाया पन्थी, सह–सचिवमा नर्मदा पाण्डे चयन हुनुभएको निर्वाचन समिति संयोजक केशवप्रसाद सापकोटा जानकारी दिनुभयो । यस्तै सदस्यहरुमा डा. भूमिराज चापागार्इं, शान्ति भुषाल आचार्य, गोकुल भण्डारी, कमला रेग्मी पौडेल, यदुनाथ सापकोटा र टंकनाथ चापागाईं रहनुभएको छ । यस्तै लेखा सुपरिवेक्षण समिति संयोजकमा बद्रीनाथ लम्साल, सदस्यहरुमा ज्ञानु सापकोटा र टेकनारायण सुवेदी रहनुभएको छ ।

    Advertisement

    निर्वाचन उप समिति संयोजकमा केशवप्रसाद सापकोटा, सदस्यहरुमा प्रेमप्रसाद सापकोटा ‘राजु’ र परमेश आचार्य रहनुभएको थियो । नयाँ कार्यसमितिको सपथ ग्रहण एवं पद हस्तान्तरण कार्यक्रम आइतबार हुने छ ।

    यसअघि भएको साधारण सभामा बोल्दै प्रमुख अतिथि, गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले विजय एफएम र विजय खबर सञ्चार माध्यमका रुपमा देशमा नै उदाहरणीय बनेको बताउनुभयो । सञ्चारका यी दुवै माध्यमबाट सबै नागरिकमा सजिलै, सर्वसुलभ रुपमा सूचनाको पहुँच पुगेको उहाँको भनाई थियो । नगरप्रमुख अधिकारीले विजय एफएमको आफू पनि नियमित श्रोता भएको बताउँदै असल, राम्रा कामलाई प्रोत्साहन गर्न र सत्य तथ्य सूचना अहिले जस्तै आगामी दिनमा पनि प्रस्तुत गर्न आग्रह गर्नुभयो ।

    कार्यक्रममा विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष डा.भूमिराज चापागाईंले यस क्षेत्रकै व्यवस्थित एवं प्रभावकारी सञ्चार माध्यमका रुपमा विजय एफएम र विजय खबर अगाडी रहेको बताउनुभयो । साथै यी दुवै सञ्चार संस्थाले जिम्मेवार पत्रकारिता मार्फत नागरिकका आवश्यकता बमोजिम स्थानीय समस्या, सरोकार र सवालमा आधारित रहेर काम गरिरहेको बताउनुभयो । साथै उहाँले आपत विपतमा रेडियोले सबैभन्दा बढी प्रभावकारी भूमिका खेलेको समेत बताउनुभयो ।

    संस्थाका सचिव गिरिराज लम्सालले प्रगती प्रतिवेदन प्रस्तुत गर्दै १ वर्षको अवधिमा विजय एफएमले समुदायका १५ हजार व्यक्तिको आवाज रेडियोका माध्यमबाट प्रसारण गरेको बताउनुभयो । यस संस्थाका अर्को माध्यम विजय खबर र विजय एफएमको अनलाईन संस्करणबाट पनि यी आवाजहरुलाई प्रसारण तथा लिपिवद्ध गरी प्रकाशन गरेकोे जानकारी दिनुभयो । उहाँले सामुदायिक सञ्चार माध्यमका रुपमा संस्थाले स्थानीय सवाल, सरोकार समस्या र प्राथमिकताहरुलाई मुख्य विषयबस्तुका रुपमा ग्रहण गर्दै जिम्मेवार पत्रकारिता गरिरहेको बताउनुभयो ।
    कोषाध्यक्ष भानुभक्त रिमालले विजय एफएम र विजय खबरका सामग्रीप्रति स्रोताको विश्वासले यसलाई अगाडी बढ्न प्रेरित गरेको बताउनुभयो । श्रोता र पाठकको जीवनमा पारेको प्रभाव र विश्वास नै संस्थाको पूँजी भएको उहाँको भनाई थियो । उहाँले संस्थाले समूदायको विश्वास जित्न सक्नु नै ठूलो उपलब्धी रहेको बताउनुभयो । साथै समुदायका हरेक क्षेत्र र हरेक समस्यालाई जस्ताको त्यस्तै प्रस्तुत गर्न सफल रहेको बताउँदै कठिन परिस्थीतिमा सारथी बनेर अगाडी आइरहेको बताउनुभयो ।

