• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

बाघमारा वनद्वारा वन्यजन्तु पीडित किसानलाई १ लाख ३९ हजार राहत


  •   बिहिबार, कार्तिक ०२, २०८० मा प्रकाशित
  • रत्ननगर/वन्यजन्तुबाट भएको बाली नाली क्षतिको राहतस्वरुप क्षतिपूर्ति रकम वितरण गरिएको छ । सौराहाको निकटमा रहेको बाघमारा मध्यवर्ती सामुदायिक वनले सेवा क्षेत्र भित्रका ६० घरधुरी किसानलाई क्षतिपूर्ति बापतको रु १ लाख ३९ हजार रुपैँया रकम बिहीवार प्रदान गरेको हो । धान बालीमा क्षति पुगेका किसानहरुले प्रति कठ्ठा रु २ हजार रुपैँयाका दरले क्षतिपूर्ति रकम पाएका हुन् ।यस्तै, १३ सय ७७ घरधुरीको पशुधन विमा गरिएकोमा सोही अवसरमा ५ जना कृषकहरुले मृत्यु भएका पशुहरुको विमा रकम पाएकाछन् । मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण कार्यक्रम अन्तर्गत सो सामुदायिक वनले हरेक वर्ष उपभोक्ता किसानहरुलाई बालीनाली क्षतिको पूर्ण राहत दिँदै आएको छ ।
    कार्यालयमा आयोजित कार्यक्रमका प्रमुख अतिथि चितवन राष्ट्रिय निकुञ्ज सौराहाका सेक्टर प्रमुख सन्त वहादुर मगर र बालीनाली वितरण उप समितिका संयोजक विर वहादुर लामाले किसानहरुलाई क्षतिपूर्ति रकम हस्तान्तरण गरेका थिए । सो अवसरमा प्रमुख अतिथि मगरले जंगली जनावरहरुले बाली नालीमा क्षति पुर्‍याएका किसानहरुलाई राहत स्वरुप रकम वितरण गरिएको बताए । सामुदायिक वनले बाली बीमा संगै घरपालुवा जनावरको समेत बीमा गरेर किसानलाई राहत प्रदान गरेकोमा धन्यवाद ज्ञापन गरे । चितवन राष्ट्रिय निकुञ्जले २०६९ सालबाट राहत दिने नियम बनाएसंगै पीडित किसानलाई राहत पुगेको बताए ।
    वनका अध्यक्ष जीतु तामाङले मानव वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरण गर्दै उपभोक्ताहरुलाई वन संरक्षणमा जिम्मेवार बनाउन वालीनालीको पूर्ण क्षतिपूर्ति रकम उपलब्ध गराउने गरिएको बताए । किसानहरुलाई धान, मकै र तोरी गरी तीन बालीको क्षतिपूर्ती रकम उपलब्ध गराउदै आईरहेको उनको भनाई छ ।
    उनले भने, ‘राहतस्वरुप क्षतिपूर्ति रकमलाई हामी अझ प्रभावकारी बनाउँदै लैजानेछौँ, अहिलेसम्म १३ सय ७७ घरधुरीको पशुधन विमा गरेका छौ ।’ शिखर ईन्चुरेन्ससंग सम्झौंता गरि गाई, भैंसी, बाख्रा, भेडा लगाएत अन्य पशु चौपायहरुको विमा गरिएको वनका अध्यक्ष तामाङले बताए । पर्यापर्यटन मार्फत आम्दानी गर्दै आएको बाघमाराले उपभोक्ताको गरिबी निवारणलाई प्राथमिकता दिएर काम गरिरहेको छ । वन संरक्षण र सामुदायिक विकासको अलवा सो वनले सीपमुलक कार्यक्रम मार्फत जीविकोपार्जनका कार्यक्रम गर्दै आएको छ । वन र बस्तीको सिमानामा पर्खाल निर्माण, उपभोक्ताको जीवन बीमा, बालीनाली क्षति राहत तथा विभिन्न आयआर्जनका कार्यक्रम गर्दै आएको उनले बताए ।

    Advertisement

    बिहिबार, कार्तिक ०२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • २.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ३.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ४.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ६.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ७.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ८.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.