राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल पालिका समन्वय कमिटी चितवनको आयोजनामा आज भरतपुर – ५ स्थित ग्रीन ह्याम्लेट पार्टी प्यालेसमा भयो । कमिटी अध्यक्ष जेनि गुरुङ्गको अध्यक्षता, राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल केन्द्रीय कमिटी अध्यक्ष अञ्जु गुरुङ्गको प्रमुख आतिथ्यता, जिफन्ट तथा नाबुन वाग्मती प्रदेश सदस्य तथा चितवन इन्चार्ज शान्ती सुवेदी, राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल खैरहनी नगरपालिका कमिटी अध्यक्ष सिमा आचार्य भट्टराई, राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल भरतपुर महानगरपालिका कमिटी अध्यक्ष सुनिता अधिकारी लगायतको आतिथ्यतामा सम्पन्न कार्यक्रममा मन्तव्यको क्रममा प्रमुख अतिथी अञ्जु गुरुङ्गले सौन्दर्यकर्मीहरुको सुरक्षाको निमित्त योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी हुन सबैलाई आह्वान गर्दै सामाजिक सुरक्षा कार्यक्रमले ल्याएका योजनाहरुको बारेमा सबिस्तार बताउनुभयो ।

आन्दोलनबाट स्थापित भएको श्रम आन्दोलन र यसबाट प्रात अधिकारको रक्षाको लागि सधै आन्दोलित हुनुको बिकल्प नरहेकाले ट्रेड युनियन आन्दोलनमा सदा सर्वदा लागि रहनु पर्ने, अधिकार रक्षाको निमित्त शक्ति आवस्यक पर्ने र शक्ति सदस्यबाट निर्माण हुने भएकाले व्यापक सदस्यता बृध्दी गरेर मजवुत युनियन निर्माण गर्नुपर्ने कुरा अध्यक्ष गुरुङ्गले बताउनुभयो । जिफन्ट वाग्मती प्रदेश सदस्य तथा चितवन जिल्ला इन्चार्ज शान्ती सुवेदी, राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल खैरहनी नगरपालिका कमिटी अध्यक्ष सिमा आचार्य भट्टराई, राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल भरतपुर महानगरपालिका कमिटी अध्यक्ष सुनिता अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा स्वागत पालिका समन्वय कमिटी उपाध्यक्ष सुस्मा क्षेत्रीले र संचालन सचिव इन्दिरा पन्तले गर्नुभएको थियो ।




