काठमाडौं /सोलुखुम्बु स्थित दुधकुण्ड नगरपालिका वडा नम्बर ११ तिङला मुडे जन्मघरभई काठमाडौं पैयाटारमा बसोबास गर्दै आएका आङदामी शेर्पाको निधन शंकास्पद रहेको औंल्याउदै नेपाली कांग्रेस सोलु तिङला काठमाडौं संपर्क समितिले गम्भिर ध्यानकर्षण गम्भिर ध्यानकर्षण भएको जनाएको छ । शनिवार प्रेस विज्ञप्ती जारी गर्दै समितिले समितिका सहसचिव शेर्पाको असमायिक निधनले मर्माहत भएको उल्लेख गर्दै मृत्यु शंकास्पद रहेको व्यहोरासहित छानबिनको लागि माग अघि सारेको छ । ‘मृतकको मृत्युको घटना शंकास्पद रहेको हुँदा हाम्रो यस समिति परिवार घोर आपत्ति जनाउदै सम्बन्धित निकायलाई उचित तथा निष्पक्ष छानबिन गरि सत्यतथ्य पत्ता लगाउनको लागि गम्भिर ध्यानकर्षण गर्दछौं’ समितिले जारी गरेको विज्ञप्तीमा भनिएको छ । समितिले मृतकको आत्माको चिर शान्तीको कामना गर्दै श्रद्धान्जली अर्पणसहित शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना समेत व्यक्त गर्दै गरेको छ । आङदामी शेर्पाको निधनको विषयलाई लिएर विभिन्न सरोकारवालाहरुले आवश्यक कार्वाहीका लागि अनुरोध समेत गरेका छन् । त्यसो त असोज १२ गते तिङला शेर्पा केतुकले पनि घटना शंकास्पद रहेको जनाउदै सकारात्मक छानबिनका लागि प्रहरी प्रशासनमा निवेदन दिएको थियो ।
आङदामीको निधन शंकास्पद रहेको भन्दै संपर्क समितिले जनायो गम्भिर ध्यानकर्षण
आङदामीको निधन शंकास्पद रहेको भन्दै संपर्क समितिले जनायो गम्भिर ध्यानकर्षण
तपाईको प्रतिक्रिया




