चितवन/नारायणगढ मुग्लिन सडकखण्ड गएराति करीब १७ घण्टापछि खुलेकोे छ । गएराति ८ बजेदेखि नै दुईतर्फी अबरुद्ध भएको नारायणगढ मुग्लिन सडकखण्ड सञ्चालनमा आएको हो । इच्छाकामना गाउँपालिका–६ टोपेखोलामा गएको सुख्खा पहिरोले पन्छाएपछि दिउँसाे १२:५५ बजे सडक सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जनाएको छ । सडक डिभिजन कार्यलय भरतपुरका अनुसार रातभर पनि पहिरो पन्छाउने काम भएको थियो । आज ३ वटा लोडर र १ वटा स्काभेटरले पहिरो पन्छाउने काम गरिएको कार्यलयका ईन्जिनिएर सागर कार्कीले बताउनुभयो । सडक अवरुद्ध हुँदा रोकिएका सवारी साधनहरु गन्तब्यमा जान थालेका छन् । यो सडक पहिरोका कारण पटक पटक बन्द हुँदै आएको छ । ट्राफिक प्रहरीले सकेसम्म वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध पनि गरेको छ ।
Advertisement




