लेडुवा कर्बला टोलबिकास संस्थाको पाचौं साधारण सभा सैनामैना-४ को कर्बला गाउँको शिबमन्दिर चोक मा सम्पन्न भएको छ। टोलबिकास संस्थामा रहनुभएका ७५ बर्ष माथिका १८ जना बुवा आमालाई उक्त कार्यक्रममा दोसल्ला सहित सम्मान गरिएको थियो। टोलबिकास संस्थाले ०७९/०८० मा गरेका कार्यहरुको प्रतिबेदन सहित आय ब्यय प्रस्तुत गरिएको थियो। टोलबिकास संस्थाका अध्यक्ष गोपाल वाग्लेको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधि स्थानिय टोलबासी बुवा आमा युवायुवति लगायतको उपस्थिति रहेको थियो।

Advertisement




