चितवन/लायन्स क्लब अफ चितवन नवलपुर सम्बृद्धिले आज बुधबार कालिका नगरपालिका ९ कोलारमा शैक्षिक सामाग्री बितरण गरेको छ । कमजोर आर्थिक अवस्था भएका चेपाङ्ग बाहुल क्षेत्रमा रहेकोे श्री माहाँकाली आधारभुत बिद्यालयमा अध्यननरत १०० बिद्यार्थीलाई क्लबले शैक्षिक सामाग्री बितरण गरेको हो । कार्यक्रम संयोजक जीवन पौडेलका अनुसार बिद्यालयमा अध्ययनरत १०० बिद्यार्थीलाई झोला, कपी, कलम, सिसा कलम, ईरेजर, साप्पनर लगायतका सामाग्री प्रदान गरिएको हो ।

बिद्यालय ब्यावस्थापन समितिका अध्यक्ष जय बहादुर प्रजाका अनुसार बिद्यालयमा शिसु देखी कक्षा ५ सम्म अध्ययन हुने गर्दछ । १०० बिद्यार्थी अध्ययन उक्त बिद्यालयमा ३ शिक्षक र १ कर्मचारी कार्यरत रहेका छन् । लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ आर का एक्जुकेटिभ को चिफ पूर्णप्रसाद शर्माले उक्त शैक्षिक सामाग्री कालिका नगरपालिका वडा नं ९ का वडा अध्यक्ष निलकण्ठ मगर र बिद्यालय ब्यावस्थापन समितिका अध्यक्ष जय बहादुर प्रजा लाई बिद्यालय परिसरमा हस्तान्तरण गनुभएको हो । उक्त शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा रिजोन चियर पर्सन डा गंगा सापकोटा, क्लबकी पुर्व अध्यक्ष डा. भावना बाग्ले , शक्तीखोर युवा क्लबका अध्यक्ष सानुकान्छा श्रेष्ठ, कोषाध्यक्ष कृष्ण घिमिरे, लायन्स क्लब अफ चितवन गौरबकी अध्यक्ष रक्षा रायमाझी, लायन्स क्लब अफ चितवन नवलपुर सम्बृद्धिका पदाधिकारी एंव सदस्यहरु, बिद्यालयका शिक्षक कर्मचारी एवं स्थानिय अभिभावकहरुको उपस्थिती रहेको थियो । सो उक्त शैक्षिक सामाग्री बितरण लायन्स क्लब अफ चितवन नवलपुर सम्बृद्धिकी अध्यक्ष डा. सरिता राना गुरुङ्गको सभापतित्वमा सम्पन्न भएको थियो ।




