• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

चितवन उद्योग संघ महिला उद्यमी मञ्चमा सृजना सोती र युवा उद्यमी मञ्चमा अश्विन गोलेको नेतृत्व


  •   शनिबार, असोज ०६, २०८० मा प्रकाशित
  • भरतपुर/चितवन उद्योग संघ महिला उद्यमी मञ्चको ३२ औं बार्षिक साधारण–सभा एवम् ११ औं अधिवेशन र युवा उद्यमी मञ्चको चौथो साधारण–सभा एवम् दोश्रो अधिवेशन एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।
    चितवन उद्योग संघ, महिला उद्यमी मञ्चकी अध्यक्ष पार्वती सुवेदी कुँबरको अध्यक्षतामा सम्पन्न साधारणसभा तथा अधिवेशनमा चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेल प्रमुख अतिथि रहनुभएको थियो ।
    कार्यक्रमम चितवन उद्योग संघ गभर्निङ काउन्सिलका अध्यक्ष गुणाकर खरेल, चितवन उद्योग संघका निवर्तमान अध्यक्ष राजु पौडेल, महिला उद्यमी मञ्चकी पूर्व अध्यक्ष पवित्रा जोशीले नवनिर्वाचित समितिका सदस्यहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।
    चितवन उद्योग संघ, युवा उद्यमी मञ्चका अध्यक्ष सुरेन्द्र कार्कीले स्वागत मन्तव्य सहित वार्षिक कार्यप्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तै चितवन उद्योग संघ, महिला उद्यमी मञ्चकी अध्यक्ष पार्वती सुवेदी कुँबर वार्षिक कार्यप्रगति प्रतिवेदन, चितवन उद्योग संघ, महिला उद्यमी मञ्चकी कोषाध्यक्ष सरिता खनाल पौडेल र चितवन उद्योग संघ, युवा उद्यमी मञ्चका निर्देशक सरोज बाबु घिमिरेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
    कार्यक्रममा युवा उद्यमी मञ्चका सदस्य एवम् सदस्यता बिस्तार संयोजक मुक्तिनाथ पोखरेलले मञ्चको सदस्यता बिस्तार योजनामा सहयोग पु¥याउनु भएकोमा सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै नयाँ बन्ने समितिलाई सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
    कार्यक्रममा महिला उद्यमी मञ्चतर्फ महिला उद्यमी मञ्चको दुईवर्षे कार्यकाल (०७८–०८०) मा सदस्य पदमा रही समितिको हरेक क्रियाकलापहरुलाई सफल बनाउन सबैभन्दा महत्वपूर्ण योगदान पु¥याउनु भएकोमा गीता ढकाललाई अध्यक्ष अवार्ड, मञ्चका कार्यक्रमहरुमा कार्यक्रम संयोजकको महत्वपूर्ण भूमिका निर्वाह गर्दै कार्यकाललाई सफल योगदान पु¥याएकोमा सृजना सोती र बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयबाट राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत महिला उद्यमशिलता विकास, बित्तिय पहु“च, टेवा पुँजी र प्रविधि हस्तान्तरण कार्यक्रम आ.व.०७९÷०८० मा बागमती प्रदेशको महिला उद्यमीहरु मध्ये उत्कृष्ट महिला उद्यमी मा छनौट हुन सफल हुनुभएकोमा राप्ती नगरपालिका वडा नं.८ स्थित कृष्ण लेडिज टेलर्सका सञ्चालक दिपिका थापालाई सम्मान गरिएको थियो ।
