• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

कालिकामा अहिले सम्म ५५ सयवटा पशुलाई लम्पी स्किन विरुद्धको भ्याक्सिन दियो


  •   सोमबार, भदौ ०४, २०८० मा प्रकाशित
  • कालिका/कालिका नगरपालिका क्षेत्रभित्रका ५४ सय ५० वटा गाई, भैसीमा लम्पी स्किन विरुद्धको भ्याक्सिन लगाइसकेको छ । साउन २५ गतेदेखि नगरपालिकाले अभियानकै रुपमा किसानहरुको गोठगोठमा प्राविधि सहितको टोलीलाई भ्याक्सिन लगाउन पठाएको हो । नगरपालिका अन्तगर्त पशु शाखा प्रमुख इश्वरी प्रसाद पौडेलका अनुसार कालिकाको वडा नं. १ देखि ७ नम्बर वडाका किसानले पालेको गाई, भैसीलाई भ्याक्सिन लगाउने काम सकिएको छ । वडा नं. ८, ९, १० र ११ वडामा अहिले भ्याक्सिन लगाउने काम जारी छ । नगरपालिकाले लम्पी स्किन विरुद्धको भ्याक्सिनसँगै आवश्कता अनुसार जुकाको औषधी समेत निशूल्क दिइरहेको छ ।

    Advertisement

    भ्याक्सिनका कारण कुनै साईड इफेक्ट कतै देखिएको छैन । सुरुमा किसानहरु भ्याक्सिन लगाउन आनाकानी गरेका थिए । दुग्ध घट्ने डर किसानहरुमा थियो पशु शाखा प्रमुख पौडेलले भन्नुभयो – ‘अहिले किसानहरुले बुझे, हाम्रो गोठमा भएका गाईभैसीलाई पनि लगाईदिनुस भन्न थालेका छन् ।’ प्राविधिक टोलीले गोठमा देखिने फोहोर लगायत गाईभैसीलाई दिने दानापानीको विषयमा पनि सम्झाउँदै हिडेका छन् । प्राविधिक टोलीसँगै जनप्रतिनिधिहरु पनि किसानको गोठगोठ पुगिरहेका छन् । वडा नं. ८ मा अब ३ वटा टोलमा भ्याक्सिन लगाउन बाँकी छ । यो वडामा साउन २७ गतेदेखि अभियान सुरु भएको थियो । १७ वटा टोल मध्ये ३ वटा मात्रै बाँकी रहेको वडा नं. ८ का वडा अध्यक्ष चित्रवहादुर मगरले जानकारी दिनुभयो । वडा नं. ८ मा मात्रै अहिले सम्म ६सय ७५ वटा गाईभैसीमा भ्याक्सिन लगाइएको छ । लम्पी स्किनको संक्रमणका कारण यो वडामा केही गाईहरु मरेको भएपनि अहिले पूर्ण रुपमा नियन्त्रणमा आईसकेको वडा अध्यक्ष मगरको दावी छ । नगरपालिकाको यो अभियानलाई स्थानीय दुग्ध उत्पादक सहकारी संस्थाले राम्रो साथ दिइरहेको छ । वडा नं. ८ देखि माथिल्ला वडाहरुमा उत्थान दुग्ध उत्पादक सहकारी संस्थाले प्राविधिक टोलीहरुलाई सहयोग गरिरहेको छ । कुनैपनि गाईभैसी भ्याक्सिन लगाउनबाट छुट्नुहुँदैन भनेर सहकारीले आफ्नै एकजना कर्मचारीलाई प्राविधिक टोलीसँगै परिचालन गरेको छ । प्राविधिक टोलीलाई सहकारीकै प्रतिनिधिले किसानहरुको घरघर सम्म लैजाने काम गरिरहेको छ । सहकारीका अध्यक्ष राजेन्द्र ढुंगानाका अनुसार लम्पी स्किन महामारीका कारण आतिएका किसानहरुले ठूलो राहतको महशुसगर्न थालेका छन् । किसानहरुको पीडामा नगरपालिका सहयात्री बनेर उभिएको छ उहाँले भन्नुभयो –अहिले किसानहरु खुशी छन् । नगरपालिकाको यो अभियानमा सहकारी सुरुवातनै देखिनै सँगै छ । कालिका नगरपालिका दुग्धमा आत्मनिर्भर पालिका भएकाले दुग्ध उत्पादन घट्न दिन नहुने तर्फ पालिकाले खेलेको भूमिका प्रशंसागर्न योग्य रहेको सहकारीका अध्यक्ष ढुंगानाले बताउनुभयो । कालिकामा दैनिक १२ हजार लिटर दुग्ध संकलन हुँदै आएको छ । नगरक्षेत्र भित्रका किसानहरुले पालेको पशुहरुको सुरक्षाका लागि नगरपालिका कहिलै पछाडिनपर्ने नगर प्रमुख विनोद रेग्मीले बताउनुभयो । किसानको पशु सुरक्षणगर्ने जिम्मा नगरपालिकाको हो –‘ तपाईहरु ढुक्कसँग पशुपालनमा लाग्नुस’ नगर प्रमुख रेग्मीले भन्नुभयो । लम्पी स्किन महामारी विरुद्धको भ्याक्सिन मात्रै नभई पशुहरुमा लाग्ने अन्य रोगहरुको उपचारका लागि पनि नगरपालिकाले किसानलाई सघाउने उहाँले बताउनुभयो । भ्याक्सिन सेवाको प्रभावकारिताबारे अनुगमनगर्न किसानको घर गोठमा पुग्नुभएका नगर प्रमुख रेग्मीले किसानलाई आवश्यकताका आधारमा पालिकाले सहयोगगर्दैै आएको बताउनुभयो ।

    सोमबार, भदौ ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.