नारायणगढ/उद्योग वाणिज्य संघ–चितवन र कम्प्यूटर एशोसिएसन महासंघ जिल्ला शाखा चितवनको संयुक्त आयोजनामा चितवन जिल्लामा स्थापित सूचना प्रविधि क्षेत्रमा काम गर्ने संस्थाहरु, आवश्यक जनशक्ति उत्पादन गर्ने शैक्षिक संस्थाहरु तथा औद्योगीक तथा व्यापारीक प्रतिष्ठानहरु विच अन्तरसम्बन्ध स्थापित गरी दिगो पारिस्थितिक प्रणाली निर्माण गर्नका लागि चितवनमा नै पहिलो पटक चितवनको समृद्वी सूचना प्रविधि भन्ने मुल नाराका साथ Soft Tech Chitwan 2080 यही मिति २०८० भाद्र २१ देखी २३ गते सम्म उद्योग वाणिज्य संघ–चितवनको प्राड्डणमा आयोजना गर्न लागिएको छ ।

सूचना प्रविधि विकासलाई केन्द्रमा राखि आयोजना गर्न लागिएको Soft Tech Chitwan 2080 सूचना प्रविधिमा भएको गतिविधिहरु प्रदर्शित हुने कार्यक्रम रहेको छ । Soft Tech Chitwan 2080 मा विशेषत चितवनका आईटी संग सम्बन्धित व्यवसायीहरुबाट दिईने सेवाका बारेमा जानकारी दिने उद्देश्यले आयोजना गर्न लागिएको हो । यस कार्यक्रममा स्थापना भएको दुई वर्ष भन्दा कम समय भएका Start Up हरुका लागि ५ वटा स्टल निशुल्क रुपमा उपलब्ध गराईनेछ । चितवनमा नै पहिलोपटक आयोजना गर्न लागिएको यस मेलामा दर्शकहरुका लागि निशुल्क प्रवेशको व्यवस्था गरिएको छ । करिव दश हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको मेलामा चितवनमा स्थापित IT व्यवसायी विशेषगरी सफ्टवेयर डेभलपमेन्ट, डिजिटल मार्केटिड्ड, वेव डेभलपमेन्ट र मोवाईल एप डेभलपमेन्ट गर्ने जस्ता व्यवसायीहरुको प्रवद्र्धन एवं प्रयोगकर्ताहरुलाई प्रयोग गर्ने तरिकालाई सिकाउन सूचना प्रविधि सम्बन्धी गोष्ठीहरु समेत सञ्चालन गरिने छ ।




