• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

सप्तगण्डकी क्याम्पसद्वारा पूर्व विद्यार्थी सम्मानित


  •   आइतबार, भदौ ०३, २०८० मा प्रकाशित
  • भरतपुर/चितवनको भरतपुर–१० मा रहेको सप्तगण्डकी बहुमुखी क्याम्पसले पूर्व विद्यार्थीहरुलाई सम्मान गरेको छ । क्याम्पसबाट स्नातक र स्नातकोत्तर तह उत्तीर्ण गरी सरकारी (शिक्षा आयोग, त्रिवि सेवा आयोग, स्थानीय तह, निजामती, लोक सेवा आयोग लगायत सरकारी) सेवा तथा गैरसरकारी संस्थामा स्थायी, अस्थायी, करार सेवा वा स्वरोजगार भएका पूर्व विद्यार्थीहरुलाई क्याम्पसले शनिबार सम्मान गरेको हो ।
    कार्यक्रममा निजामति सेवामा कार्यरत सहसचिवदेखि बैंक तथा वित्तीय संस्था, शैक्षिक संस्था, आम सञ्चार, स्वरोजगार दुई सय ३० विद्यार्थीलाई सम्मानित गरिएको कार्यक्रम संयोजक दीपकबाबु श्रेष्ठले जानकारी दिनुभयो । क्याम्पसले विद्यार्थी सम्मान कार्यक्रम अन्तर्गत पहिलोपटक ऐतिहासिक काम गरेको भन्दै यस प्रकारको कामलाई निरन्तरता दिने तयारी गरेको श्रेष्ठको भनाइ छ । यस विशेष कार्यक्रमले क्याम्पसमा पूर्वविद्यार्थी तथा शिक्षकहरुलाई भेट गराउने काम गरेकोले पनि कार्यक्रम ऐतिहासिक भएको श्रेष्ठले बताउनुभयो ।
    सो कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष टेकबहादुर थापाले पछिल्लो समय विश्वविद्यालयमा विद्यार्थी पाउनै कठिन भइरहेको अवस्थामा सप्तगण्डकीका पूर्वविद्यार्थी देखेर आफूहरुलाई उत्साहित बनाएको बताउनुभयो । “अहिले विश्वविद्यालयहरुलाई उच्च शिक्षा पढ्ने विद्यार्थी पाउनै मुस्किल भएको छ” उहाँले भन्नुभयो, “सप्तगण्डकी क्याम्पसको यस कार्यक्रममा पूर्वविद्यार्थीहरुको यो उपस्थिति हाम्रो लागि उत्साह हो ।” कक्षा १२ उत्तीर्ण भएपछि उच्च शिक्षा अध्ययन गर्न विदेश जाने क्रम बढ्दै गएको भन्दै थापाले नेपालमै सीपमूलक शिक्षा र रोजगारको अवसर सिर्जना गर्नु अहिलेको आवश्यकता भएको बताउनुभयो ।

    Advertisement


    सञ्चालक समितिका उपाध्यक्ष रमाकान्त सापकोटाले सप्तगण्डकी क्याम्पसको उत्पादन देशका हरेक क्षेत्रमा क्रियाशील रहनु सुखद् भएको बताउनुभयो । क्याम्पसमा पढेका विद्यार्थीहरु नेपाल सरकारको निजामति सेवाको माथिल्लो तहमा पुग्नु तथा हरेक क्षेत्रमा अब्बल देखिनु सप्तगण्डकीको सफलता भएको सापकोटाको भनाइ छ । क्याम्पसले समयसमयमा पूर्वविद्यार्थी पुनःमिलन तथा पूर्वविद्यार्थीहरुको सङ्गठन सक्रिय बनाउनुपर्नेमा जोड दिनुभयो ।
    कार्यक्रममा क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख मणिराज महतोले क्याम्पसको परिचय दिँदै ४८ जिल्लाका विद्यार्थीहरु अध्ययनर रहेको बताउनुभयो । २०४५ सालमा सञ्चालनमा आएको क्याम्पसमा हाल सबै शैक्षिक कार्यक्रममा गरी तीन हजार पाँच सय विद्यार्थी अध्ययनरत रहेको बताउनुभयो । क्याम्पसले २०७४ सालमा विश्वविद्यालय अनुदान आयोगबाट ‘क्यूएए’ प्रमाणपत्र पाएको भन्दै आफूहरुको क्याम्पसको शैक्षिक गुणस्तर वृद्धिमा अझै ध्यान दिएको उहाँले बताउनुभयो ।
    कार्यक्रममा पूर्वविद्यार्थीको तर्फबाट प्रेम रिमालले मन्तव्य राख्दै क्याम्पसले गरेको यस ऐतिहासिक कामलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । सम्मान कार्यक्रम उपसमिति संयोजक एवं राष्ट्रिय परीक्षा बोर्ड कार्यक्रम संयोजक दीपकबाबु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सहायक क्याम्पस प्रमुख केदारनाथ बरालले स्वागत मन्तव्य राख्नुभएको थियो । सो कार्यक्रममा पूर्व क्याम्पस प्रमुख, क्याम्पसका शैक्षिक कार्यक्रम प्रमुखहरु, प्राध्यापकहरु, सञ्चालक समिति सदस्य, कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।

     

    आइतबार, भदौ ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.