आज बिहान गएको भूकम्पका कारण धादिङको ज्वालामुखी गाउँपालिका ५, कुमालटारीमा २० वटा घर भत्किएका छन् भने ७५ वटा घर चर्किएका छन् ।बिहान ७ बजेर ३९ मिनेट जाँदा धादिङको ज्वालामुखी गाउँपालिका–५ खरी दर्बुङघाट केन्द्रबिन्दु भएर ६ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको थियो । भूकम्पबाट भएको क्षतिको विवरण आउनेक्रम जारी रहेको ज्वालामुखी गाउँपालिका–५ का पूर्ववडाध्यक्ष कृष्णप्रसाद काप्री बताउनुभयो ।
Advertisement
पटक पटक चार रेक्टरस्केलभन्दा माथिका भूकम्पका परकम्पहरु गएका कारण मानिसहरु घर बाहिर बसेका स्थानीय राजेश अधिकारीले बताउनुभयो ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले चर्किएका घरहरुको विस्तृत विवरण सङ्कलन भइरहेको बताउनु भयो ।




