• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

रत्ननगरमा व्यवसायिक सुरक्षा सम्बन्धी सर्वपक्षिय अन्तर्किया


  •   शनिबार, असोज २७, २०८० मा प्रकाशित
  • रत्ननगर/ पूर्वी चितवनको रत्ननगरमा व्यवसायिक सुरक्षा सम्बन्धी सर्वपक्षिय अन्तर्किया तथा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । रत्ननगर उद्योग बाणिज्य संघले वडादसैं, दीपावली र छठ पर्बको अबसरमा शुभकामना आदान प्रदान तथा व्यवसायिक अन्तर्किया कार्यक्रम गरेको हो । जनप्रतिनिधि, राजनीतिक दल तथा विभिन्न संघसंस्थाका नेतृत्वलाई एक ठाउँमा भेला गरी संघले समग्र पूर्वी चितवनको विकासका लागि सरकार र निजी क्षेत्रले खेल्नुपर्ने भूमिकाको बारेमा अन्तर्किया गरेको हो । सो कार्यक्रममा संघले पूर्वी चितवनको समग्र विकासमा सरकार र निजी क्षेत्रले गर्ने काम सहितको विकासको अबधारण समेत प्रस्तुत गरेको छ ।

    Advertisement

    संघका अध्यक्ष शंकर गिरीले सौराहालाई सिरमा राखेर समग्र पूर्वी चितवनको विकास गर्ने गरी अबधारणपत्र प्रस्तुत गरेका हुन् । स्थानीय तहमा आर्थिक तथा व्यवसायिक विकासका लागि सम्भाव्यता पहिचान गर्ने कार्यमा निजी क्षेत्रको सक्रियता अपरिहार्य रहेको भन्दै उनले आफ्ना क्षेत्रमा उपलव्ध स्रोत र साधनको अधिकतम उपयोग गर्ने नीति अवलम्बन गर्दै संघले पूर्वी चितवनको आर्थिक विकासमा भूमिका निर्वाह गरिरहेको बताए ।

    आर्थिक एवं औद्योगिक गतिविधिलाई चलायमान बनाउन नेपाली उत्पादनहरुको बजार प्रवद्र्धन तथा स्थानीय कृषि, पर्यटन, शिक्षा र स्वास्थ्यको विकास र विस्तार गर्नुपर्ने, पूर्वी चितवनमा रहेका नगरपालिकाको समन्वयमा रिङरोडको अवधारणा तयार गरि विकास योजनाको लक्ष्य रहनुपर्ने, बकुलहर रत्ननगर अस्पताल, लौरीताल निर्माणको विकास, पर्यटकीय क्षेत्र सौराहामा पर्यटकहरुले २४ घण्टा सेवा पाउने व्यवस्था मिलाउनु पर्ने अध्यक्ष शंकर गिरीले प्रस्तुत गरेको अबधारणपत्रमा उल्लेख छ ।

    कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले सौराहाको विकासको लागि व्यवसायीको तदारुकता आवश्यक रहेको बताए । हामी सौराहालाई सिरानीमा राखेर रत्ननगरको विकास गर्न चाहन्छौं उनले भने तर यहाँका व्यवसायीहरु यो विकासमा गम्भिर हुन आवश्यक छ । कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले पूर्वी चितवनको विकासका लागि यहाँका स्थानीय सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताए ।

    कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा कार्यक्रमका संयोजक हरि प्रसाद अधिकारीको उद्देश्य र महत्वको बारेमा प्रकास पारेको थिए । कार्यक्रममा रत्ननगर नगरपालिकाका संस्थापक मेयर नारायण वन, नेपाली कांग्रेसका निमित्त नगर सभापती अपिल अधिकारी, एमालेका नगर इन्चार्ज प्रेमनाथ दवाडी, माओवादी केन्द्रका अध्यक्ष श्याम बराल, राप्रपा नगर अध्यक्ष गोविन्द अधिकारी, एकीकृत समाजवादीका नगर सचिव इश्वरराज अधिकारी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठज्यू, उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष राजेन्द्र ओली, क्षेत्रीय होटल संघका अध्यक्ष गंगा गिरी, रत्ननगर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष राजाराम रेग्मी लगायतले व्यवसायिक सुरक्षामा केन्द्रीत भएर मन्तव्य राखेका थिए ।

    कार्यक्रममा ट्राफिक व्यवस्थापन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका रत्ननगर ट्राफिक प्रमुख प्रहरी नायव निरीक्षक कृष्ण ज्यु ठकुरी सम्मान गरिएको छ । त्यसैगरी रत्ननगर २ सिनेमारोडमा रहेको आगोलागी पीडित भण्डारी फेशन कलेक्सनका प्रोपाईटर गणेश भण्डारीलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । संघको समन्वयमा संघका कार्यसमिति, उद्योगी, व्यवसायीहरुबाट संकलित एक लाख, रत्ननगर फेन्सी तथा कस्मेटिक व्यवसायी समितिबाट एक लाख १० हजार ३००, किराना तथा खाद्य व्यवसायी संघबाट ५१ हजार भण्डारीलाई हस्तान्तरण गरिएको छ । त्यसैगरी रत्ननगरमा मेयर प्रलाद सापकोटाले २ लाख ५० हजार बराबरको फर्निचर बनाइदिने घोषण गरेका छन् । संघका महासचिव उपेन्द्रशर्मा आचार्यले सञ्चालन गरेको सो कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष निराजन खनालले धन्यवाद मन्तव्य राखेका थिए ।

    शनिबार, असोज २७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • २.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ३.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ५.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ६.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ७.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ८.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.