    लेखा प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका लेखा समिति सदस्य बद्री लम्सालले विभिन्न समस्या आइपरेपनि संस्थाले उल्लेख्य प्रगती गरेको बताउनुभयो । साथै उहाँले नयाँ प्लेटफर्म मार्फत श्रव्यदृश्य सामग्रीसँगै व्यवस्थित बनेर अगाडी आउन सुझाव दिनुभएको छ ।

    गैँडाकोट नगरपालिकाका पूर्व नगर उपप्रमुख विष्णुकुमारी कँडेलले समाजमा लुकेका छिपेका कुरा उजागरसँगै सत्य तथ्य सूचनाको भरपर्दो स्रोत नै विजय एफएम भएको बताउनुभयो । उहाँले आफुले महिला दिदिबहिनीलाई समसामयीक, न्यायिक र अन्य धेरै जानकारी प्राप्त गर्न भान्सामा नै विजय एफएम बजाएर काम गर्न सुझाव दिने गरेको समेत बताउनुभयो । सूचना र जानकारी ज्ञान हासिल गर्न विजय एफएम प्रभावकारी माध्यम बन्दै आएको उहाँको भनाई छ ।

    कार्यक्रममा विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका संस्थापक अध्यक्ष एवम् वर्तमान सल्लाहकार संयोजक खेमराज सापकोटाले समाजमा सकारात्मक सोचको विकास गर्न सक्नु नै विजय एफएमको पूँजी भएको बताउनुभयो । उहाँले आपत विपतमा रेडियो सशक्त बनेर नागरिकका लागि उभिएका क्षण स्मरण गर्दै पछि परेका नागरिकको आवाज कसैले नसुन्ने तर रेडियोले समेटेकोमा खुसी व्यक्त गर्नुभयो । समाजलाई जगाउन, जोड्न रेडियोको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो ।

    विजय विकास स्रोत केन्द्रका अध्यक्ष कृष्णप्रसाद सापकोटाले सङ्कटको समयमा सञ्चारमध्यमले खेल्ने भूमिका महत्त्वपूर्ण रहेको र विजय एफएमले सो भूमिका निर्वाह सफलतापूर्वक गरेको बताउनुभयो । उहाँले चौथो अंगको भूमिका सहि तरिकाले निर्वाह गरेमा समाज र देशलाई टेवा पुग्ने बताउनुभयो ।

    विकू वचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रेमप्रसाद सापकोटा ‘राजु’ले न्यायका लागि आवाज उठाउन विजय एफएम र विजय खबरले भूमिका खेलेको बताउनुभयो । उहाँले कुनै दिदि, भाउजु अथवा जो कोहिले अन्याय सहेर नभएर आवाज उठाउन विजय एफएम रोज्ने गरेको समुदायमा देखेका कुरा बताउनुभयो । साथै उहाँले विकू प्रवद्र्धकिय संस्था पनि भएकाले आगामि दिनमा सहकार्य र सहयोगका लागि विजय एफएमसँगै रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका संस्थापक सचिव एवं विजयश्री उपभोक्ता सहकारी संस्था लिमिटेडका अध्यक्ष केशवप्रसाद सापकोटाले सरकारले सञ्चार गृहलाई बचाउनुपर्ने बताउनुभयो । समाजमा अफ्ठ्यारो परिस्थिति र अवस्था आउँदा रेडियोले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले अहिलेको समयमा जलवायु परिवर्तन र यसको प्रभावका विषयमा सञ्चारमाध्यमले आवाज उठाउनुपर्ने बताउनुभयो । साथै उहाँले जलवायु परिवर्तनले खोला नाला सुक्दै जाने, तापक्रममा असर गर्ने लगायतका कुराले अब आउने पुस्तालाई असर गर्ने भन्दै सजग हुनपर्ने बताउनुभयो ।

