भरतपुर/स्याउली बजार आमा समूहको साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । स्याउली बजार आमा समूहकी संरक्षक शारदा शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धनकली क्षेत्री प्रमुख अतिथि रहनुभएको थियो ।
भरतपुर मा.वि.को सभाहलमा सम्पन्न साधारणसभा तथा अधिवेशनबाट निर्मला पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।
समितिको उपाध्यक्षमा भवानी अधिकारी, सचिवमा देवी पौडेल, कोषाध्यक्षमा सञ्जु आचार्य, सह–सचिवमा लक्ष्मी रिजाल सापकोटा, सदस्यहरुमा साबित्री न्यौपाने, माया पौडेल, लक्ष्मी घिमिरे, रोजिना सापकोटा, मञ्जु बराल ढकाल, तिर्थना उप्रेती बराल, शान्ता कँडेल सेढाई, सरस्वती भण्डारी र रमा दवाडी रहनुभएको छ ।
भवानी देवी अधिकारीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा भुवन आचार्य, फुलमाया रानाभाट, इन्दु कोइराला, खेम नारायण पौडेल, मधुसुदन ढकाल, अरुण पीडित भण्डारी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
स्याउली बजार आमा समूहकी संरक्षक शारदा शर्मा पौडेलले धन्यवाद मन्तव्य सहित कार्यक्रमको समापन गर्नुभएको थियो ।





