भरतपुर/भरतपुर महानगरपालिका ब्यबस्थित पशु बधशाला निर्माण गर्ने तयारीमा जुटेको छ । बजारमा भएका स साना तर अब्यबस्थित रुपमा मापदण्ड बिपरित सन्चालन भएका पशु बधशालालाई मापदण्डअनुसार सन्चालन गर्ने गरि निर्माण गर्ने तयारीमा महानगरपालिका जुटेको हो । प्रत्येक महानगरपालिकामा अनिवार्य रुपमा ब्यबस्थित पशु बधशाला निर्माण हुनुपर्ने प्राबधान रहेको उल्लेख गर्दै नगर उप प्रमुख चित्रसेन अधिकारीले महानगर विधि र बिधानमा रहेर ब्यबस्थित पशु बधशाला निर्माण गर्ने तयारीमा अगाडि बढिसकेको बताउनु भयो ।

ब्यबस्थित पशु बधशाला निर्माण समितिका सयोजक समेत रहनु भएका उप प्रमुख अधिकारीले अबको केही बर्ष भित्रैमा महानगरबासीहरुले आशा गरेअनुसारको ब्यबस्थित पशु बधशाला पाउने प्रष्ट समेत पार्नु भयो । हामी गृहकार्यमा जुटिरहेका छौ,विभिन्न चरणहरुमा प्रारम्भिक कार्यहरु भइरहेका छन नगर उप प्रमुखले भन्नू भयो । भरतपुर महानगरपालिका र एनिमल नेपालको सयुक्त आयोजनामा सोमबार महानगरपालिकामा एक दिने पशु बधशाला तथा मासु ब्यबसाय ब्यबस्थापन सम्बन्धि कार्यशाला गोष्ठी समेत भएको छ । गोष्ठीमा बोल्दै एनिमल नेपालका केन्द्रिय कार्यक्रम ब्यबस्थापक सुरक्षाणा राणाले महानगर ब्यबस्थित पशु बधशाला निर्माण कार्यमा जुटेकोमा खुशी व्यक्त गर्दै एनिमल नेपाल हातेमालो गर्न तत्पर रहेको उल्लेख गर्नु भयो ।

एनिमल नेपालले काठमाडौ,चितवन र बारामा स्थानीय पालिकाहरुको सहयोग र समन्वयमा पशु चौपायाको हकहितका सवालमा काम गर्दै आइरहेको छ । भरतपुर महानगरपालिकामा हाल ५ वटा पशु बधशालाहरु रहेका छन् । चितवन जिल्लामा लगभग १० वटा बधशाला रहेको एनिमल नेपाल चितवनका प्रतिनिधि रामचन्द्र आचर्यले जानकारी दिनु भयो । भरतपुर महानगरपालिकाको नारायणगढ क्षेत्रमा रहेका बधशालाहरु सबै मापदण्ड बिपरित छन् तर रत्ननगर र खैरहनी नगरपालिकाको बिचमा निर्माण गरिएको मिलिजुली बधशाला भने केही मात्रमा हेर्न लायक रहेको आचर्यको भनाइ छ । पशु बधशाला र मासु जाच नियमावली २०५७ को नियम २१ ले दिएको अधिकार प्रयोग गरि पशु सेवा बिभागले पशु बधशाला र मासु जाँच प्राबिधिक निर्देशिका स्वीकृत गरेको छ।





