• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
मङ्गलबार, कार्तिक ०४, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ४. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ५. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • ६. इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

  • ७. राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

गोरुको हत्या गरी आयोजना गरिएको भोजप्रति विश्व हिन्दु महासंघ चितवनको गम्भीर ध्यानाकर्षण


  •   मङ्गलबार, भदौ ०५, २०८० मा प्रकाशित
  • चितवन/धरानमा तारिखमा रिहा भएका अपराधी सहितका समूहले सार्वजनिक रुपमा गोरुको हत्या गरी आयोजना गरिएको भोजप्रति विश्व हिन्दु महासंघ चितवनको गम्भीर ध्यानाकर्षण भएको छ । नेपालमा धार्मिक द्वन्द्व निम्ताएको आपराधिक समूहले घटाएको सो घटना जघन्य आपराधिक गतिविधिको भएको भन्दै महासंघले भर्त्सना समेत गरेको छ ।
    सो घटनाको विरोधमा महासंघचितवनका अध्यक्ष प्रेम प्रसाद गैरे, केन्द्रिय सदस्य टंकनाथ पौडेल, केन्द्रिय सदस्य तथा विश्व हिन्दु युवा संघका अध्यक्ष घनश्याम पौडेल, गण्डकी नारायणी महाआरती परिषद्का अध्यक्ष प्रेमनिधि भारद्धाजसहितको पदाधिकारीले मंगलबार जिल्ला प्रशासन कार्यालय चितवन पुगेर ज्ञापनपत्र बुझाएका छन् । चितवनका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र रानालाई सो ज्ञापनपत्र बुझाएका हुन् । गाई ९गौ वंश० राष्ट्रिय जनावर मात्र नभई बहुसङ्ख्यक सनातनी हिन्दुहरूको आस्था एवं अन्तर आत्मासँग जोडिएको तथ्य उल्लेख गर्दै हिन्दुहरू गौ वंशलाई भगवानको रुपमा पूजने गरेको छ ।
    नेपालमा क़ानूनले गौ हत्यालाई पूर्णतः वर्जित गरेको भएपनि आज गौ हत्याको घटना बढ्नु चिन्ताको विषय भन्दै घटनामा संलग्न अपराधीहरूलाई तत्काल गिरफ्तार गरी कडा भन्दा कडा कानुनी कारबाहीको माग सो ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
    ज्ञापनपत्रमा लेखिएको छ ।

    Advertisement

    नेपाल अनादिकालदेखि नै वैदिक सनातन हिन्दू राष्ट्र हो । यहाँको समाज र शासन व्यवस्था परापूर्वकाल देखि पूर्वीय दर्शन र संस्कृतिमा आधारित छ । सदिऔं देखि यहाँका जातजातीहरु भातृत्वको सम्बन्ध कायम गरी सहिष्णुता व्यवहार गरी बसेको यहाँलाई अवगतै छ । विगत केही वर्षदेखि हाम्रो सनातन संस्कृति पूर्वीय दर्शन, संस्कार र वैदिक सनातन धर्म माथि विभिन्न बहानामा निरन्तर सड्यन्त्रपूर्वक तरिकाले आक्रमण भईरहेको परिपेक्ष्यमा जातीय, धार्मिक, साम्प्रदायीक सद्भाव भड्कने किसिमले सुनसरीको धरान लगायत देश भरका विभिन्न ठाउँमा सनातनीहरुले माताको रुपमा र आरध्यदेवीका रुपमा स्वीकारिएका गौवंशीय गौ माताहरु र भगवान शिवका वहानका रुपमा पूजीयका गौपुत्र नन्दी ९ गोरु ० हत्या गरी खाने सनातनीहरुलाई मान मर्दन हुने गरी सामाजिक संजालमा भिडियोहरु प्रसारण गर्ने जस्ता अवाञ्छित अमर्यादित गतिविधि गरी समाजमा द्वन्द मच्चाउने सामाजिक सहिष्णुता खल्बलाउने जस्ता कामहरु भैरहेकोमा हाम्रो ध्यानाकर्षण भएको छ । एकातिर राष्ट्रको गहनाका रुपमा रहेको राष्ट्रिय जनावरको हत्या गर्नु संविधान विरोधी हो भने सनातन देखि चल्दै आएको परम्परा माथिको दमन हो । ८१५ भन्दा बढी जनसंख्या रहेको वैदिक सनातन हिन्दु धर्मालम्बीहरुको आस्था, विश्वास माथि निरन्तर प्रहार भईरहँदा अभिभावकको रुपमा रहेको सरकार मौन रहनु हाम्रा लागि दुःखद् कुरा हो । संविधान विरोधी गतिविधि हुँदा सरकार मुखदर्शक बन्नुलाई हामीले अवाञ्चित गतिविधिको मतिहार भएको महसुस भएको छ । विश्व हिन्दु महासंघ सम्माननीयप्रधानमन्त्रीज्यू मार्फत नेपाल सरकारसँग तत्काल वैदिक सनातन हिन्दु धर्म, संस्कार र संस्कृति माथिको आक्रमण तत्काल रोकी संविधानतः दोषिलाई कारवाहीको माग गर्दछौं ।

