• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

सौराहामा अन्तर्राष्ट्रियस्तरको फिल्म फेस्टिबल हुँदै

"पर्यटन र चलचित्र विकासमा टेवा पुग्ने अपेक्षा "

  •   बुधबार, मङि्सर ०६, २०८० मा प्रकाशित
  • सौराहा/देशकै तेस्रो ठूलो पर्यटकीय गन्तव्य चितवनको सौराहामा अन्तराष्ट्रिय स्तरको फिल्म फेस्टिबल आयोजना गरिने भएको छ । चितवनको सौराहालगायतका पर्यटकीय गन्तव्यको प्रचारप्रसार र चलचित्र विकासमा टेवा पुर्‍याउने उद्देश्यले क्याराभान नेपालको आयोजनामा यही मंसिर २९ गतेदेखि पुस ३ गतेसम्म ‘सौराहा साउथ एसियन फिल्म फेस्टिबल’ आयोजना गर्न लागिएको हो । मंगलबार रत्ननगर नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी स्थानीय चित्रसारी पुलनजिकको खालीचौरमा फेस्टिबलको आयोजना गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । पर्यटन तथा चलचित्र उद्योगको विकास गर्ने उद्देश्यले नेपाल सरकारसँग सहकार्य गरी उक्त फेस्टिबलको आयोजना हुन लागेको क्याराभान नेपालका अध्यक्ष एवम् फेस्टिबलका संयोजक विमल पौडेलले जानकारी दिए ।

    Advertisement

    चितवनमा पहिलोपटक आयोजना हुन लागेको फेस्टिबलका लागि रत्ननगर नगरपालिकासहित स्थानीय व्यवसायीहरूको प्रशंसनीय साथ रहेको सयोजक पौडेलले जानकारी दिए । फेस्टिबलमा नेपाललगायका आठ देशका उत्कृष्ट फिल्महरूको प्रर्दशन गरिनुका साथै अन्तक्र्रिया कार्यक्रमको समेत आयोजना हुनेछ । संयोजक पौडेलले भने, ‘नेपालसहित अन्य देशका फिल्म निर्माता र कलाकारका बीचमा अन्तरक्र्रिया र एकापसमा अनुभव साटासाट हुनेछ,’ ‘यसले यहाँको पर्यटन विकास र नेपालको चलचित्र उद्योगमा सकारात्मक प्रभाव पर्नेछ ।’ धिमा गतिमा हिँडेको नेपालको चलचित्र उद्योगलाई चलायमान बनाउन अब गरिनुपर्ने प्रयासका बारेमा कलाकार तथा निर्माताहरुका बीचमा अन्तरसंवाद गरिने उनले जानकारी दिए । महोत्सव अन्तर्गत तीन दिन चलचित्र र पर्यटनको विकासबारे विज्ञहरु सहितको अन्तर्क्रिया कार्यक्रम हुनेछ ।

    सम्मेलनमा ८ राष्ट्रका सेलिब्रेटी कलाकार समेत आउने छ । फेष्टिबल अन्तर्गत नेतृत्व तहमा रहेका व्यक्तिहरु र कलाकार तथा पूर्वी चितवन र पश्चिम चितववनका युवाहरु बीच मैत्रीपूर्ण फूटवल प्रतियोगिता आयोजना गरिएको संयोजक पौडेलले जानकारी दिए । पाँच दिनसम्म चल्ने फेस्टिबलमा एक सय बेशी स्टलहरू रहने र स्थानीय खानाका परिकारसहित हस्तकलाका स्थानीय उत्पादन, चलचित्र विकास बोर्ड तथा अन्य फिल्म संघसंस्थाहरूको जानकारीमूलक स्टलहरू रहने आयोजकले जानकारी दिए । फेस्टिबल सहसंयोजक तथा रेवान सौराहाका पूर्वअध्यक्ष गोकर्ण गिरीले कोरोना र आर्थिक मन्दीले थला परेको सौराहासहित मुलुकको पर्यटनको विकास गर्ने उद्देश्यले फेस्टिबल आयोजना गरिएको जानकारी दिए । कार्यक्रममा रत्ननगर नगरपालिकाका वडाध्यक्षहरू र कार्यपालिका सदस्यको सहभागिता रहेको थियो भने चलचित्र विकास बोर्डका सदस्य रवि अधिकारीलगायतले धारणा राखेका थिए । पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार फेस्टिबल सम्पन्न गर्नका लागि ८० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

    बुधबार, मङि्सर ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.