• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, भदौ ११, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ३. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ४. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ५. कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

  • ६. भदौ १२ देखि ‘पार्वती’ आउँदै

  • ७. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ८. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ९. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

  • १०. चितवन उद्योग संघ राप्ती समितिको आठौँ वार्षिक साधारणसभा सम्पन्न

लक्की फिल्मी अवार्ड २०८०’ मा चलचित्र छक्का पञ्जा-४ को वर्चस्व


  •   शनिबार, असोज २७, २०८० मा प्रकाशित
  • चितवन/ लक्की मिडिया हाउस चितवनले आयोजना गरेको एनप्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड २०८० मा चलचित्र छक्का पञ्जा–४ को वर्चस्व रहेको छ । भरतपुरमा आयोजना गरिएको अवार्ड वितरणमा उत्कृष्ट चलचित्र अवार्ड सहित विभिन्न पाँच वटा विधामा चलचित्र छक्का पञ्जा–४ ले अवार्ड हात परेको छ । चलचित्र छक्का पञ्जा–४ ले उत्कृष्ट चलचित्रको अवार्डसँगै उत्कृष्ट कथा लेखन विधामा दीपकराज गिरी, उत्कृष्ट गायक महिलातर्फ सहिमा श्रेष्ठ (दर्शन सलाम गीत), उत्कृष्ट गायक पुरुषतर्फ डेभिड शङ्कर (दर्शन सलाम गीत), उत्कृष्ट सङ्गीतकार विधामा दीपक शर्माले अवार्ड हात पार्नुभएको छ । त्यसैगरी, चलचित्र प्रेम गीत–३ ले अन्तर्राष्ट्रिय प्रोमोसन अवार्ड तथा यसै चलचित्रबाट उत्कृष्ट सिनेमाटोग्राफरमा पुरुषोत्तम प्रधान र राजेश श्रेष्ठले अवार्ड हात पारेका छन् । लक्की फिल्मी अवार्डमा उत्कृष्ट कलाकार विधातर्फ चलचित्र महापुरुषबाट वरिष्ठ कलाकार हरिवंश आचार्य, उत्कृष्ट कलाकार महिला विधामा चलचित्र झिङ्गे दाउबाट कलाकार केकी अधिकारी, लोकप्रिय कलाकार पुरुषतर्फ आर्यन सिग्देल तथा महिलातर्फ कलाकार वर्षा राउतलाई अवार्ड प्रदान गरिएको छ । उत्कृष्ट सम्पादक विधामा चलचित्र प्रकाशबाट जीवन थापा, उत्कृष्ट निर्देशक विधामा चलचित्र प्रकाशबाट दिनेश रावतलाई अवार्ड प्रदान गरिएको छ । त्यस्तै, उत्कृष्ट कम्पोजर अवार्डबाट सङ्गीतकार अर्जुन पोखरेल, स्पेश मुभी अवार्डबाट चलचित्र नालापानी र गायन विधातर्फ गायक तथा सङ्गीतकार आनन्द कार्कीलाई सम्मान गरिएको आयोजक लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ले जानकारी दिनुभयो । कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नेपाली चलचित्र क्षेत्रमा राज्यको लगानी कम भएको आफू जानकार रहेको भन्दै यस क्षेत्रको प्रोत्साहन र प्रवर्द्धनका लागि आफूले सक्दो कोशिस गर्ने बताउनुभयो ।

