भरतपुर/लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ (आर) लायन्स क्लव अफ नारायणगढ लालीगुराँसद्वारा विजया दशमीको उपलक्ष्यमा चितवन मानव सेवा आश्रममा आश्रितहरुलाई खाना खुवाउने कार्यक्रम तथा सरसफाईको सामान वितरण कार्यक्रम सम्पन्न गरियो ।
लायन्स क्लव अफ नारायणगढ लालीगुराँसकी अध्यक्ष लायन्स दिपिका खड्कीको अध्यक्षतामा सम्पन्न खाना खुवाउने कार्यक्रममा डिष्ट्रिक ३२५ (आर) का निवर्तमान गभर्नर लायन सिद्धार्थ लाल चुके प्रमुख अतिथि र डिष्ट्रिक ३२५ (आर) का प्रथम भिडिजि लायन दिनानाथ न्यौपाने विशिष्टि अतिथि रहनुभएको थियो ।
कार्यक्रममा डिष्ट्रिक ३२५ (आर) का पिडिजि एमजेएफ लायन राजकुमार श्रेष्ठ, कलष्टर–४ की कलष्टर चिप लायन विनिता नेपाल, जोन चियर पर्सन लायन रेनु श्रेष्ठ, आश्रमका सञ्चालकहरु, सचिव लायन अम्बिका श्रेष्ठ, कोषाध्यक्ष लायन राधा शर्मा, लायन जया पराजुली लगायत लायन्स सदस्यहरुको उपस्थिति रहेको थियो ।







