• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

कालिकाका जेष्ठ नागरिकलाई घरमै गएर नि:शुल्क स्वास्थ्य परिक्षण


  •   आइतबार, भदौ ०३, २०८० मा प्रकाशित
  • रत्ननगर/चितवनको कालिकामा ८० वर्षभन्दा माथी एंव रातो कार्ड प्राप्त गरेका ज्येष्ठ नागरिकहरूको घरघरमै गएर निशुल्क स्वास्थ्य परिक्षण । स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनका लागि अहिले घरघरमा चितवनको कालिका नगरपालिकाका स्वास्थ्यकर्मी पुग्न थालेका छन् । कालिका नगरपालिकाले नगरपालिका क्षेत्र भित्र रहेका करिव ६५० जना ज्येष्ठ नागरिकको घरदैलोमै पुगेर स्वास्थ्य परीक्षण एंव उपचार गर्ने हेतुले घरघरमा स्वास्थ्यकर्मी कार्यक्रम सुरु गरेको हो । घरदैलोमै पुगेर ज्येष्ठ नागरिकहरूको स्वास्थ्य उपचार सम्बन्धी सेवा उपलब्ध गराउन नगरपालिकाले गत आर्थिक वर्ष २०७९/०८० मा बजेट छुट्याए कार्यक्रम गर्दै आईरहेको छ । नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा भने ज्येष्ठ नागरिकको स्वास्थ्य उपचारका लागि रु ६ लाख बजेट छुट्याएर कार्यक्रमलाई निरन्तरता दिईरहेको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले बताए ।

    Advertisement


    नगरपालिका भित्रका १ देखि ११ वटै वडाका स्वास्थ्यकर्मीहरु घरघरमा प्रत्यक २/२ महिनामा पुगेर ज्येष्ठ नागरिकको प्रेसर (उच्च रक्तचाप), सुगर चेकजाँच, पिसावमा प्रोटिनको मात्रा, स्वास्थ्य परामर्श र सामान्य औषधी वितरणका लागि कार्यक्रम सुरु गरिएको उनले जनाए । जेष्ठ नागरिक । विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा भने नगरपालिकाले गरिदिएको छ । अहिले नगरपालिका भित्रका प्रत्येक घरघरमा स्वास्थ्यकर्मी पुगेर दिर्घरोगी पहिचान, उनीहरूको स्वास्थ्य अवस्था र कुन–कुन औषधि सेवन गर्छन् त्यसको बारेमा कालिका वडा नं. ८ गैरीबारीमा अनुगमन गरेको नगर रेग्मीले जानकारी दिए ।


    नगरपालिकाले अभियानकै रुपमा स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिरहेको प्रमुख रेग्मीको भनाई छ । ज्येष्ठ नागरिकको घरमा पुगेर स्वास्थ्य अवस्था, समस्या, प्रयोग गरेको औषधिका विषयमा समेत विवरण सङ्कलन गर्ने, स्वास्थ्यकर्मीले परामर्श सेवा पनि दिइरहेको बताए । उनले भने “बुबा, आमाहरुसंग भेट्ने, देख्ने, उहाँहरुको पिडा, अवस्था बु्झने, कुरा सुनिदिने अवसर प्राप्त गर्यौ यो कुरालाई मनन् गरि थप गतिलाई अगाडी बढाउने छौं ।” केही ज्येष्ठ नागरिकहरू छोरा, बुहारी अथवा छोरी ज्वाईसंगै बस्दै आएकाले हुँनाले ज्येष्ठ नागरिक स्वास्थ्य उपचारलाई नगरपालिकाले निरन्तरता नदिने हो भन्ने चिन्ताले सताईरहेको बेलामा घर घरमै पुगेर स्वास्थ्य उपचार गरिरहेको उनले बताए ।


    जटिल रोग भएका बिरामीहरुलाई नेपाल सरकारले निर्धारण रेको मापदण्ड अनुसार नगरपालिकाको तर्फबाट सेवा सुविधा उपलब्ध गराउदै आएको प्रमुख रेग्मीले बताए । कालिका नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक भण्डारीले कार्यक्रम निकै प्रभावकारी भईरहेको बताए । भण्डारीले भने, “यो कार्यक्रममा रातो कार्ड पाएका र अपागंता भएका व्यक्तिहरुलाई समेटेका छौं, ५२ जना रातो पाएर अपागं भएका व्यक्तिछन् । प्रत्यक दुई दुई महिनामा करिव ६५० जनाको घरदैलोमा पुगेर यो कार्यक्रम गरिरहेका छौं ।” आधारभूत स्वास्थ्य सेवा स्थानीय तहको एकल अधिकार भित्र पर्ने भएकाले जेष्ठ नागरिक घरमै विरामी परेर बस्नु पर्ने अवस्थाई सुधार गर्नलाई यो अभियान सञ्चालन गरेको उनको भनाई छ ।
    स्वास्थ्य परिक्षण मात्रै नभईकन, आनिबानी, खानापान, सरसफाईमा विशेष जोड दिन आग्रह गरेको उनले जानकारी दिए । सानो रोग पालेर बस्दा बस्दै पछि यो रोगले ठूलो भयावहाक स्थिति सिर्जना नहोस् भन्नका लागि यो घरदैलोमै पुगेर स्वास्थ्य परीक्षणको थालनि गरेको बताए । आधारभूत स्वास्थ्य सेवा केन्द्रका डा. हस्त बहादुर चेपाङले जेष्ठ नागरिकहरुले स्वास्थ्य परिक्षण गरेका थिए । कार्यक्रममा वडा नं. ८ का वडा अध्यक्ष चित्र वहादुर मगर,  नगरपालिकाका वरिष्ठ लेखा अधिकृत ऋषि प्रसाद कडुवाल, सम्बन्धित टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

    आइतबार, भदौ ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • २.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ३.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ५.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ६.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ७.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ८.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.