• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

अदक्षलाई दक्ष बनाउने मेरो तयारी :गणेश केसी (एनआरएनए उपाध्यक्ष उम्मेदवार)


  •   सोमबार, असोज २२, २०८० मा प्रकाशित
  • नेपालबाट हरेक दिनजसो रोजगारीको नाममा विदेशिने हजारौं नेपाली युवाहरु छन्। ती युवाहरु देशमा उचित वातावरण तथा रोजगारी नपाएको कारण विदेशिन बाध्य छन्। त्यसरी रोजगारीको लागि विदेशिने युवाहरु काममा धेरैजसो अदक्ष हुने गरेका छन्। जसको कारण विदेशको रोजगारीमा नेपाली युवाहरुले राम्रो काम पाउन सकेका छैनन्। अदक्षताको कारण विदेशमा धेरै कठिनाइ भोग्नुपर्ने बाध्यता रहेको छ। यो बाध्यताबाट मुक्त गर्ने र गराउने कार्यमा गैरआवासिय नेपाली संघमा लामो समयदेखि नेपाल र नेपालीको हक, हित र अधिकारको लडाई लड्दैआएका गणेश केसीले विदेशमा अदक्ष नेपाली होइन, दक्ष नेपाली भन्ने नारा नै वोकेर आसन्न गैरआवासिय नेपाली संघको निर्वाचनमा होम्मिएका छन्। एनआरएनको आगामी कार्यकाल २०२३–२५ का लागि उपाध्यक्षमा अष्ट्रेलियाबाट गणेश केसीले उम्मेदवारी घोषणा गरेका छन्। उनै गणेश केसीसंगको आसन्न गैरआवासीय नेपाली संघ को चुनावी एजेन्डाको विषयमा भएको संक्षिप्त कुराकानी–

    Advertisement

    तपाईको चुनावी एजेन्डा के छ ?

    मेरो मुख्य चुनावी एजेन्डा नै अदक्ष नेपालीलाई दक्ष नेपाली बनाएर विदेशमा नेपालको शान र गौरव बढाउने हो । त्यसका लागि नेपालका सातै प्रदेशमा नेपालीहरुलाई दक्ष बनाउने गरि व्यवसायिक सीप तालिम केन्द्र स्थापना गर्नेछु। त्यसको अलावा रोजगारीको सिलसिलामा विदेश जाँदा अपनाउनुपर्ने सबै कार्य तथा प्रकृयाको निःशुल्क परामर्श दिने देखि देश विकासमा विदेशमा सिकेका र जानेका सिपलाई नेपालको विकासमा लगाउने मेरो प्रमुख योजना छ । विदेशमा रहेका नेपालीहरुको लागि के कस्तो योजना छ ? विश्वभर छरिएर रहेका नेपालीहरुको दुःखसुखमा साथ दिने कार्य हिजोका दिनमा पनि गरेको थिए र आजको दिनमा पनि गर्दैछु, भोलिका दिनमा पनि गर्नेछु। विश्वभर छरिएर रहेका नेपालीहरुलाई कुनै कारणवाट कहीँकतै समस्या परेमा त्यसको समाधान गर्ने र गराउने मेरो अर्को प्रमुख प्रतिबद्धता पनि रहेको छ। विदेशमा कुनैपनि नेपालीलाई कुनैपनि प्रकारको समस्या नहोस् भनेर निरन्तर कार्यगर्दै जानेछु ।

    तपाईलाई सटकटमा चिनाउनु पर्दा कसरी चिनाउनु हुन्छ ?

    मैलै सन् १९९५ देखि अस्ट्रेलियालाई कर्मभूमि बनाउदै आएको छु । सन् २००१ मा एनएडिएफको नेतृत्व गर्दै सामाजिक सेवामा लाग्दैआएको पनि छु। त्यसपछि, सन् २००५ मा एनआरएनए संस्थापक साधारण सदस्य हुँदै सन् २००७ –२००९ को कार्यकालमा एनआरएनए अष्ट्रेलियाको कार्यकारी सदस्य, सन् २००९–२०११ मा उपाध्यक्ष र सन् २०११–२०१३ मा एनआरएनए अस्ट्रेलियाको अध्यक्ष २०१३–२०१५ मा अन्तराष्ट्रिय समन्वय परिषद् ९आइसिसी सदस्य९ २०२१–२०२३एनआरएनए आईसीसीका उपमहासचिव हुदै हाल एनआरएनए व्यावसायिक शिक्षा ग्लोबल कमिटीका प्रमुखमा छु।

    तपाईको थप परिचय ?