    त्यस्तै युवा उद्यमी मञ्चतर्फ युवा उद्यमी मञ्चको दुईवर्षे कार्यकाल (०७८–०८०) मा निर्देशक पदमा रही समितिको हरेक क्रियाकलापहरुलाई सफल बनाउन सबैभन्दा महत्वपूर्ण योगदान पु¥याउनु भएकोले सरोज बाबु घिमिरेलाई अध्यक्ष अवार्ड, पालिका समितिहरु मध्ये सबैभन्दा बढी योगदान पु¥याउनु भएकोमा युवा उद्यमी मञ्च, माडी समितिका अध्यक्ष खिमानन्द न्यौपाने र मञ्चका हरेक क्रियाकलापहरुलाई सफल बनाउन महत्वपूर्ण योगदान पु¥याउनु भएकोले अनिष काफ्लेलाई सम्मान गरिएको थियो ।
    चितवन उद्योग संघ, युवा उद्यमी मञ्चका अध्यक्ष सुरेन्द्र कार्कीले धन्यवाद मन्तव्य सहित युवा उद्यमी मञ्च विघटन गरी निर्वाचन मण्डललाई फ्लोर हस्तान्तरण गर्नुभएको थियो ।
    चितवन उद्योग संघका उपाध्यक्ष, संगठन बिस्तार समितिका संयोजक तथा प्रमुख निर्वाचन अधिकृत गजेन्द्र अधिकारीको अध्यक्षतामा निर्वाचन समितिले आफ्नो कार्यक्रम सञ्चालन गरेको थियो ।
    समितिका सदस्य तथा घरेलु तथा साना उद्योग कार्यालयका चितवनका निमित्त प्रमुख नारायण प्रसाद खनाल निर्वाचन प्रक्रियाका बारेमा जानकारी गराउँदै महिला तथा युवा उद्यमी मञ्चका नवनिर्वाचित कार्यसमितिको नाम घोषणा गर्नुभएको थियो । निर्वाचन कार्यक्रमलाई निर्वाचन समितिका सदस्य तथा चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेलले सञ्चालन गर्नुभएको थियो ।
    नवनिर्वाचित महिला उद्यमी मञ्चको अध्यक्षमा सृजना सोती, उपाध्यक्षहरुमा सरिता खनाल पौडेल, कविता श्रेष्ठ, सचिवमा गीता ढकाल, कोषाध्यषमा जुनु पौडेल अधिकारी, सदस्यहरुमा राधा शर्मा, सीता धिताल अधिकारी, गोमा अम्गाई, गोमा कुमारी खड्का, बिनिता बराल रहनुभएको छ । त्यस्तै मञ्चको सदस्यहरुमा प्रमिला पोखरेल (रत्ननगर), जिनिता बस्नेत (खैरहनी), बुद्धिमाया घले (कालिका), नरमाया सेढाईं (राप्ती), भारती न्यौपाने भुषाल (माडी) र सम्झना कुमारी सिलवाल (इच्छाकामना) रहनुभएको छ ।
    त्यसैगरी युवा उद्यमी मञ्चको अध्यक्षमा अश्विन गोले, निर्देशकहरुमा अनिष पौडेल, भरत दवाडी, स्वरुप रिजाल, सन्तोष सिग्देल, राजेश ढकाल, भुवन कँडेल, सुविन श्रेष्ठ रहनुभएको थियो ।
    नवनिर्वाचत समितिका सदस्यहरुलाई चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले सपथ खुवाउनु भएको थियो ।
    चितवन उद्योग संघ, युवा उद्यमी मञ्चका निर्देशक अनिष पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा युवा उद्यमी मञ्चका नवनिर्वाचित अध्यक्ष अश्विन गोलेले प्रतिवद्धता मन्तव्य राख्नुभएको थियो भने । चितवन उद्योग संघ, महिला उद्यमी मञ्चका नवनिर्वाचित अध्यक्ष सृजना सोतीले नवनिर्वाचित अध्यक्षको प्रतिवद्धता मन्तव्य तथा धन्यवाद मन्तव्य सहित कार्यक्रमको समापन गर्नुभएको थियो ।

    Advertisement

    शनिबार, असोज ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • २.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ३.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ५.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ६.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ७.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ८.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.