भरतपुर/भरतपुर महानगरपालिका वडा नम्वर १२ वासी नागरिकहरुले शुक्रवार विहान वडा कार्यालय परिसरमा वडा अध्यक्ष श्री लेखराज पन्त (हरि) को ६३ औँ जन्मोत्सव मनाएका छन् । वडाका राजनीतिक दलका प्रमुखहरु, २३ वटा टोल विकास संस्था तथा आमा समूहका प्रमुख तथा प्रतिनिधिहरु गरी करिव २०० जनाको उल्लासमय उपस्थितिमा वडा सचिव सिता लम्सालले सञ्चालन गरेको कार्यक्रममा उपस्थित वडावासीहरुले वडा अध्यक्षको सफल, स्वस्थ र दीर्घ जीवनको कामना गरेका थिए । उक्त कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै वडा अध्यक्ष पन्तले वडा कार्यालय तथा टोल विकास संस्थाहरुले जन्मोत्सवको भव्य कार्यक्रम आयोजना गरेर माया गरेकोले आफुलाई वडावासीहरु प्रति थप जिम्मेवार र भावुक बनाएको भन्नुहुँदै आफूले महानगरबाट प्राप्त गरेका सवै पारिश्रमिक वडावासी दाजुभाई, दिदिबहिनीहरुको हितमा खर्च गरी रहेको र आगामी दिनमा पनि व्यक्तिगत रुपमा उपभोग नगर्ने बचनबद्धता प्रकट गर्नु भएको थियो । अध्यक्षको जन्मोत्सव मनाउन उपस्थित सवै सुभेच्छुक वडावासीहरुले वडा परिसरमा २०० थान सयपत्री फूलका विरुवा रोपेका थिए भने वडा अध्यक्ष पन्तले वडा नम्वर १२ मा रहेको असहायहरुको आश्रयस्थल कुशुम सहारा संस्थामा रहेका १८ जना बालबालिकाहरुको स्वास्थ्य विमाका लागि रु. १२,६०० वरावरको चेक संस्थाका संचालीका कुशुम सहारालाई हस्तान्तरण गर्नु भएको थियो । सोहि उपलक्षमा रोटरी क्लव अफ चितवनले आजै दिनको समयमा अशक्तहरुलाई २ थान ह्वील चेयर वितरण गर्ने कार्यक्रम समेत राखेको बुझिएको छ ।
वडावासीले मनाए अध्यक्षको जन्मदिन
वडावासीले मनाए अध्यक्षको जन्मदिन
तपाईको प्रतिक्रिया




