चितवन/चितवनको भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा रु ५ करोडको लागतमा फिट्नेस हब सञ्चालनमा आएको छ । आज (आईतबार)देखि औपचारिक रुपमा राइनो फिटनेस हब संचालनमा आएको हो । नेपालमा नै ठूलो र अत्याधुनिक प्रविधियुक्त उक्त फिटनेस हब १२ हजार स्क्वायर फिटमा निर्माण गरिएको छ । उक्त फिटनेस हब (जिम घरमा) एक पटकमा २५० जनाले सेवा लिन सक्ने छन् । यहाँ जिम, काडीयो, एरोविक लगाएतका शरीरलाई तन्दुरुस्त राख्न आवश्यक पर्ने खेलहरु गराईने छ । संरक्षक राम प्रसाद गजुरेलका अनुसार मानव जीवनमा स्वास्थ्य नै पहिलो सम्पती भएकाले यो यो फिटनेस हब सञ्चालनमा ल्याईएको हो ।
Advertisement





