सैनामैना/सैनामैना नगरपालिका वार्ड न–४ मा कार्यालय रही सेवा प्रवाह गरिरहेका सहकारी तथा लघुबित्त संस्था बीच सैनामैना–४ को वार्ड कार्यालयमा अन्तक्रिया, छलफल तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।
अन्तक्रिया कार्यक्रममा पर्राेहा सानाकिसान कृषि तथा ऋण सहकारी संस्था, चौतारी बचत तथा ऋण सहकारी संस्था, रामनगर बचत तथा ऋण सहकारी संस्था, बिश्व बिराट बचत तथा ऋण सहकारी संस्था, बृहस्पति बचत तथा ऋण सहकारी संस्था, सुगन्ध महिला बचत तथा ऋण सहकारी संस्था, गुणात्मक बचत तथा ऋण सहकारी संस्था, स्टार बचत तथा ऋण सहकारी संस्था, लुम्बिनी पशुपन्छी कृषि सहकारी संस्था, निर्धन लघुबित्त संस्था, स्वरोजगार लघुबित्त संस्था, बिजय बिकास लघुबित्त संस्था, सहकारी संस्थाका अध्यक्ष एवम् व्यवस्थापक लगायतको उपस्थिति रहेको थियो ।
Advertisement





