भरतपुर/“हामी सबैको चाहना, आपसी सहयोग र सद्भावना” भन्ने मूल उद्देश्यका साथ स्थापना भएको टोल सुधार समिति स्याउलीबजारको रजत जयन्ती समारोहको अवसरमा बालबालिका स्वास्थ्य परीक्षण तथा मधुमेह सम्बन्धि जनचेतना साथै निःशुल्क मधुमेह परीक्षण कार्यक्रम सम्पन्न गरियो ।
टोल सुधार समिति स्याउलीबजारका अध्यक्ष मधुसुदन दवाडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. १० का वडाअध्यक्ष परमेश्वर खनाल प्रमुख अतिथि रहुनभएको थियो । कार्यक्रममा टोल सुधार समिति स्याउली बजारका सल्लाहकारहरु, पूर्व अध्यक्ष, पदाधिकारी एवम् सदस्यहरु, आमा समूह स्याउलीबजारका पदाधिकारी एवम् सदस्यहरु लगायत टोलवासीहरुको सहभागिता रहेको थियो । प्रभातफेरी कार्यक्रममा आमा समूहहरु, भरतपुर माध्यमिक विद्यालय, अम्बर एभरेष्ट इग्लिस बोर्डिङ स्कूल लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रम अन्तर्गत टोलवासीहरुले टोलको परिक्रममा गरेका थिए । स्वास्थ्य परीक्षण कार्यक्रमलाई पुष्पाञ्जली हस्पिटल, मेडिसिटी हेल्थ क्लिनिक, अभय उपचार केन्द्रले प्राधिकरण सहयोग गरेका थिए । कार्यक्रमलाई समितिका सचिव रामबाबु श्रेष्ठले सञ्चालन गर्नुभएको थियो ।

https://www.youtube.com/watch?v=3wPKBZmY0WE&t=329s




