• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

राष्ट्रिय व्यवसायिक योग्यता कार्यान्वयन सम्बन्धी छलफल कार्यक्रम सम्पन्न


  •   बुधबार, असोज २४, २०८० मा प्रकाशित
  • भरतपुर/उद्योग वाणिज्य संघ–चितवनको सभाकक्षमा आज नेपाल व्यवसायिक योग्यता प्रणाली परियोजना÷ सामाजिक विकास मन्त्रालय, बागमती प्रदेशको आयोजना एवं उद्योग वाणिज्य संघ–चितवन, रत्ननगर उद्योग वाणिज्य संघ र उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको सहकार्यमा राष्ट्रिय व्यवसायिक योग्यता प्रणाली कार्यान्वयनमा निजी क्षेत्रसँगको सहकार्य सम्बन्धी छलफल भएको थियो । छलफल कार्यक्रममा सामाजिक विकास मन्त्रालय, बागमती प्रदेशका प्रदेश सचिव डा. भिष्म कुमार भुषालले हामिले सोच्ने विकास भनेको पुल बाटो पुर्वधार मात्रै नभई पहिला मानव विकास हुन जरुरी रहेको बताउनु भयो । उहाँले व्यवसायिक लक्षित कार्यक्रमको कुनै प्रस्ताव भए मन्त्रालयमा ल्याउन पनि अनुरोध गर्नुभएको थियो । उहाँले सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले गृहिणी महिला सशक्तीकरण कार्यक्रमको नीति निर्माण गर्न लागिरहेकोले निजी क्षेत्रको सुझाव भए पठाउन पनि अनुरोध गर्नुभएको थियो । कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले विदेशवाट सिप सिकेर आएका नेपाली दाजुभाईहरुलाई नेपालमानै व्यवस्थापन गर्न प्रदेश सरकाले कुनै नीति निर्माण गरी बाहिर बाट सिकेको सिपलाई प्रयोगमा ल्याउनका लागि चिनवका निजी क्षेत्र सधै सहकार्य गर्न तयार रहेको बताउनु भयो ।

    Advertisement

    कार्यक्रममा उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका उपाध्यक्ष गुणराज श्रेष्ठले बागमती प्रदेश भित्रका सवै उद्योग वाणिज्य संघहरुमा यस्ता कार्यक्रमहरु सञ्चालन गरिदिन सामाजिक विकास मन्त्रालय बागमती प्रदेशलाई अनुरोध गर्नुभयो । छलफल कार्यक्रममा सामाजिक विकास मन्त्रालय, बागमती प्रदेश महाशाखा प्रमुख खुबिराम अधिकारीले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम सम्बन्धी तिनै तहका संबैधानिक जिम्मेवारी र प्राविधिक तथा व्यवसायी शिक्षा र तालिम कार्यान्वयनमा सामाजिक विकास मन्त्रालयले गरेका पहलहरुका बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो । कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका कार्यकारी निर्देशक निलबहादुर के.सीले उद्योग वाणिज्य संघ–चितवनले गरेका कार्यक्रम र भावि योजनाहरुको बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो । कार्यक्रममा नेपाल व्यवसायिक योग्यता प्रणाली परियोजना बागमती प्रदेशका प्राविधिक संयोजक सुक बहादुर चौधरीले सिटिइभिटि÷एनएसटिभि तथा सिप परीक्षण सम्बन्धी जानकारी, राष्ट्रिय व्यवसायिक योग्यता प्रणालीको संक्षिप्त जानकारी तथा सान्दर्भिकता, आरपिएल विधीबाट सिप परिक्षण तथा प्रदेशमा एन.भि.क्यू.एस को कार्यान्वयनमा निजी क्षेत्रको भुमिका र रोजगारीको लागि अनलाईन डाटावेस सिस्टमका साथै सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले आव २०८०/०८१ मा बागमती प्रदेशका ३०० जना सिपयुक्त जनशक्तीहरुको पूर्व सिकाई मान्यता विधिबाट सिप परिक्षण प्रमाणीकरण गर्ने योजना रहेको  प्रस्तुतिकरण उल्लेख गर्नुभएको थियो  ।

    कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, उपाध्यक्षत्रय चिरञ्जीवी सुवेदी,  राजेन्द्र ओली, सिरिष पन्त, उद्योग वाणिरज्य संघ–चितवनका कार्यसमिति सदस्यहरु, कार्यकारी निर्देशक निलबहादुर के.सी, नेउवामहासंघ बागमती प्रदेशका कार्यकारी निर्देशक विवेक मानन्धर, रत्ननगर उद्योग वाणिज्य संघका पदाधिकारी कार्यसमिति सदस्य, वस्तुगत संघका अध्यक्ष एवं प्रतिनिधिज्यूहरु, उद्योगी व्यवसायी गरी  ५० जना भन्दा बढिको  सहभागिता उद्योग वाणिज्य संघ–चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी गराउनु भयो । कार्यक्रम सामाजिक विकास मन्त्रालय, बागमती प्रदेशका प्रदेश सचिव डा. भिष्म कुमार भुषालको अध्यक्षतामा भएको थियो ।

    बुधबार, असोज २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.