    विजय फाउण्डेसनका अध्यक्ष त्रिलोचन सापकोटाले एकदमै दुःखको बेला रेडियोको उपयोगिता थाहा हुने बताउनुभयो । उहाँले रेडियोले नसुनिएका र नभनिएका आवाज बाहिर ल्याउन मद्दत गरेको बताउनुभयो । साथै विजय एफएम सूचना र सहायता चाहिने ठाउँमा आवाज बनेर पुगेको र युगौँ सम्म बाचिँरहने पनि बताउनुभयो ।

    विजय कन्सल्टिङका अध्यक्ष लक्ष्मी गौतमले विजय एफएमको भूमिका र यसले समाजलाई पारेको सकारात्मक प्रभाव नै समाजको उल्लेखनीय कार्य भएको बताउनुभयो ।

    महिला अधिकारकर्मी मिना खरेलले सामाजिक, सञ्चार, वित्तीय, शिक्षा, सूचना प्रवाहको क्षेत्रमा विजय एफएमले गर्व गर्न लायक काम गरेको महशुस गरेको बताउनुभयो । साथै विजय एफएमले समुदायलाई पु¥याएको योगदान र प्रवाह गरेको चेतना नै सम्पत्ति भन्नु सराहनिय रहेको विचार व्यक्त गर्नुभयो ।

    सम्मानित संस्थाको प्रतिनिधित्व गर्दै कालिका मन्दिर कालिका आश्रमका अध्यक्ष पिताम्बर सापकोटाले विजय एफएमले सम्मानित गरेको धन्यबाद दिदैँ अहिले गरिरहेको कामलाई निरन्तरता दिन आग्रह गर्नुभयो । समाजमा उदाहरणीय बनेको यो संस्था अझै प्रगति गर्दै जाओस् भन्ने शुभकामना दिनुभएको छ ।

    साधारण सभाको अवसरमा धर्मिक क्षेत्रको विकास, उन्नयन र धार्मिक पर्यटकीय क्षेत्रको विकासमा टेवा पु¥याउन विजय एफएमसँग सहकार्य गर्ने धार्मिक संस्थाहरु धार्मिक सेवा समिति मौलाकालिका मन्दिर, कालिका मन्दिर कालिका आश्रम, हनुमान मन्दिर, हरिहर मन्दिर परमानन्द सन्न्यास आश्रमलाई सम्मान गरेको छ । यस्तै उत्कृष्ट सेयर सदस्यमा अग्निधर आचार्य ‘कृष्ण’, वर्ष उत्कृष्ट विज्ञापनदातामा कालिका प्रिण्टिङ एण्ड प्याकेजिङलाई सम्मान गरेको छ । कर्मचारीतर्फ उत्कृष्ट कर्मचारीमा प्राबिधिक हरि सुबेदी सम्मानित हुनुभएको छ ।
    कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष गोपीनाथ खरेल, पूर्व अध्यक्ष इन्द्रराज ज्योति पौडेल, संस्थाका पूर्व उपाध्यक्ष एवं समाजसेवी सिद्धकुमार श्रेष्ठ लगायत विभिन्न संघ संस्थाका अध्यक्ष एवं प्रतिनिधिको उपस्थिति रहेको थियो ।

    कार्यक्रमको सहजिकरण संस्थाका व्यवस्थापक श्रीधर उपाध्यायले गर्नुभएको थियो ।

    ‘सत्य तथ्य सूचनाको सञ्चार, जनसशक्तीकरणको मूल आधार’ भन्ने भावलाई आत्मसात् गर्दै विजय विकास स्रोत केन्द्र र विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अगुवाइमा २०५७ सालमा विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्थाको स्थापना भएको हो । संस्थाले सामुदायिक रेडियो विजय एफएम र विजय खबर पत्रिका सञ्चालन गरेको छ । स्थापनाकालदेखि नै सञ्चारका यी दुवै माध्यमबाट समाजमा सुशासन, विकास, सकारात्मक सोच, सकारात्मक सोचका लागि जागरण र समाजमा सूचनाको पहुँच स्थापित गर्नका लागि निरन्तर सूचना प्रवाह गर्दै आइरहेको छ ।

    आइतबार, मङि्सर १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • २.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ३.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ४.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ५.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ६.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ७.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.