    अस्ट्रेलियाबासी नेपालीहरुको विश्वास जित्दै मत परिक्षणबाट आफूलाई एनआरएनए भित्र स्थापित गर्न सफल भएको छु। मेरो कार्यकालमा महापुराणबाट संकलित एक करोड पचास लाख बराबरको सामाजिक कल्याणकारी कोषको स्थापना गर्दै नेपाली समुदायको लागि ठूलो योगदान दिएको कुरा कसैबाट पनि छिपेको छैन् । त्यस्तै, सातौ ओशिनिया क्षेत्रीय सम्मेलन भब्य र सभ्य रुपमा सिड्नीमा सम्पन्न गराउँदै एनआरएनएले अगाडि बढाएको हाईड्रो कलेक्टिभ इनभेष्टमेन्ट अन्तर्गत २७ करोड रुपैयाँ अस्ट्रेलियाबाट संकलन गर्न पनि सफलता प्राप्त गरेको छु। यसमा मलाई गौरव छ। सो क्रममा एनआरएनएको भवन निर्माणको लागि आर्थिक संकलन अभियान अगाडि बढाउन मलाई आसिनिया क्षेत्रको संयोजकको जिम्मेवारी दिईएको थियो । एनआरएनएको केन्द्रीय भवन निर्माणको लागि ओसेनिया क्षेत्रको जिम्मेवारी आएसँगै मैले अह्रोरात्र खटिदै भवन निर्माणमा २ करोड रुपैयाँ संकलन गर्न सफल भए । त्यसैगरी मलेसियामा सामाजिक कल्याणकारी कोष स्थापनाको लागि भएको आर्थिक सहयोग संकलन अभियानमा करिव १ करोड रुपैयाँ जम्मा गर्न पनि सफल भए । एनआरएनएको भवन निर्माण, नेपालमा भूकम्प, नाकाबन्दी र कोरोना महामारीमा मैले मातृभूमिमा सेवा गर्ने कार्य गरेको पनि कसैबाट छिपेको छैन्। कोरोना महामारीमा विभिन्न स्वास्थ्य सामाग्री सहयोग र कोभिड कोषमा रकम जम्मा गर्ने जस्ता मानवीय कार्यमा म कहिले पनि पछि हटिन।

    विदेशमा विपतमा परेका नेपालीका लागि तपाईको कार्य योजना के कस्तो छ ?

    विदेशमा विभिन्न कारणले विपतमा परेका नेपालीहरुलाई सक्दो सहयोग गर्ने र गराउने तथा उनीहरुको लागि उचित व्यवस्था गर्न र गराउने महत्वपूर्ण भूमिका निर्वाह गर्दैआएको छु। रोजगारीको सिलसिलामा कहीँकतै कुनै मुलुकमा समस्यामा परेका नेपालीहरुलाई सहयोग गरेर नेपालसम्म लाने व्यवस्था गर्ने कार्य गर्दैआएको छु। त्यस्तै, विदेशमा बेपत्ता भएका नेपालीहरुको खोजी गरेर उनीहरुको उद्धार गर्ने कार्यलाई पनि निरन्तरता दिने कार्य गर्नेछु। देशको इज्जत एबं गौरव बढाउने र कीर्तिमान कायम गर्ने, नेपालको पर्यटन प्रबद्र्धनमा सक्रियताका साथ अगुवाई र नेतृत्व गर्ने, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रबद्र्धन गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने, नेपालको सामाजिक,आर्थिक,रूपान्तरणका लागि आर्थिक, बौद्धिक र प्राविधिक लगानी जुटाउने लगायतका धेरै कार्य योजनाहरु मेरो छ।

    अन्त्यमा के भन्नुहुन्छ ?

    लामो समयदेखि गैर आवासीय नेपालीका हक अधिकारकालागि विभिन्न संगठन तथा मञ्चमार्फत सक्रिय संघको वर्तमान उप महासचिवको हैसियतले अष्ट्रेलियामा रहेर आफूले सिकेको ज्ञान, शिप र अनुभवलाई नेपाल र गैरआवासीय नेपालीको हक अधिकार तथा आर्थिक समृद्धि लागि प्रयोग गर्दैआएको छु। मैले बटुलेको अनुभव र अग्रजको संयोजनका आधारमा केन्द्रीय उपाध्यक्षमा उम्मेदवारी दिएर संघलाई अर्को उचाइमा पुर्‍याउने मेरो प्रमुख उद्देश्य हो ।

    सोमबार, असोज २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • २.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ३.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ४.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ६.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ७.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ८.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.