• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

स्थानीय तहमार्फत दिगो तथा व्यवसायिक कफी उत्पादन प्रवद्र्धनमा इयुको सहयोग


  •   आइतबार, भदौ १०, २०८० मा प्रकाशित
  • अर्घाखाँची/स्थानीय तहसँग सहकार्य मार्फत कफीको दिगो तथा व्यवसायिक उत्पादन प्रवद्र्धन गर्न किसानहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा क्षमता अभिवृद्धि तालिम सुरू भएको छ। युरोपियन युनियन नेपाल व्यापार तथा लगानी कार्यक्रमको सहयोगमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डले आईतबार देखि उक्त दुई दिने तालिमको आयोजना गरेको हो । यस तालिममा अर्घाखाँचीको भूवनेश्वर नगर पालिकाका १२ महिला सहित २६ जना कफी व्यवसायी तथा किसानको सहभागिता रहेको छ ।कफीको लागि धेरै सम्भावना बोकेको अर्घाखाँची जिल्लामा कफीको वैज्ञानिक,दिगो तथा व्यवसायिक उत्पादन तथा उत्पादकत्व बढाइ निर्यात क्षमता अभिवृद्धि गर्न यो कार्यक्रमको आयोजना गरिएको हो । मुलुक संघियतामा गइसकेको अवस्थामा स्थानीय तह मार्फत उद्यमी तथा किसानलाई कफी मूल्य श्रृंखलामा उनीहरूको उच्चतम सहभागिता सहित आकर्षक प्रतिफलको सुनिश्चितता गराउन यस्ता प्रयासले सहयोग पुग्ने अपेक्षा गरिएको छ । कफी उत्पादक तथा कफी व्यवसायिक महासंघका अर्घाखाँची जिल्ला कोषाध्यक्ष पुष्कर नाथ बन्जाडेले अर्घाखाँची जिल्लामा विगतमा धेरै किसान कफी व्यवसायमा लागेको भए पनि बजारीकरणको अभाव भएको बताए । साथै रोगकिरा व्यवस्थापनको ज्ञान नहुँदा धेरै किसानहरू कफी व्यवसायबाट पलाएन भएको स्मरण गर्दै उनले वैज्ञानिक कफी उत्पादन क्षमता अभिवृद्धिका लागि स्थानीय स्तरमा यस किसिमको तालिमले दिगो तथा व्यवसायिक कफी उत्पादनमा सहयोग पुग्ने बताए । तालिमका सहभागी विष्णु माया घमले तालिमको अवसरबाट आफु धेरै उत्साहित भएको बताउँदै तालिमबाट सिकेको ज्ञान उपयोग गरी आफूले कफी खेती विस्तार गर्ने योजना रहेको सुनाइन् । भूमिका स्थान नगरपालिका प्रमुख झविलाल थापाले राज्यका सबै अंग र निजी क्षेत्रको सहकार्यमामात्र दिगो कफी उत्पादन र उत्पादकत्व बढाउन सकिने बताए । थापाले ठूलो मात्रामा व्यवसायिक कफी खेती नगरिएसम्म निर्यात क्षमता बढाउन नसकिने बताउँदै किसानको क्षमता स्थानीय तहबाटै विकास गर्नु पर्ने आवश्यकतामा जोड दिए। राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णु प्रसाद भट्टराईले स्थानीय तहसँग सहयोग र समन्वयका साथ उत्पादन अभिवृद्धिका कार्यक्रम अगाडि बढाउने हो भने नेपाली कफीको उत्पादन बढाउन सहज हुने बताए । सरकारले विभिन्न सहुलियतका कार्यक्रम सहित निर्यात प्रवद्र्धन गर्ने योजनाहरू अगाडि बढाएको उनको भनाई छ । कफी किसानले उत्पादन गरेका कफीको बजारको लागि बोर्डले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव भक्तराज जोशी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीका निजी सचिवालयका उपसचिव मात्रिका आचार्य, कृषि तथा पशुविकास मन्त्रीका निजी सचिव सुशील भट्टराइ,इयु नेपाल व्यापार तथा लगानी कार्यक्रम आइटिसीका संयोजक डा विदुर घिमिरेले नेपालमा कफीको सम्भावना पर्याप्त भएको बताउँदै स्थानीय तहसँगको सहकार्य मार्फत दिगो तथा व्यवसायिक कफी उत्पादन गरी कफीको निर्यात बढाउन स्थानीय किसानको लागि आयोजना गरिएको तालिमले सहयोग पुग्ने बताए ।

    Advertisement

    आइतबार, भदौ १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • २.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ३.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ४.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ६.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ७.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ८.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.