• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

भरतपुरमा सयुक्त अनुगमन तथा मुल्यांकन कार्यक्रम सम्पन्न


  •   आइतबार, भदौ १७, २०८० मा प्रकाशित
  • भरतपुर/भरतपुरमा सयुक्त अनुगमन तथा मुल्यांकन कार्यक्रम सम्पन्न भएको छ । अटिजम केयर चितवन सोसाइटीले समावेशी शिक्षा परियोजना अन्तरगत भरतपुर महानगरपालिका भित्रका सामुदायिक बिद्यालयहरुमा र समुदायमा सम्पन्न भएका तथा हुँदै गरेका कार्य तथा क्रियाकलापहरुको सयुक्त अनुगमन तथा मुल्यांकन कार्यक्रम गरेको हो । अनुगमनमा भरतपुर महानगरका उप प्रमुख चित्रसेन अधिकारीले घरमा आधारित शिक्षा प्राप्त गरेका बाल वालिकाहरुसग घर मै पुगेर भेट गरि समावेशी शिक्षाले उनिहरुमा ल्याएको परिवर्तन,दिनचर्या,शिक्षाको पहुँच लगाएतका थुप्रै बिषयहरुमा अन्तरक्रिया गर्नु भएको छ । त्यस्तै उप प्रमुख अधिकारीले श्रीपुर सुस्तमनस्थिती कल्याण बिद्यालय र रातापुर आधारभूत बिद्यालयमा पुगेर समावेशी शिक्षाको अवस्थाको बारेमा जानकारी पनि लिनु भएको छ । अनुगमनमा नगर उप प्रमुख अधिकारीले अभिभावक तथा शिक्षकहरु सग पनि छलफल गर्नुभएको छ । अभिभावक तथा शिक्षकहरुसगको छलफलमा उहाँले सिकाइको बिश्वब्यापी ढाचाको अभ्यास,बिद्यालय सुधार योजना,घुम्ती शिक्षकको अनुभव,पहुँचयुक्त भौतिक सरचनाको अवलोकन,गुनासो सुनुवाइ सयन्त्रको कार्यान्वयन,बैयक्तिक शैक्षिक योजना,शिक्षकहरुसग सवाद,स्थानीय समावेशी शिक्षण सिकाइ सामाग्री र परियोजनाले हालसम्म गरेका क्रियाकलाप तथा कार्यप्रगतीहरुको बारेमा जानकारी लिनु भएको छ । अटिजम केयर चितवन सोसाइटीका परियोजना सयोजक सुमन पौडेलले भरतपुर महानगरपालिकामा ३८ जना बालबालिकाले घरमा आधारित शिक्षा लिइरहेको बताउनु भयो । हाम्रो परियोजनाले घरमा आधारित शिक्षाको शुरूवात गरेदेखि अपाङ्गता भएका एवं थप सिकाइ आबश्यकता भएका बालबालिकाको गुणस्तरीय शिक्षामा पहुँच अभिबृद्वी गराउन ठूलो सहयोग पुगेको प्रष्ट पार्नुभयो । अटिजम केयर चितवन सोसाइटीले हाल ६ जना घुम्ती शिक्षकहरु मार्फत घर घरमा गएर घरमा आधारित शिक्षा प्रदान गर्दै आइरहेको छ । भरतपुर महानगरपालिकामा ३ हजार भन्दा बढी अपाङ्गता भएका ब्यक्तिहरु रहेका छन् भने २ हजार भन्दा बढी ब्यक्तिहरुले अपाङ्गता परिचयपत्र प्राप्त गरिसकेको भरतपुर महानगरपालिकाले जनाएको छ । घरमा आधारित शिक्षा लागू भएपछि अपाङ्गता भएका बालबालिकाहरुमा सकारात्मक सोचको बिजारोपण भएको पाइएको छ घुम्ती शिक्षक निशा नेपालीले भन्नू भयो,उनिहरुमा शैक्षिक तथा ब्यबहारिक सुधार भएको पाइयो । परियोजनाले घर घरमा पुगेर घुम्ती शिक्षक मार्फत शिक्षा प्रदान गराउदा पहिलेको तुलनामा ४५ प्रतिशत सुधार आएको नेपालीको तर्क छ । समाबेशी शिक्षा परियोजनाको उद्देश्य सबै बालबालिकाको सिकाइमा समान अधिकार र अवसरको प्रत्याभूति गर्नु हो । परियोजनाले ४ देखि १७ बर्ष उमेर समुहका अपांगता भएका तथा कार्यगत सिमितता भएका विद्यालय भित्र र बाहिर रहेका बालबालिकाहरुलाई लक्ष्यित बर्गको रुपमा राख्दै आएको छ । परियोजनाको कार्यक्षेत्र भरतपुर महानगरपालिका र कालिका नगरपालिका रहेको छ । भरतपुर महानगरपालिकामा १ सय १२ वटा सामुदायिक  बिद्यालय र कालिका नगरपालिकामा ३५ वटा गरि जम्मा १ सय ४७ वटा बिद्यालयमा परियोजना लागू भएको छ । यो परियोजनाबाट ३५ हजार बालबालिकाहरु प्रत्यक्ष रुपमा लाभान्वित भएका छन भने भरतपुर महानगरपालिकामा झन्डै दस वटा  सामुदायिक बिद्यालयमा समावेशी शिक्षा लागू भएको छ । अनुगमनमा उप प्रमुख अधिकारी सहित भरतपुर १० का अध्यक्ष परमेश्वर खनाल,नगर शिक्षा अधिकारी महेन्द्र पौडेल,वरिष्ठ महिला बिकास अधिकृतहरु शुशिला वाग्ले र कलावती ओझा,अधिकृतस्तर छैटौं पन्चमाया तामाङ,सुर्य तिवारी,बौद्धिक अपाङ्ग अभिभावक महासघ चितवनका अध्यक्ष निर्मल कुमार श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियोे । परियोजनालाई ह्यान्डिक्याप इन्टरनेशनल र सेन्स इन्टरनेशनले साझेदारी सस्थाहरुको रुपमा काम गर्दै आइरहेका छन भने अटिजम केयर चितवन सोसाइटी, राष्ट्रिय बहिरा सघ नेपाल र कमिटेडले कार्यक्रम कार्यान्वयन गर्दै आएका छन ।  परियोजनाको अबधि तिन बर्ष अर्थात जनवरी २०२२ देखि डिसेम्बर २०२४ सम्म रहेको छ ।

    Advertisement

    आइतबार, भदौ १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • २.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ३.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ४.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ६.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ७.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ८.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.