• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
मङ्गलबार, कार्तिक ०४, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ५. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ६. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • ७. इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

  • ८. राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

आठ वर्षपछि पुनःनिर्माण गरिँदै अदालत भवन


  •   शुक्रबार, मङि्सर ०१, २०८० मा प्रकाशित
  • गलकोट/भुकम्पले भत्काएको आठ वर्षपछि उच्च अदालतको क्षतिग्रस्त भवन निर्माण हुँदैछ । पोखरा उच्च अदालतको बागलुङस्थित इजलासको उक्त भवन दुई चरणमा  काम भइरहेकाले  निर्माणले तीव्रता पाएको हो । छ तलाभन्दा बढीको पूर्ण आपाङ्गमैत्री भवनमा अहिले  चौथो तलाको काम भइरहेको  छ  ।

    Advertisement

    अदालतको भवन २०७२ सालको भूकम्पले छियाछिया बनाएकाले पहिलो पटक दुईवटा विद्युतीय भ¥याङसहित नमूना भवन निर्माण भइरहेको हो । हालसम्म भवनको ४० प्रतिशत काम सम्पन्न भइसकेको र  सोही भवनसँगै जोडिएको मुख्य आवासगृहको पहिलो तला  पनि ढलान भएको निर्माण कम्पनीको जिकिर छ ।

    मुख्य भवनको मात्रै निर्माणको काम ६० प्रतिशत भए पनि भवन तथा तीन वटा आवास गृह निर्माणका हिसाबले पूरै योजनाको ४० प्रतिशत सम्पन्न भएको हो । सम्झौता भएको ११ महिनामा चौथो तलाको ढलान भइरहेकाले सम्झौता अघि नै भवन सकेर बुझाइने निर्माण कम्पनीले जनाएको छ ।

    उक्त भवन ३० महिनामै सक्नेगरी २०७९ मङ्सिर १६ गते श्यामसुन्दर पशुपति शिवजी निर्माण कम्पनीले रु ५७ करोडमा ठेक्का पाएको थियो । भवन निर्माणका लागि अत्याधुनिक उपकरण प्रयोग गर्नाका साथै दिन र रातमा समेत दुई चरणमा निर्माणको काम भइरहेको ठेकेदार कम्पनीका  व्यवस्थापक ओम गुरुङले जानकारी दिनुभयो ।

    “पुरानो भवन भत्काउनेदेखि नयाँ भवनको भूइँतलाको लागि माटो व्यवस्थापनमा समय लाग्यो, अहिले दिनरात गरी दुई चरणमा काम भइरहेको छ, यति ठूलो भवन ३० महिनामै सक्नु चुनौतीपूर्ण हो तर हामीसँग प्रविधि र जनशक्ति दुवै छ”, उहाँले भन्नुभयो, “रु ५७ करोड लागतको भवन दिनमा मात्रै काम गरे पाँच वर्ष लाग्छ, दिनरात काम गरेर ३० महिना अगावै सक्नु आवश्यक छ ।”

    भवन निर्माणका लागि आवश्यक कच्चा सामग्री रेडिमिक्सको सहायताबाट तयार पारी प्राविधिक जाँच गरेपछि मात्रै प्रयोगमा ल्याइने गरिएको छ । श्रमिकलाई समेत आवसीय सुविधासहित भवन निर्माणस्थलमै राखिएको छ । बागलुङ इजालसका सूचना अधिकारी शिवप्रसाद गौतमका अनुसार भवन निर्माणको कार्यप्रगति सन्तोषजनक रहेको अन्य निर्माणमा जस्तो निर्माण व्यवसायीले यो भवन निर्माणमा ढिलासुस्ती नगरेकाले समय अगावै सकिने बताउनुभयो ।

    “अहिले उक्त इजलासको काम यहाँस्थित जिल्ला अदालतको भवनबाटै भइरहेकाले हामीलाई छिटोभन्दा छिटो भवन निर्माणको काम सकेर सेवा दिन आवश्यक छ”, उहाँले भन्नुभयो ।
    अन्डरग्राउण्डसहित साढे छ तलाको उक्त भवनसँगै अथिति गृह र कर्मचारी आवाससमेत तीन ब्लकमा हुनेछ । सात रोपनी जग्गामा निर्माण भइरहेको उक्त  भवन प्रविधिमैत्री, अपाङ्गमैत्री, भूकम्प प्रतिरोधीका साथै  साविक धौलागिरि अञ्चलका चार जिल्लामध्ये सबैभन्दा ठूलो र आधुनिक हुने सघन सहरी तथा भवन निर्माण कार्यालयले जनाएको छ ।सो भवनमा   छ वटा अत्याधुनिक इजलास कक्ष रहने छन् ।  -रासस

    शुक्रबार, मङि्सर ०१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    • ५.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ६.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.