• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

नि:शुल्क विभिन्न सीपमुलक तालिमको बुधबार उद्घाटन


  •   बुधबार, कार्तिक ०१, २०८० मा प्रकाशित
  • भरतपुर/भरतपुर महानगरपालिका १७ नम्बर वडा कार्यालयको आयोजनामा नि:शुल्क विभिन्न सीपमुलक तालिमको बुधबार उद्घाटन भयो। । भरतपुर महानगर १७ नम्बर वडा कार्यालयको हलमा आयोजित उद्घाटन समारोहमा भरतपुर महानगरका उपमेयर चित्रसेन अधिकारी र वडाध्यक्ष ललितमान तामाङले संयुक्त रुपमा कार्यक्रमको उद्घाटन गरेका हुन् । दशैं सकिए लगत्तै शुरु हुने उक्त कार्यक्रम दुई महिना बढी चल्ने छ । वडा नम्बर १७ भित्र रहेका विभिन्न १८ वटा टोल सुधार समितिले चयन गरेका घरपरिवारका १३२ जनाले सो तालिम लिनेछन् । विभिन्न पाँच विधाका तालिम सञ्चालन हुने वडाध्यक्ष ललितमान तामाङले बताए । जस अन्तर्गत हरेक टोल सुधार समितिबाट दुई-दुई जना गरी बेसिक कम्युटर कोर्ष र सिलाई कटाईमा ३६-३६ जना चयन भएका छन् । यो कोर्ष २ महिनाको हुनेछ । त्यस्तै कपाल काट्ने, प्लम्बिङ र इलेक्ट्रिसियन तालिममा २०-२० जना चयन भएका छन् । यो तालिम एकमहिनाको हुनेछ ।

    Advertisement

    भरतपुर महानगरका उप-प्रमुख चित्रसेन अधिकारीले १७ नम्बरका विपन्न समुदायको उत्थानका लागि यो कार्यक्रम अति नै आवश्यक देखिएको बताए । उनले भने ‘उत्पादन तथा रोजगारीलाई सामाजिक विकासमा निरन्तरता दिन यस किसिमको कार्यक्रमको आवश्यकता थियो ।’ यस तालिमबाट उत्पादित दक्ष जनशक्ती गाउँ टोलमा नै पनि स्वरोजगार हुनसक्ने र परदेश गए पनि हातमा सीप लिएर गएकाले दु:ख पाउने सम्भावना न्यून हुने तर्फ उनको संकेत थियो। अधिकारीले भने ‘यस तालिमबाट दक्ष जनशक्तिको उत्पादन भै उनीहरुको आय आर्जन बढ्ने छ भन्ने विश्वास लिएको छु ।’ उनले आउने दिनमा पनि यस्ता कोर्ष तथा तालिमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । त्यस्तै कार्यक्रममा बोल्दै वडाध्यक्ष ललितमान तामाङले सीप सिकेर सीपसंगै जाँगरका साथ काम गर्छु भन्ने अठोट लिएका केही युवाहरुलाई वडाले नै रोजगारी दिने प्रतिबद्धता जनाए । उनले भने ‘तपाईंहरुमा तीब्र इच्छाशक्ती र जोसका साथ काम गर्छु भन्ने अठोट छ भने ध्यान दिएर सिक्नुस् र सीपमा अब्बल हुनुहोस्, तपाईंहरु खाली बस्नु पर्दैन।’ गाउँ टोलमा इलेक्ट्रिसियन र प्लम्बरको खडेरी लागेको कुरालाई इङ्गित गर्दै उनले भने ‘सीप भएको मान्छेले एक पेट भर्नलाई शिर झुकाउनु पर्दैन ।’ वडाले ल्याएको कार्यक्रममा हरेक वर्ष यसरी नै सीपमुलक तालिमको व्यवस्था गरि गाउँभरी स्वरोजगार युवाको उत्पादन गर्ने वडाध्यक्ष तामाङले बताए। ‘सीप सिकौँ, स्वरोजगार बनौँ’ भन्ने नाराका साथ सीप सिकाउने जिम्मा EATAI एण्ड एग्रो ट्रेनर्स प्रा.लि. गुञ्जानगरले लिएको छ । जुन CTEVTबाट सम्बन्धन प्राप्त प्राविधिक शिक्षालय हो । कार्यक्रममा भरतपुर महानगरका उपप्रमुख सहित १७ नम्बर वडा कार्यालयका जनप्रतिनिधि, भरतपुर महानगरका कार्यपालिका सदस्य गोपाल दराई लगायत स्थानीय टोल सुधारका प्रतिनिधि तथा स्थानीय बासिन्दाहरुको उल्लेखनिय उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण वडा सचिव सञ्जुप्रसाद आचार्यले गरेका थिए ।

    बुधबार, कार्तिक ०१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.