चितवन/बिरेन्द्र बहुमुखी क्याम्पस शिक्षा शास्त्र संकायको आयोजनामा २ दिने प्राध्यापकहरुका लागि डिजिटल पेडागोजी सम्बन्धि कार्यशाला गोष्ठी बिहीबार भरतपुर १० स्थित होटल शुभममा सुरु भएको छ । बिरेन्द्र बहुमुखी क्याम्पसका शिक्षा शास्त्र संकायका प्रमुख पदम प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बिरेन्द्र बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्राध्यापक दयाराम पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा चितवन जिल्ला भरका क्याम्पसहरुबाट छानिएका शिक्षकहरुलाई बिद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधारको लागि नयाँ टेक्नोलोजीसंग सम्बन्धित विषयमा गोष्ठी गरिएको हो ।
सो कार्यक्रममा प्रबिधिमैत्री पठन पाठन हुनुपर्ने, बिद्यालयका लागि शैक्षिक तालिम र प्रबिधि सम्बन्धि कार्यक्रम ल्याउनुपर्ने, र आङ्गिक क्याम्पस भएका कारणले पनि हातेमालो गर्दै प्रबिधियुक्त प्रबिधि सहितको शिक्षण सिकाई हुनुपर्ने जस्ता विषयहरु उठेका थिए । उक्त गोष्ठी कार्यक्रममा त्रिभुवन बिश्वबिद्यालय किर्तिपुरका शिक्षा शास्त्र संकायका आइसीटी प्रमुख रोमकान्त पाण्डे त्रिभुवन बिश्वबिद्यालयका खुल्ला तथा दुर शिक्षा केन्द्र उपनिर्देशक बेद प्रसाद ढकाल लगायतको बिज्ञ टोलीले कार्यक्रममा सहभागी शिक्षकहरुलाई प्रशिक्षण दिनुभएको थियो । प्राध्यापकहरुलाई दिइएको २ दिने डिजिटल पेडागोजी सम्बन्धि कार्यशाला गोष्ठी आज शुक्रबार समापन हुनेछ ।
यसैगरी बिरेन्द्र बहुमुखी क्याम्पस शिक्षा शास्त्र संकायको आयोजनामा १ दिने युज अफ आइसिटी टुल्स सम्बन्धि विषयमा स्नातक तहमा अध्ययनरत करिब २०० जना विद्यार्थीहरुलाई स्मार्ट फोन, ल्यापटप, लगायतका साधनहरुलाई कसरी अधिकतम शिक्षण सिकाईमा प्रयोग गर्न सकिन्छ, भन्ने विषयमा समेत छलफल भएको बिरेन्द्र बहुमुखी क्याम्पसका शिक्षा शास्त्र संकायका प्रमुख पदम प्रसाद न्यौपानेले जानकारी दिनु भयो ।




