चितवन. २९ जेठ
चितवन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेलले आफु बिरुद्ध केही अनलाइनमा तथ्यहिन प्रचार गरिएको भन्दै ध्यानाकर्षण जनाउनुभएको छ । जनताको सेवा, बिकास निर्माण र प्रतिवद्धताहरु कार्यान्वयन तर्फ आफु लागिपरेका बेला तथ्यभन्दा बाहिर रहि प्रचार गरेको उहाँले एक बक्तव्य मार्फत स्पष्ट पार्नुभएको छ । पत्रकार आचार संहिता समेतलाई ख्याल नगरी समाचार बनाएर आफु बिरुद्ध प्रचार गरेको उहाँको भनाइ छ ।
सांसद पोखरेलले सार्वजनिक गर्नुभएको धारणा जस्ताको तस्तै : केही अनलाइनहरूमा नवराज ढकालको नामवाट लेखिएको समचार प्रति मेरो गंभिर ध्यान आकर्षण भएको छ। तत् सम्वन्धमा केही सत्य तथ्य व्यहोरा जनता समक्ष प्रेषित गर्न उचित ठानी सम्प्रेषण गरेको छु ।
संविधान सभाको निर्वाचन २०७० मा चितवन ३ वाट जनताको न्यानो मतवाट विजय भए पश्चात संविधान मस्यौदा समितिको सदस्यको रूपमा रहि न्यायपुर्ण संविधान लेख्ने काम गरियो भने मेरै संयोजकत्वमा अपराध संहिता जस्तो नयाँ कानुन निर्माण गरियो । उक्त संविधान सभाको निर्वाचनमा अमुक कुनै पत्रिकाले अमुक कुनै समाचार सम्प्रेषण गरेको आधारमा चुनाव जितेको भन्ने जस्तो भ्रामक तथ्य राखी जनताको अभिमतलाई अपमान गर्ने विचारलाई पनि मिडियाका साथीहरूले प्राथमिकता दिई प्रकाशित गर्ने कुराले हाम्रा लेख रचनाहरू प्रतिको जन विश्वास दिन प्रति दिन कमजोर हुन्छ भन्ने ठान्दछु र त्यस तर्फ गंभिर हुन अनुरोध गर्दछु।
जनतासँग गरेका कवुलहरू पुरा नगरेको जस्ता लान्छाना पनि लेखक नवराजजीले लगाउनु भएको रहेछ । म चुनाव लडिरहदा तत्कालिन दाहाखानी गाविस कार्यलयमा विजुली पुगेको थिएन , काउले को हातिवांगमा विजुली थिएन,चण्डीभन्ज्यांगमा ३० घरमा पनि विजुली थिएन, आज ती क्षेत्रहरूमा विजुली पुर्याईएको छ, साविक चण्डीभन्ज्यांग गाविसमा ५०० मिटर मोटर वाटो थिएन । आज २० किलोमीटर जति मोटरबाटो पुगेको छ, भोर्ले दाहाखानी वाटोमा वर्षेनी रक़म विनियोजन भई युद्ध स्तरम् काम भइरहेको छ, यो वर्ष ३ करोड़ वजेट विनियोजन भएको थियो, ७८ करोडमा शक्तीखोर फिस्लीग वाटोको काम भइरहेको छ, जलविरे ढुग्रे वाटोमा यो वर्ष ३ करोड़ वजेट विनियोजन भएको थियो, वसेनी लामा टोल वाटोमा ३ करोड़ वजेट विनियोजन भई काम भइरहेको छ । गैरावारी उप्रानगढी वाटो वनि रहेको छ, चेरेस लामीडाडा वाटो वनेको छ, विशाल चोक गाईखर्क वाटो करिव पँच करोडको लागतमा वनेको छ, इच्छाकामना २ मैतेस थापाथली जोड्ने वाटोको काम भइरहेको छ, हातिवागमा स्वास्थ केन्द्र भवन वनिरहेको छ, महानगरका सवै वाडहरूमा केही न केही वजेट विनियोजन गरी कामहरू भईरहेको छन् ।जनताहरूसँग गरेका कवुलहरू पुरा गर्ने दिशामा काम गरिरहिएको छ ।
काठमांडूमा घर भएर पनि घर वहाल वुझेको भन्ने गंभीर आरोप लगाइएको छ, यो पुष्टी गर्न चुनौती दिन चाहान्छु । हाम्रो परिवारले टोखा नपामा घर किन्ने वित्तिक्कै २०७५ आश्विन महिनादेखी नै आवास भत्ता वापतको रक़म लिएको छैन । संघिय संसदको पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधा सुविधा सम्वन्धी ऐनकों दफ़ा ६ (१) मा काठमाण्डुमा घर नहुने पदाधिकारी र सदस्यलाई आवास भत्ताको प्रवन्ध गरेको छ भने ६(२)ले काठमांडू मा घर हुनेलाई आवास भत्ताको आधा आवास मरम्मत संहार भनि दिने प्रवन्ध गरेकोछ । अहिले पदाधिकारी अर्थात् सभापतिहरूको आवास भत्ता २५६०८ रुपैया छ, मैले २०७५ साल असोजदेखी नै आधा मात्र लिदै आएको छु, जसको प्रमाण यसै साथ छ ।यस्तो तथ्य म सँग सोधनी नै नगरी प्रकाशन गर्नु पत्रकार आचार संहिता भित्र पर्दछ र रुम गंभिर भएर सोच्न अनुरोध गर्दछु ।
वच्चाहरू डाक्टर पढ्नका लागी चाहेर मात्र हुने होइन, उनिहरूको योग्यता क्षमतावाट विभिन्न जाँचहरू पास गरेर विश्वविद्यालय को नियम अनुसार तिर्नु पर्ने शुल्क तिरेर हुने हो, यस्तो मानवीय संवेदनशील विषय पनि कोट्याउनु आफैमा राम्रो कुरा होइन, को कसको को सँग सम्पर्क थियो आर्थीक लाभ भयो होला भनि तथ्य प्रमाण विना वोल्नु लेख्नु शोभनिय कार्य होइन , यस तर्फ लेखक र मिडीयाका मित्रहरूलाई गंभिर हुन विनम्र अनुरोध गर्दछु । यसैबिच संसद सचिवालयले उहाँले घर भाडा रकम लिने नगरेको स्पष्ट पारेको छ ।
हेरौ संघीय संसदको सचिवालयको पत्र





