राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल बिरगंज महानगरपालिका कमिटीको आयोजनामा बिरगंज आदर्शनगरस्थित पुजन होटेलमा तिजको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो । कमिटी अध्यक्ष ओमकुमारी शर्माको अध्यक्षता, राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल केन्द्रीय कमिटी अध्यक्ष अञ्जु गुरुङ्गको प्रमुख आतिथ्यता, मानानिय संघिय सांसद सावित्री देवकोटाको विशेष आतिथ्यता राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल केन्द्रीय कमिटी सदस्य तथा मधेस प्रदेश इन्चार्ज सुमित्रा सापकोटा , नेपाल, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) वाग्मती प्रदेश सदस्य तथा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल वाग्मती प्रदेश सदस्य शान्ती सुवेदी लगायतको आतिथ्यतामा सम्पन्न कार्यक्रममा मन्तव्यको क्रममा प्रमुख अतिथी अञ्जु गुरुङ्गले युनियनको स्थापना, युनियन स्थापना गर्नु पर्नाका कारणहरु, युनियन स्थापना पछि सौन्दर्यकर्मीहरुका पक्षमा युनियनले गरेका कामहरुका बारेमा चर्चा गर्दै सौन्दर्यकर्मीहरुको सुरक्षाको निमित्त योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी हुन सबैलाई आह्वान सहित सामाजिक सुरक्षा कार्यक्रमले ल्याएका योजनाहरुको बारेमा सबिस्तार बताउनुभयो ।
आन्दोलनबाट स्थापित भएको श्रम आन्दोलन र यसबाट प्राप्त अधिकारको रक्षाको लागि सधै आन्दोलित हुनुको बिकल्प नरहेकाले ट्रेड युनियन आन्दोलनमा सदा सर्वदा लागि रहनु पर्ने, अधिकार रक्षाको निमित्त शक्ति आवस्यक पर्ने र शक्ति सदस्यबाट निर्माण हुने भएकाले व्यापक सदस्यता बृध्दी गरेर मजवुत युनियन निर्माण गर्नुपर्ने कुरा अध्यक्ष गुरुङ्गले बताउनुभयो । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल केन्द्रीय कमिटी सदस्य तथा मधेस प्रदेश इन्चार्ज सुमित्रा सापकोटा लगायत अतिथिहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा स्वागत पालिका कमिटी उपाध्यक्ष सुमन अधिकारी र संचालन सचिव पिंकी गुप्ताले गर्नुभएको थियो ।




https://www.youtube.com/watch?v=d9ezZ711Gto&t=229s
Advertisement




