• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ३. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ४. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ७. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

देशमै पहिलो पूर्ण सहकारी सदस्य वडा बन्यो नवलपुरको गैँडाकोट 

  •   आइतबार, भदौ ०३, २०८० मा प्रकाशित
  • गैँडाकोट/विकू बचत तथा ऋण सहकारी संस्थाले गैँडाकोट ९ लाई पूर्ण विकू सदस्य वडा घोषणा गरेको छ । गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले विकूको कार्यक्रममा गैँडाकोट ९ लाई देशमै पहिलो पूर्ण विकू सदस्य वडा घोषणा गर्नुभएको हो । गैँडाकोट वडा नम्बर ९ का करिब ९४ प्रतिशत घर परिवारका सदस्य विकू सहकारीमा सदस्य बनेकोले वडालाई पूर्ण विकू सदस्य वडा घोषणा गरिएको संस्थाका सचिव प्रेमप्रसाद सापकोटा राजुले बताउनुभयो । गैँडाकोट ९ मा २ हजार १ सय ८८ जनसङ्ख्या रहेको छ । त्यसमध्ये १४ सय जनसंख्या विकूमा आवद्ध रहेका छन् । १ सय ९६ जना आकुरा सदस्य पनि विकूमा आवद्ध रहेको सचिव सापकोटाले बताउनुभयो । गैँडाकोट ९ का ४ सय ९२ घरधुरी मध्ये अहिले विकू सहकारीमा ४ सय ७० घरधुरीको आवद्धता रहेको छ ।

    Advertisement

    घोषणा कार्यक्रममा बोल्दै गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले विकूमार्फत विपन्न बर्गले पनि आफ्नो जीवनस्तर उकास्न पाएको बताउनुभयो । उहाँले सहकारीले आफ्नो ध्येयलाई आत्मसात गर्दै अगाडी बढ्नुपर्ने बताउनुभयो र विकूले सहकारी क्षेत्रमा सदस्यमैत्री बनेर गरेका उत्कृष्ट कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताउनुभएको छ । कार्यक्रममा बोल्दै गैँडाकोट नगरपालिकाका नगर उपप्रमुख शान्ति कोइरालाले गैँडाकोट ९ भाग्यमानी वडा भएको बताउनुभयो । सहकारी अभियानमा उत्कृष्ट रहेको नगरको विकूले देशमै पहिलोपटक पूर्ण सहकारी वडा घोषणा गर्नु सबैको लागि खुसीको कुरा भएको बताउनुभयो ।

    विकू सहकारीका अध्यक्ष ओमप्रसाद सापकोटाले आफै केही गर्नुपर्छ भन्ने भावना भएका व्यक्तिहरु रहेकाले पूर्ण सदस्य वडा घोषणा गरिएको बताउनुभयो । पूर्ण वडा घोषणा सँगै आन्तरिक आवश्यकताका आधारमा कार्यक्रम सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो । वडा कार्यालय, नगरपालिकासँग सहकार्य गरी गैरवित्तीय कार्यक्रमलाई सहयोग गर्ने, सदस्यको क्षमताका आधारमा आत्मनिर्भर बनाउने खालका कार्यक्रम गरिने उहाँको भनाई छ ।

    गैँडाकोट ९ का वडाध्यक्ष धामनाथ सापकोटाले सहअस्तित्व, सहकार्य, सहलगानी नै सहकारी भएकाले आफ्नै वडाबाट पूर्ण सहकारी वडा घोषणा हुँदा खुसी लागेको बताउनुभयो । उहाँले विकूसँग समन्वय र सहकार्य गरेर अगाडी बढ्ने समेत बताउनुभएको छ । विकूले नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम) र चितवनका गरी १४३ वडामा २४ वटा सेवा केन्द्र मार्फत करिब १ लाख ३० हजार सदस्यलाई वित्तीय तथा गैरवित्तीय कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाका प्रमुख अधिकृत माधव प्रसाद पौडेलले जानकारी दिनुभयो । यसरी देशमै पहिलो सहकारीले पूर्ण सहकारी सदस्य वडा घोषणा गर्न पाउनु विकूको लागि गौरवको विषय भएको बताउनुभयो ।

    कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संस्था लि. नवलपुरका अध्यक्ष होमनाथ जैसी, नवजागरण सेवा केन्द्र संयोजक हरिप्रसाद सापकोटा, विकू सहकारीका लेखा सुपरिवेक्षण समीति संयोजक कमल सुबेदी, संस्थापक अध्यक्ष खेमराज सापकोटा, गैँडाकोटका बिभिन्न वडाका जनप्रतिनिधिले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । स्वागत मन्तव्य विकूका उपाध्यक्ष यमुनाथ आचार्यले राख्नुभएको थियो ।

    वडामा रहेको नवजागरण सेवा केन्द्र, विकूका २४ वटा सेवा केन्द्र मध्ये तीनपटक सम्म उत्कृष्ट सेवा केन्द्रका रुपमा समेत पुरस्कृत भइसकेको सेवा केन्द्र हो । यहाँका कर्मचारी र व्यवस्थापन उप समितिको सक्रियताले वडाका सबै विकूका सदस्य बनेका हुन् । विकूले ३३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ मनाइरहेको छ । यो विकू सदस्य वडा घोषणा कार्यक्रम पनि त्यसै मध्येको एक हो । यस्तै भदौ २ गते रक्तदान कार्यक्रमको आयोजना गरेको छ । त्यस्तै भदौ ५ गते कर्मचारीस्तरीय नृत्य प्रतियोगिता, वार्षिकोत्सव विशेष समारोह तथा सम्मान कार्यक्रम (पिओएस मेशिन शुभारम्भ) र दीप प्रज्ज्वलनका कार्यक्रम तय गरीएको संस्थाका सचिव प्रेमप्रसाद सापकोटा राजुले जानकारी दिनुभयो ।

    आइतबार, भदौ ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ३.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ४.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ

    भर्खरै

    • १.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ५.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ६.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ७.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ८.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.