• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

अर्थतन्त्रको मेरुदण्ड पर्यटन व्यवसायलाई बचाउन सहुलियत प्याकेज ल्याउन आवश्यक छ : प्रबन्धक आचार्य


  •   शुक्रबार, जेठ ३०, २०७७ मा प्रकाशित
  • कोराना भाईरसका कारण विगत साढे २ महिना देखि देशभर लकडाउनमा छ । लकडाउनका कारण सारा आर्थिक क्षेत्र ठप्प छन । मानिसहरु बन्दा बन्दीमा छन । एयरलाइन्स बन्द छन । अन्य सार्वजनिक यातायात बन्द छन । राष्ट्रिय अन्तराष्ट्रिय व्यापार र उडान समेत रोकिएका छन । आर्थिक क्षेत्र ध्वस्त भईरहेका बेला पर्यटन व्यवसाय अन्तर्गत होटल व्यवसाय पनि सुनसान छन । खण्डहर झै बनेका छन । यतिबेला पर्यटकले देशभरीका पर्यटन क्षेत्र खचाखच हुने बेला लकडाउनका कारण होटल व्यवसायमा ठूलो पहिरो गएको छ । व्यवसायीहरुमा निराशापन छाएको छ । एकातिर होटल सञ्चालकहरु बैंकको ऋण तिर्न नसक्ने अवस्थामा छन तर यो व्यवसायमा आश्रित लाखौं कर्मचारीको रोजीरोटी गुमेको छ । यो कोरोनाको कहरले कहिले बिश्राम पाउलान र पर्यटन क्षेत्र कहिले तंग्रिएला यसै भन्न सक्ने अवस्था छैन । चितवनलाई चिनाउने तेस्रो पर्यटन क्षेत्र सौराहा क्षेत्रपनि अहिले सुनसान छ । साथै चितवनको अन्य पर्यटन क्षेत्र पनि यसबाट अछुतो छैन । यसै सन्दर्भमा रहेर चितवनको पर्यटन व्यवसायमा छुट्टै पहिचान बनाउन सफल लेक ट्वान्टी थाउजेण्ड फार्म एण्ड रिट्रिटका प्रबन्धक राजेश शर्मा आचार्य संँग उज्यालोकर्मीले गरेको कुराकानीको संपादित अंश ।

    • लकडाउनका कारण अहिले तपाईको व्यवसायलाई कस्तो असर परेको छ ?

    कोरोना भाइरसका कारण विश्वनै आक्रान्त भएको बेला यसको प्रत्यक्ष असर होटललाई अवश्यनै परेको छ । लकडाउनका कारण देश विदेशबाट गरिएका बुकिङ्ग रद्ध गर्नुपरेको छ । होटलमा अहिले ताला लागेको अवस्था छ । कर्मचारीहरु बिदामा छन । भने अर्कोतिर हामीले बैंकबाट लिएका ऋणहरुको व्याज बुझाउन समेत नसक्ने अवस्था छौं ।

    Advertisement
    • तपाईको विचारमा यो अबस्था कहिले सम्म रहला र तपाईहरुको आगामी योजना के छ ?

    हामी अहिले पर्ख र हेरको अवस्थामा छौं । जसरी अन्र्तराष्ट्रिय स्तरमा व्यवसायलाई चलायमान बनाउन जे जति अभ्यासहरु भएका छन । त्यही अभ्यासलाई हामीले पछ्याउनु पर्छ । व्यवसाय चल्नु चलाउनु व्यवसायीको हातमा मात्रै हुदैन । यससंँग सम्बन्धित सरोकारवाला , सरकारी निकायहरुले समाधान खोज्नुपर्छ । खासगरी यो क्षेत्र अलि बृहत छ । यसक्षेत्रसंँग जोडिएका अन्य थुप्रै व्यवसायहरु छन । यो व्यवसाय विशुद्ध देश तथा विदेशबाट आउने पर्यटकमा निर्भर रहन्छ । कोरोनाको कहर सकिएपनि यो क्षेत्र उकासिन अझै केही समय लाग्छ । यो समयसम्म हामीले पर्यटन व्यवसायलाई बचाउन आफ्नो तबरबाट पूर्वाधार, पर्यटनमा विविधिकरण , स्वास्थ्य सुरक्षा मापदण्डलाई अपनाएर अघि बढाउनु पर्ने आबश्यक देखिन्छ । हाम्रो रिट्रिटको बारेमा भन्नुपर्दा हामीले पर्यटकलाई बढी भन्दा बढी सेवा दिन थुप्रै योजना बनाएका छौं । कति पुरा भएका छन भने कति पुरा हुन बांँकी छ । हाम्रो रिट्रिट २५ विघा क्षेत्रफलमा रहेकोले पनि हामीले पर्यटकलाई स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर चलाउन सक्छौं यद्यपि सरकारको साथ अपरिहार्य छ ।

    • पर्यटन क्षेत्रलाई पहिलेकै अवस्थामा ल्याउन र लाखौं रोजगारी गुम्न नदिन के गर्नुपर्ला ?

    पहिला कुरा त स्वास्थ्य भन्दा ठूलो अरु केही हुदैन । स्वास्थ्य सुरक्षा भए सबै किसिमका पेशा व्यवसायलाई निरन्तरता दिन सकिन्छ । पर्यटन व्यवसायको हकमा यसलाई पहिलेकै अवस्थामा ल्याउन केही समय कुर्नै पर्छ । पहिलो कुरा त कोरोना भाइरस नियन्त्रण हुनु पर्यो अर्को कुरा यसको भ्याक्सिन समेत निस्कनु पर्छ । जबसम्म मानिसमा यो रोगको त्रास रहिरहन्छ । र नियन्त्रणमा आउंँदैन त्यतिबेलामा सम्म यो व्यवसाय ठप्पनै नै हुन्छ । यो अवस्था भनेको संक्रमणकालिन अवस्था हो । त्यसैले यस्तो बेलामा सरकारले विभिन्न प्याकेज योजना ल्याएर व्यवसायीलाई सहुलियत दिनुपर्छ । जस्तो बैंकको व्याजमा छुट, करमा छुट र यसलाई चाहिने अन्य वस्तुहरुमा कर छुट दिनसक्नुपर्छ । यसबाट लाखौको रोजगारी गुम्न नदिन र दक्ष जनशक्तिलाई पलायन हुनबाट रोक्न व्यवसायीलाई प्रोत्साहन दिने खालका कार्यक्रम ल्याउनु पर्दछ ।

    शुक्रबार, जेठ ३०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.