२०५९ साल असोज २६ गतेदेखि नियमित प्रशारणमा आएको मध्य नेपालको सर्वोत्कृष्ट रेडियो कालिका एफ।एम ९५।२ आफनो प्रसारणको गौरवमय २१ औं वर्ष पुरा गरि २२ औ वर्षमा प्रवेश गरेको छ । यसैबिच कालिका एफ।एम २२ औ वर्षमा प्रवेश गरेको अवसरमा कालिका मिडियाका अध्यक्ष, पूर्व मन्त्री एवम् चितवन क्षेत्र।नम्वर–३ का प्रतिनिध सभा सदस्य बिक्रम पाण्डेले २१ औ वर्षसम्म आईपुग्दा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रोता विज्ञापनदाता तथा शुभचिन्तकहरुले निरन्तर रुपमा दिनु भएको साथ, सहयोग र मार्ग दर्शनप्रति उच्च सम्मान गर्दै आभार प्रकट गर्नु भएको छ ।
आज शुक्रबार विहानै एक शुभकामना सन्देश जारी गर्दै पूर्वमन्त्री पाण्डेले कालिका मिडियाले स्थापनाकाल देखि नै श्रोतासँग निकट बनेर सत्य तथ्य र निश्पक्ष समाचार प्रसारणगदै, स्थानीय समुदायको हक अधिकारका विषयमा सुसुचित गराउन र धर्म संस्कृति र मौलिक परम्पराको संरक्षणमा निरन्तर लागि रहेको बताउनु भएको छ । शहर देखि गाउँसम्मका समस्या उजागर गर्दै सरोकारवालाको ध्यानाकर्षण गर्न कालिका मिडियाले विगतमा खेलेको भूमिका कायम रहने एवम् रेडीयो थप प्रविधिमैत्री बनाउदै लगिने समेत प्रतिबद्वता व्यक्त गर्नु भएको छ।
विगतमा वार्षिकोत्सव विविध मनोरन्जनात्मक कार्यक्रम सहित मनाउदै आएकोमा कालिका मिडियाले २१ औ वार्षिकोत्सवलाई केही भिन्न तरिकाले मनाउन लागेको समेत सन्देशमा उल्लेख गरिएको छ ।राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमा बढेको आर्थिक संकटलाई मध्यनजर गर्दै यही चुनौतीका बिच सम्भावनाको खोजी गर्दै अधि बढ्नको लागि “ समृद्विको लागि निरन्तर संवाद”भन्ने कार्यक्रमको सुरु गरिएको हो ।जुन कार्यक्रम समग्र उद्योगी व्यवसायी एवम् जनमानसमा सकरात्मक उर्जा प्रवाह गर्नको लागि कोसेढुङ्गा सावित हुने विश्वास लिईएको छ । बरिष्ठ समाजसेवी समेत रहनु भएका कालिका मिडियाका अध्यक्ष पुर्व मन्त्री बिक्रम पाण्डेद्वारा जारी सन्देशको अन्तमा उल्लेख गरिएको छ । यस गौरवमय क्षणमा हामी पुनः एक पटक वाचा गर्न चाहान्छौ कालिका मिडिया जनताको मिडिया हो र यो सधंै जनताको आस्था र आवाजमा प्रतिवद्व रहने छ ।