    ठाउँ ठाउँमा भएको गौ गौ वंशको भक्षण गरी भोज भतेर गरी सामाजिक संजालमा भिडियो सार्वजनिक गरी बहादुरी देखाउने कायरहरुलाई तत्काल कारवाही गरियोस् । राज्यले यि र यस्ता गतिविधि गर्ने नाइकेहरुलाई समयमै कारवाही नगरे रप्रलोभनमा पारी भईरहेको धर्मान्तरणको गतिविधि नरोके विश्व हिन्दू महासंघ वैदिक सनातन धर्ममा आस्था राख्ने नेपाली जनताहरुको साथ लिई सशक्त आन्दोलनमा होमिन बाध्य हुनेछ । हाम्रो धर्म, संस्कृति, परम्परा, रक्षार्थ गरिने क्रान्तिबाट उब्जने परिस्थितीको जिम्मेवारी राज्य पक्षले लिनुपर्नेछ ।
    नेपालको संविधान २०७२ को परिच्छेद २७ को ८५ बुँदामा स्पष्ट लेखिएको छ । कसैले गाई, गोरु मार्ने वा कुनै चोट पुयाउने नियतले कुनै काम गर्नु, गराउनु अपराध हो । सोही दफाको उपदफा २ र १ बमोजिमका कामहरुबाट कुनै गाई वा गोरु मर्न गएमा त्यस्तो कसुर गर्ने व्यक्तिलाई तीन वर्षको कैद सजाय हुनेछ भनी स्पष्ट लेखिएको छ । त्यसैले गौमाता र गौ वंशको हत्या गर्नु, चोट पुऱ्याउनु संविधानतः अपराध हो । राज्यमा खुलेआम यस्ता अपराध हुँदा सरकार मौन बस्नु भनेको निरिह र लाचारीपनहो भन्ने हाम्रो बुझाई छ ।

    अतः हाम्रा मागहरुलाई राज्यले तत्काल पुरा गरोस् भन्ने मागका साथ धार्मिक सहिष्णुता, जातीय सद्भाव कायम राख्नु राज्यको दायित्व हो । तसर्थ, धरानमा गौ हत्या गरी भोजभतेर गरी गौ मंस खाने घटनाका नाइकेहरुलाई अभिलम्ब कानुनी कटघरामा ल्याई कानुन बमोजिम कारवाही गर्न विश्व हिन्दू महासंघ लगायत हामी धार्मिक संस्थाहरु जोडदार माग गर्दछौं । परिस्थितीलाई नजर अन्दाज गरी विलम्ब गरे आन्दोलनको आधिबेहेरी ल्याउने चेतावनी दिदै परिस्थितीजन्य दुर्घटनाको जिम्मेवारी राज्य पक्ष हुने जानकारी गराउँदै वैद सनातन हिन्दू धर्म र संस्कृति माथिको आक्रमण तत्काल रोक्न माग गर्दछौं ।

     

    मङ्गलबार, भदौ ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    • ४.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७

    • ६.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.