हेटौडा/आकर्षण ब्युटि पार्लर एण्ड ट्रेनिङ्ग सेन्टरको १९ औं बार्षिकोत्सव सम्पन्न भएको छ । विगत लामो समयदेखि सौन्दर्यका क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल आकर्षण ब्युटि पार्लर एण्ड ट्रेनिङ्ग सेन्टरले टे«निङ्गहरुका माध्यमबाट महिला दिदीहरुलाई जिम्मेवारी बोध गराउने काम समेत गरेको छ ।
आकर्षण ब्युटि पार्लर एण्ड ट्रेनिङ्ग सेन्टरकी प्रमुख अस्मिता श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारणसभामा हेटौडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारि लामा प्रमुख अतिथि रहनुभएको थियो ।
प्रमुख अतिथि लामाले १९ वर्षे लामो इतिहास बोेकेको आकर्षण ब्युटि पार्लर एण्ड ट्रेनिङ्ग सेन्टरले जिल्लाका थुप्रै महिला दिदीबहिनीलाई सक्षम बनाउन सहयोग गरेको भन्दै प्रशंसा गर्नुभयो । कार्यक्रममा हेटौडा उपमहानगरपालिका वडा ४ का वडाअध्यक्ष नबिन सिग्देल, हेटौडा स्कुल ओफ म्यानेजमेन्टका फाउण्डर प्रिन्सिपल पुरन बहादुर जोशी विशिष्ट अतिथि रहनुभएको थियो ।