    Advertisement

    भरतपुर पर्यटन, चलचित्र नगरी, ठूलो सहरमा तेस्रो रहेको भन्दै महानगरमा विकास र समृद्धिले फड्को मारेको उहाँले बताउनुभयो । भरतपुरमा देशकै ठूलो अन्तर्राष्ट्रिर स्तरको सभागृह निर्माण भइरहेको भन्दै अबको एक वर्षभित्रमा सञ्चालनमा आउने उहाँको भनाइ छ । सो कार्यक्रममा नेपाली रङ्गमञ्चका वरिष्ठ कलाकार निर शाहले सरकारलाई तिर्ने करको हिसाब दार्ग चलचित्र उद्योग ठूलो क्षेत्र भए पनि सरकारले यसको विकासमा खासै काम गर्न नसकेको गुनासो गर्नुभयो । “नेपाली चलचित्र उद्योगको वार्षिक रु सात सय करोडको टर्न ओभर हुन्छ” उहाँले भन्नुभयो, “विभिन्न तरिकाबाट यो रकमको १५ देखि २० प्रतिशतसम्म हामीले कर तिर्ने गरेका छौँ, तर नेपाली चलचित्र क्षेत्रको विकास खासै हुन सकेको छैन ।” विशेष गरी ग्रामीण क्षेत्रका दर्शकको रुचीमा आधारित चलचित्र निर्माण गर्न सकेको खण्डमा नेपाली चलचित्र क्षेत्रका विकास हुने उहाँको भनाइ छ । ग्रामीण दर्शक केन्द्रित चलचित्र निर्माण गर्न चुकेका कारण नेपाली चलचित्र मात्रै हेर्ने दर्शकको सङ्ख्यामा कमी आएको उहाँको भनाइ छ । “नेपाली कलाकारलाई माया गर्ने दर्शकहरु ग्रामीण क्षेत्रमा बढी छन्” उहाँले भन्नुभयो, “तर, उनीहरुको पहुँच चलचित्र घरसम्म छैन । सबैको पहुँच चलचित्र घरसम्म पु¥याउन सरकारको भूमिका महत्वपूर्ण रहन्छ ।” एक लाख बढी व्यक्ति नेपाली चलचित्र क्षेत्रमा विभिन्न माध्यमबाट आश्रित रहेको भन्दै शाहले प्रत्यक्षरुपमा ४० हजार व्यक्ति चलचित्रमा आश्रित रहेको बताउनुभयो । उक्त अवार्ड वितरण कार्यक्रममा चितवनलाई कर्मथलो बनाएर काम गर्दै आएका विभिन्न क्षेत्रका व्यक्तिलाई समेत सम्मान गरिएको थियो । पत्रकारिता विधातर्फ जन आस्था साप्ताहिक पत्रिकाका प्रकाश नवराज ढकाल, मानवीय सेवातर्फ रेडक्रसकर्मी कृष्णप्रसाद ढकाल, जनप्रतिनिधि विधातर्फ भरतपुर–७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्ले, शिक्षाकर्मी विधातर्फ नारायणी इङ्लिस पब्लिक स्कुलका प्राचार्य बेदराज न्यौपाने, चिकित्सक विधातर्फ भरतपुर क्यान्सर अस्पतालका पूर्व कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यलाई सम्मान गरिएको छ । त्यस्तै नर्सिङ विधातर्फ भरतपुर अस्पतालकी नर्सिङ निरीक्षक मधुरा सापकोटा, व्यवसायी विधातर्फ चितवन साउण्ड सर्भिसका सञ्चालक मानदेव अधिकारी, चलचित्र घरतर्फ चितवन सिनेप्लेक्स, कलाकारिता विधातर्फ अञ्जन गजुरेल, गीतकार विधातर्फ कृष्णदेवी आचार्य र लक्की विशेष सम्मानबाट युवा व्यवसायी रुविन रामुदामु सम्मानित हुनुभएको छ । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले चलचित्र उद्योगको विकासका लागि निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । यस कार्यक्रमलाई नियमित रुपमा बर्सेनि सञ्चालन गर्दै अघि बढ्ने मिडिया हाउसका महाप्रबन्धक एवं कार्यक्रम संयोजक हरि कार्की ‘लक्की’ले जानकारी दिनुभयो । मिडिया हाउसका निर्देशक इन्दिरा कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा मिडिया हाउसका व्यवस्थापक पवित्रा गौतमले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    शनिबार, असोज २७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ४.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    • ५.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील

    • ६.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.