• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
मङ्गलबार, कार्तिक ०४, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ५. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ६. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • ७. इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

  • ८. राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

लक्की फिल्मी अवार्ड २०८०’ मा चलचित्र छक्का पञ्जा-४ को वर्चस्व


  •   शनिबार, असोज २७, २०८० मा प्रकाशित
  • चितवन/ लक्की मिडिया हाउस चितवनले आयोजना गरेको एनप्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड २०८० मा चलचित्र छक्का पञ्जा–४ को वर्चस्व रहेको छ । भरतपुरमा आयोजना गरिएको अवार्ड वितरणमा उत्कृष्ट चलचित्र अवार्ड सहित विभिन्न पाँच वटा विधामा चलचित्र छक्का पञ्जा–४ ले अवार्ड हात परेको छ । चलचित्र छक्का पञ्जा–४ ले उत्कृष्ट चलचित्रको अवार्डसँगै उत्कृष्ट कथा लेखन विधामा दीपकराज गिरी, उत्कृष्ट गायक महिलातर्फ सहिमा श्रेष्ठ (दर्शन सलाम गीत), उत्कृष्ट गायक पुरुषतर्फ डेभिड शङ्कर (दर्शन सलाम गीत), उत्कृष्ट सङ्गीतकार विधामा दीपक शर्माले अवार्ड हात पार्नुभएको छ । त्यसैगरी, चलचित्र प्रेम गीत–३ ले अन्तर्राष्ट्रिय प्रोमोसन अवार्ड तथा यसै चलचित्रबाट उत्कृष्ट सिनेमाटोग्राफरमा पुरुषोत्तम प्रधान र राजेश श्रेष्ठले अवार्ड हात पारेका छन् । लक्की फिल्मी अवार्डमा उत्कृष्ट कलाकार विधातर्फ चलचित्र महापुरुषबाट वरिष्ठ कलाकार हरिवंश आचार्य, उत्कृष्ट कलाकार महिला विधामा चलचित्र झिङ्गे दाउबाट कलाकार केकी अधिकारी, लोकप्रिय कलाकार पुरुषतर्फ आर्यन सिग्देल तथा महिलातर्फ कलाकार वर्षा राउतलाई अवार्ड प्रदान गरिएको छ । उत्कृष्ट सम्पादक विधामा चलचित्र प्रकाशबाट जीवन थापा, उत्कृष्ट निर्देशक विधामा चलचित्र प्रकाशबाट दिनेश रावतलाई अवार्ड प्रदान गरिएको छ । त्यस्तै, उत्कृष्ट कम्पोजर अवार्डबाट सङ्गीतकार अर्जुन पोखरेल, स्पेश मुभी अवार्डबाट चलचित्र नालापानी र गायन विधातर्फ गायक तथा सङ्गीतकार आनन्द कार्कीलाई सम्मान गरिएको आयोजक लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ले जानकारी दिनुभयो । कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नेपाली चलचित्र क्षेत्रमा राज्यको लगानी कम भएको आफू जानकार रहेको भन्दै यस क्षेत्रको प्रोत्साहन र प्रवर्द्धनका लागि आफूले सक्दो कोशिस गर्ने बताउनुभयो ।

    Advertisement

    भरतपुर पर्यटन, चलचित्र नगरी, ठूलो सहरमा तेस्रो रहेको भन्दै महानगरमा विकास र समृद्धिले फड्को मारेको उहाँले बताउनुभयो । भरतपुरमा देशकै ठूलो अन्तर्राष्ट्रिर स्तरको सभागृह निर्माण भइरहेको भन्दै अबको एक वर्षभित्रमा सञ्चालनमा आउने उहाँको भनाइ छ । सो कार्यक्रममा नेपाली रङ्गमञ्चका वरिष्ठ कलाकार निर शाहले सरकारलाई तिर्ने करको हिसाब दार्ग चलचित्र उद्योग ठूलो क्षेत्र भए पनि सरकारले यसको विकासमा खासै काम गर्न नसकेको गुनासो गर्नुभयो । “नेपाली चलचित्र उद्योगको वार्षिक रु सात सय करोडको टर्न ओभर हुन्छ” उहाँले भन्नुभयो, “विभिन्न तरिकाबाट यो रकमको १५ देखि २० प्रतिशतसम्म हामीले कर तिर्ने गरेका छौँ, तर नेपाली चलचित्र क्षेत्रको विकास खासै हुन सकेको छैन ।” विशेष गरी ग्रामीण क्षेत्रका दर्शकको रुचीमा आधारित चलचित्र निर्माण गर्न सकेको खण्डमा नेपाली चलचित्र क्षेत्रका विकास हुने उहाँको भनाइ छ । ग्रामीण दर्शक केन्द्रित चलचित्र निर्माण गर्न चुकेका कारण नेपाली चलचित्र मात्रै हेर्ने दर्शकको सङ्ख्यामा कमी आएको उहाँको भनाइ छ । “नेपाली कलाकारलाई माया गर्ने दर्शकहरु ग्रामीण क्षेत्रमा बढी छन्” उहाँले भन्नुभयो, “तर, उनीहरुको पहुँच चलचित्र घरसम्म छैन । सबैको पहुँच चलचित्र घरसम्म पु¥याउन सरकारको भूमिका महत्वपूर्ण रहन्छ ।” एक लाख बढी व्यक्ति नेपाली चलचित्र क्षेत्रमा विभिन्न माध्यमबाट आश्रित रहेको भन्दै शाहले प्रत्यक्षरुपमा ४० हजार व्यक्ति चलचित्रमा आश्रित रहेको बताउनुभयो । उक्त अवार्ड वितरण कार्यक्रममा चितवनलाई कर्मथलो बनाएर काम गर्दै आएका विभिन्न क्षेत्रका व्यक्तिलाई समेत सम्मान गरिएको थियो । पत्रकारिता विधातर्फ जन आस्था साप्ताहिक पत्रिकाका प्रकाश नवराज ढकाल, मानवीय सेवातर्फ रेडक्रसकर्मी कृष्णप्रसाद ढकाल, जनप्रतिनिधि विधातर्फ भरतपुर–७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्ले, शिक्षाकर्मी विधातर्फ नारायणी इङ्लिस पब्लिक स्कुलका प्राचार्य बेदराज न्यौपाने, चिकित्सक विधातर्फ भरतपुर क्यान्सर अस्पतालका पूर्व कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यलाई सम्मान गरिएको छ । त्यस्तै नर्सिङ विधातर्फ भरतपुर अस्पतालकी नर्सिङ निरीक्षक मधुरा सापकोटा, व्यवसायी विधातर्फ चितवन साउण्ड सर्भिसका सञ्चालक मानदेव अधिकारी, चलचित्र घरतर्फ चितवन सिनेप्लेक्स, कलाकारिता विधातर्फ अञ्जन गजुरेल, गीतकार विधातर्फ कृष्णदेवी आचार्य र लक्की विशेष सम्मानबाट युवा व्यवसायी रुविन रामुदामु सम्मानित हुनुभएको छ । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले चलचित्र उद्योगको विकासका लागि निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । यस कार्यक्रमलाई नियमित रुपमा बर्सेनि सञ्चालन गर्दै अघि बढ्ने मिडिया हाउसका महाप्रबन्धक एवं कार्यक्रम संयोजक हरि कार्की ‘लक्की’ले जानकारी दिनुभयो । मिडिया हाउसका निर्देशक इन्दिरा कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा मिडिया हाउसका व्यवस्थापक पवित्रा गौतमले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    शनिबार, असोज २७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    • ५.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ६.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.